वाणिज्य विभागद्वारा १८ फर्ममा अनुगमन, एउटा फर्मलाई २ लाख १ हजार जरिवाना

काठमाडौं। नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकैदिनमा काठमाडौँ, भक्तपुर र ललितपुरका १८ वटा फर्ममा निरीक्षण गरेको छ। अनुगमनका क्रममा कैफियत देखिएपछि न्यू शिव स्टोर काठमाडौँ–२९ नयाँ बसपार्कलाई दुई लाख एक हजारबराबरको जरिवाना गरेको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम उक्त फर्मलाई […]

नेपालगञ्ज भन्सारमा ६ महिनामा नौ अर्ब ३४ करोड राजस्व संकलन

काठमाडाैं। नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा नौ अर्ब ३४ करोड ६४ लाख राजस्व संकलन गरेको छ। चालु आर्थिक वर्षको साउनदेखि पुससम्म ६ महिनामा वार्षिक लक्ष्यको ३८.०८ प्रतिशत राजस्व संकलन भएको नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले जानकारी दिए। उनका अनुसार, नेपालगञ्ज भन्सारको चालु आर्थिक वर्षमा राजस्व संकलनको वार्षिक […]

सहकारीका एकभन्दा बढी शाखा बन्द गर्न सरकारको निर्देशन, सहकारी संघसंस्थाको आपत्ति

काठमाडौं । सरकारले एकभन्दा बढी शाखा कार्यालय खोलेर कारोबार गरिरहेका सहकारी संस्थालाई शाखा बन्द गर्न निर्देशन दिएको छ । सहकारी विभागले राष्ट्रिय सहकारी महासङ्घ तथा विषयगत केन्द्रीय सङ्घलाई पत्र लेख्दै उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिस कार्यान्वयन गर्न निर्देशन दिएको हो । ६ बुँदे निर्देशनमा एक भन्दा बढी शाखा खोलेर सञ्चालनमा रहेका सहकारीलाई हिसाब राफसाफ […]

अन्नपूर्ण आधार शिविरमा विद्युत् र सञ्चार सुविधा विस्तारका लागि सर्वेक्षण

म्याग्दी । नयाँ पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास भएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविरमा सञ्चार र विद्युत् सुविधा विस्तारका लागि सर्वेक्षण गरिएको छ । अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेको नेतृत्वमा नेपाल टेलिकम र विद्युत् प्राधिकरणका प्राविधिक तथा स्थानीय उपभोक्ताको टोलीले यसै हप्ता चार हजार ५० मिटर उचाइमा रहेको आधार शिविरमा पुगेर […]

एक सातामा निर्वाचन आयोगले निर्वाचनका लागि के कस्तो काम गर्यो ?

काठमाडौं । निर्वाचन आयोगका अनुसार २०८२ साल माघ ११ गते सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ भने फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत माघ १ गतेदेखि ९ गतेसम्म पहिलो हुने निर्वाचित हुनेतर्फको मनोनयन पत्र दर्ता, उम्मेदवार उपर दावी विरोध र छानबिन, उम्मेदवारी फिर्ता लगायतका कार्य सम्पन्न […]

नेकपाले हरिबोलसहित सात नेता निष्काशन गर्यो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले हरिबोल गजुरेलसहित बागी उम्मेदवारी दर्ता गरेका सात नेतालाई कारबाही गरेको छ । नेकपाले उनीहरूलाई पार्टीबाट निष्काशन गरेको हो । नेकपाले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आगामी फागुन २१ गते हुन गइरहेको आमनिर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट आधिकारिक उम्मेदवार रहेका निर्वाचन क्षेत्रमा पार्टीको निर्णय र निर्देशनविपरीत उम्मेदवार बनेका […]

नेपाल–चीन सीमा व्यापार समन्वय संयन्त्रको तेस्रो बैठक सम्पन्न

काठमाडौं। नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्र (नेपाल–चाइना कोअर्डिनेशन मेकानिजम अन बोर्डर ट्रेड एण्ड कर्पोरेशन) को तेस्रो वाणिज्य सचिवस्तरीय बैठक चीनको सिजाङ स्वायत्त क्षेत्रको राजधानी ल्हासामा सम्पन्न भएको छ । माघ ६–७ गते (सन् २०२६ जनवरी २०–२१) मा उक्त बैठक बसेको थियो । बैठकमा द्विपक्षीय व्यापार, भन्सार सहजीकरण, पूर्वाधार विकास, लगानी तथा अन्य सहकार्यका […]

उदय शमशेर राणाको प्रस्ताव : भावी प्रधानमन्त्रीका उम्मेदवारूबीच सार्वजनिक बहस गराऊँ

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री तथा ललितपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार उदय शमशेर राणाले प्रधानमन्त्रीका भावी उम्मेदवारहरूलाई एउटै मञ्चमा राखेर सार्वजनिक बहस गर्न प्रस्ताव गरेका छन्। उनले आज बिहान सामाजिक सञ्जालमार्फत यसपटक अधिकांश प्रमुख दलहरूले निर्वाचनअघि नै भावी प्रधानमन्त्रीका उम्मेदवार घोषणा गरिसकेको उल्लेख गर्दै नागरिकमा स्वाभाविक जिज्ञासा रहेको बताएका छन् । देश […]

ओलीलाई गोकुल बाँस्कोटाको जवाफ : पूर्वाग्रह र प्रतिशोध प्रजातान्त्रिक चरित्र होइन

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै बास्कोटाले आफूले आफ्नो धर्म, कर्तव्य र दायित्व नबिर्सिएको उल्लेख गरेका छन्। उनले लेखेका छन्, ‘सत्य जाँचुन् कि आफ्नै आग्रह, आगो छादुन् कि बरफ बर्साउन्, त्यो मेरो विषय परेन । मेरो धर्म, […]

अनुमति लिएर राखिएका हातहतियार बुझाउन स्थानीय प्रशासनको आग्रह

सल्यान । जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार सल्यानमा स्थानीय प्रशासनले अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल गरेको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण तथा विश्वसनीय वातावरणमा सम्पन्न गराउने उद्देश्यले ८, माघमा बसेको सुरक्षा समितिको निर्णय अनुसार हतियार बुझाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको हो । जिल्ला प्रशसन कार्यालयका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माका अनुसार व्यक्तिगत […]