अमेरिकी सेना प्रमुख जर्जलाई पदत्याग गर्न हेग्सेथको आग्रह

वासिङ्टन। संयुक्त राज्य अमेरिकाका रक्षामन्त्री पिट हेग्सेथले अमेरिकी सेनाका प्रमुख (चिफ अफ स्टाफ) जनरल र्‍यान्डी जर्जलाई पदबाट हट्न आग्रह गरेका छन् । एक अधिकारीका अनुसार उनलाई तत्काल अवकास लिन भनिएको हो । नाम नखुलाउने सर्तमा बोल्दै ती अधिकारीले अमेरिकी सञ्चारमाध्यम सिबिएसको समाचारलाई पुष्टि गरेका हुन् । जर्जलाई हटाउनुको कारण भने तत्काल सार्वजनिक गरिएको छैन । […]

नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र विद्यालयहरुमा भर्ना लिन सर्वाेच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले शैक्षिक सत्र सुरु नहुँदै विद्यार्थी भर्ना नगर्न सरकार एवं सरोकारवालाहरूका नाममा आदेश जारी गरेको छ। शैक्षिक सत्र सुरु नभई कतिपय विद्यालयले विद्यार्थी भर्ना गरेको भनी प्रश्न उठाएर दायर भएको रिट निवेदनमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो। शैक्षिक सत्र सुरु नहुँदै कतिपय विद्यालयहरूले प्रवेश परीक्षा र प्रतिस्पर्धा प्रक्रियामा नाममा सूचना […]

होटल इच्छा अन्तर्राष्ट्रिय चेन लेमन ट्री अन्तर्गत सञ्चालनमा

काठमाडौं । बाराको सिमरामा अवस्थित पाँचतारे ‘होटल इच्छा लिमिटेड’ अब अन्तर्राष्ट्रिय होटल चेन ‘लेमन ट्री’को व्यवस्थापनमा सञ्चालन हुने भएको छ। यस सम्बन्धमा होटल इच्छा र भारतको प्रतिष्ठित लेमन ट्री होटलबीच व्यवस्थापन हस्तान्तरण सम्झौता सम्पन्न भएको हो। यससँगै लेमन ट्रीले नेपालमा व्यवस्थापन गर्ने होटलहरूको संख्या तीन पुगेको छ। यसअघि काठमाडौंमा एक होटल र चितवनमा एक रिसोर्ट […]

सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या

काठमाडौं । सरकारले सरकारी र निजी अस्पतालमा १० प्रतिशत शय्या निःशुल्क गर्ने व्यवस्थालाई कडाइका साथ लागू गर्ने निर्णय गरेपछि अस्पतालहरुले यो व्यवस्था कार्यान्वयन गर्न थालेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक सूचनामार्फत स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कार्यहरुको पछिल्लो प्रगति विवरण सार्वजनिक गर्दै ३२ अस्पताल (१९ निजी र १३ सरकारी) का १० प्रतिशत शय्यामा निःशुल्क उपचार […]

कञ्चनपुर–कमला सडक विस्तारमा ढिलासुस्ती

सिरहा। पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक खण्ड विस्तारमा भएको ढिलासुस्ती र त्यसबाट उत्पन्न धुवाँधुलोका कारण आजित भएका स्थानीय बासिन्दाले आज सडक अवरुद्ध पारेका छन् । निर्माण कार्य सुरु भएको पाँच वर्ष बितिसक्दा पनि आयोजना सम्पन्न नहुँदा स्वास्थ्य समस्या र दुर्घटनाको जोखिम बढेको भन्दै लहानका बासिन्दाले यातायात सेवा ठप्प पारेका हुन् । यो आयोजना निर्माणको ठेक्का चिनियाँ […]

थिलथिलिएको बिपी राजमार्गमा कहिलेसम्म कठिनाईपूर्ण यात्रा ?

काभ्रेपलाञ्चोक। बिपी राजमार्गको यात्रा डेढ वर्षदेखि कठिनाईपूर्ण बनिरहेको छ । हालका दिनमा भइरहेको मध्यम र हल्का वर्षाले पनि पटकपटक अबरुद्ध हुने गरेको उक्त राजमार्ग यो चैत महिनाको मध्यसम्म दुईपटक अबरुद्ध भैसक्यो । डेढ वर्षअघिसम्म मध्यपहाडी क्षेत्रको यात्रालाई सहजता दिलाएको उक्त राजमार्ग दुई वर्षमा ‘ठीकठाक’ पार्ने गरी स्थायी पुनर्निर्माण भने सुरु भैसकेको छ । सङ्घीय राजधानी काठमाडौँलाई […]

डि पि अर्थाल सभामुखमा निर्विरोध

काठमाडौं । सघीच संसद्को सभामुखमा राष्ट्रिय स्वतन्त्र  पार्टी रास्वपाका उपसभापति एव सांसद डोल प्रसाद अचील (डि. पि) निर्विरोध  निर्वाचित भएका छन्। संघीय सं संद सचिवालयले आजको लागि तय गरेको सभामुखको निर्वाचनको लागि उनको बाहेक कसैको पनि उमेदवारी दर्ता नभएपछि उनी  निर्विरोध निर्वाचित भएका हुन । आज विहान ११ बजेदेखी थ २ बजेसम् सभामुखको निर्वाचनको लागि […]

व्यापार मेलाबाट आत्मनिर्भर बन्न मद्दत पुग्छः उपराष्ट्रपति यादव

पाटन । उपराष्ट्रपति रामसहायप्रसाद यादवले महिला उद्यमी व्यापार मेलाबाट आत्मनिर्भर बन्न मद्दत पुग्ने बताएका छन् । महिला उद्यमीहरुको उत्पादनलाई बिक्री प्रवर्द्धन तथा बजारीकरणमा सहयोग पु¥याउने उद्देश्यका साथ महिला उद्यमी महासङ्घ नेपालद्वारा ललितपुरको झम्सिखेलमा आयोजित ९औँ अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेलाको उद्घाटन गर्दै उपराष्ट्रपति यादवले महिला उद्यमीहरू आत्मनिर्भर, समावेशी र दीगो समाज निर्माणतर्फको प्रेरक शक्ति भएको […]

सभामुखमा डिपी अर्याल निर्विरोध

काठमाडौं । प्रतिनिधि सभाको नयाँ सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डिपी अर्याल निर्विरोध निर्वाचित भएका छन्। सभामुख पदका लागि आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तय गरिएको थियो। निर्धारित समयमा अर्यालको एकल उम्मेदवारी परेको हो। सभामुख निर्वाचन भने चैत २२ गते हुनेछ। त्यसपछि अर्याल औपचारिक रूपमा सभामुख हुनेछन्।

संस्थागत क्षमता विकासमार्फत सेवा प्रवाह सुधार सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले सरकारी निकाय तथा सार्वजनिक संस्थाको संस्थागत क्षमता विकासमार्फत नागरिकलाई सहज, छरितो र प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्ने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताए । सार्वजनिक सेवा प्रशारण, रेडियो नेपालको ७६औँ वार्षिकोत्सवका अवसरमा सञ्चारमन्त्री डा तिमिल्सिनाले संस्थालाई बलियो, जवाफदेही र परिणाममुखी बनाउने दिशामा मन्त्रालय नयाँ ऊर्जा र […]