युनाइटेड इदी मर्दीको साधारणसभा आज, लाभांश प्रस्ताव पारित गर्ने 

काठमाडौं । युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेडको वार्षिक साधारणसभा आज बस्दैछ । कम्पनीको १६ औँ वार्षिक साधारणसभा आज पुस २७ गते कास्की जिल्लाको पोखरास्थित आभ्या क्लबमा बिहान ११ बजेदेखि सुरु हुने छ । साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६ […]

ढोरपाटनका विद्यार्थीको पीडाः कठ्याङ्ग्रिँदै पढ्नुपर्ने बाध्यता

बागलुङ। अत्यधिक चिसो बढेपछि ढोरपाटनमा खोला र धारमा पानी जम्न थालेको छ । बिहानपख तुसारोले बाटो छेक्दा हिँडडुलमा पनि समस्या हुने गरेको छ । बिहानमा तुसारो पर्ने र दिउँसो सिरसिर चलिराख्ने सेरेटोले स्थानीयको दैनिकी प्रभावित बनेको छ । यस्तो चिसोमा पनि यहाँका विद्यालय सञ्चालनमा छन् । केही विद्यालय घुम्ती पढाइका लागि बेँसी झरे पनि ज्योति […]

काउलीले बजार पाउँदा मण्डनका किसान उत्साहित

काभ्रेपलाञ्चोक। मण्डनदेउपुर नगरपालिका–११ राम्चेबेँसीका किसान बासुदेव सापकोटालाई अहिले बारीमा फलेको काउली बेच्न भ्याइनभ्याई छ । पोहोरभन्दा यसपालि काउलीले राम्रो बजारभाउ पाउँदा लगानी उठेर थप आम्दानी हुने भएपछि उनप् मख्ख छन् । सापकोटा भन्छन् “गत वर्ष लगानी नै उठ्न धौधौ भयो, यस वर्ष भने काउलीको बजारभाउ राम्रै छ ।” करिब चार रोपनी बारीमा काउली रोपेका सापकोटा […]

परेवापालनबाटै आत्मनिर्भर पृथ्वीबहादुर

बाँके । “मैले परेवालाई बास दिएँ, परेवाले मलाई जीवन दियो, दुःखमा साथ दियो र मलाई आत्मनिर्भर बनायो”, यो भनाइ हो– बाँकेको बैजनाथ गाउँपालिका–१ च्यामाका पृथ्वीबहादुर चौधरीको । आजभन्दा करिब २५ वर्षअघि घर वरिपरि घुमिरहेका दुईचार परेवा देखेर चौधरीले तिनलाई आफ्नै घरमा बस्ने ठाउँको व्यवस्था गरिदिए । यसरी सुरु भएको उनको यात्रा आज परेवा बिक्री गरेकै […]

सिद्धार्थ बैंकको सीईओमा रामेश्वर प्रसाद बस्याल नियुक्त

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामेश्वर प्रसाद बस्याललाई नियुक्त गरेको छ । बैंक सञ्चालक समितिले उनलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । सन् २००५ देखि सिद्धार्थ बैंकमा आबद्ध भएका उनले प्रबन्धकदेखि सुरु गरी वरिष्ठ प्रबन्धक, सहायक महाप्रबन्धक, नायव महाप्रबन्धक, सहायक प्रमुख कार्यकारी अधिकृत र नायव प्रमुख कार्यकारी अधिकृतसम्मको नेतृत्वदायी […]

नेपाली कांग्रेसको विशेष महाधिवेशन आजदेखि शुरु

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन आजदेखि सुरु हुने भएको छ । महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्माले आयोजना गरेको विशेष महाधिवेशन आज (पुस २७ गते) आइतबारदेखि शुरु हुँदैछ । पार्टी सभापति शेरबहादुर देउवालाई हटाएर नयाँ नेतृत्व स्थापित गर्नको लागि दवाव दिइरहेका महामन्त्रीहरुको माग बमोजिम यही मंसिर भित्र हुनु पर्ने महाधिवेशन नगरि नेतृत्वको कार्यकाल […]

निर्वाचन आउन ५३ दिन बाँकीः सामाजिक सञ्जाल आचारसंहिताको दायरामा

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउने उद्देश्यका साथ सामाजिक सञ्जालमा हुने गतिविधिलाई पनि आचारसंहिताको दायरामा ल्याएको छ । प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । आयोगका अनुसार आचारसंहितामा निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने उद्देश्यका साथ कोही कसैले पनि सामाजिक सञ्जालमा एकाउन्ट सञ्चालन गर्न वा नक्कली साइट खोल्न नपाइने व्यवस्था गरिएको छ […]

आज सेयर कारोबार नहुने

काठमाडौं । आज सेयर कारोबार बन्द रहने भएको छ । सरकारले राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा सार्वजनिक बिदा दिएका कारण आज सेयर बजार बन्द रहने भएको हो  । योसँगै यो सता सेयर बजारमा आकस्मीक कुनै सार्वजनिक बिदा नपरेको अवस्थामा ४ दिन मात्रै कारोबार खुल्ने भएको छ । गत साता भने सेयर बजार पुरै ५ करोबार दिन […]

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

काठमाडौं । आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विसं १७७९ मा जन्मिएका शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको हो । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्दै सधैँजस्तै आज पनि प्रमुख प्रशासनिक भवन सिंहदरबार पश्चिम ढोका […]

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ?

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशका तराई भूभागका केही स्थानहरूमा हुस्सु लागेको छ । गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा मध्यान्न सम्म हुस्सु तथा कुहिरो रहनेछ। […]