नेपाल धितोपत्र बोर्डको सञ्चालकमा हेमराज ढकाल नियुक्त

काठमाडौं । नेपाल धितोपत्र बोर्डको सञ्चालकमा हेमराज ढकाल नियुक्त भएका छन् । निजीक्षेत्रबाट प्रतिनिधित्व गर्दै ढकाल सेबोनको सञ्चालक नियुक्त भएका हुन् । उनी नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हुन् । उनलाई बुधबार एक कार्यक्रमकाबीच बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पद तथा गोपनियताको सपथ गराएका हुन् ।

नेपालको वैदेशिक व्यापारका प्रमुख पाँच साझेदार मुलुकसँग कस्तो छ व्यापार अवस्था ?

काठमाडौं । नेपालको वैदेशिक व्यापारका प्रमुख पाँच वटा मुलुकसँग नेपालको व्यापार अवस्था दयनीय रहेको छ ।  भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को वाषिर्क तथ्यांक अनुसार नेपालको वैदेशिक व्यापारको प्रमुख साझेदार मुलुकहरु भारत, चीन, अर्जेन्टिना, अमेरिका र संयुक्त अरब इमिरेटस (यूएइ)सँगको व्यापार अवस्था दयनीय देखिएको हो । भारतबाट १० खर्ब ७१ अर्ब १९ करोड […]

शिवम् सिमेन्ट्सको नाफा २०५ प्रतिशत बढ्यो, अन्य सूचक कस्ता छन् ?

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ७९ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २०५.८५ प्रतिशत धेरै हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २५ करोड ९६ लाख नाफा कमाएको थियो । शिवम् सिमेन्टले असारसम्म ७ अर्ब ७६ करोड रुपैयाँ बराबरको सञ्चालन आम्दानी […]

Ncell Foundation, ICOM Nepal launch research-based journal ‘The Museum’

Kathmandu, August 12,  Ncell Foundation, ICOM Nepal, and the Narayanhiti Palace Museum have jointly launched Sangrahalaya (The Museum), a research-based journal covering the fundamental principles of museums, international and national practices, and various aspects of history. At an event organised at the Narayanhiti Palace Museum, Kathmandu Minister for Culture, Tourism and Civil Aviation, Badriprasad Pandey, […]

एनसेल फाउन्डेसन र आइकम नेपालको सहकार्यमा अनुसन्धानमूलक जर्नल ‘संग्रहालय’ विमोचन

काठमाडौं । एनसेल फाउण्डेसन, आइकम नेपाल र नारायणहिटी दरबार संग्रहालयको साझेदारीमा संग्रहालयको आधारभूत मान्यता, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय अभ्यास र इतिहासका विभिन्न पक्षहरू समेटिएको अनुसन्धानमूलक जर्नल “संग्रहालय” विमोचन गरिएको छ । नारायणहिटी दरबार संग्रहालयमा मंगलबार  आयोजित एक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले जर्नलको विमोचन गरे । मन्त्री पाण्डेले नेपालको संग्रहालयका विभिन्न आयाम उल्लेख […]

यसकारण ९६५ प्रतिशतले बढ्यो प्रभु बैंकको नाफा

काठमाडौं । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ५ अर्ब ४४ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९६५.४० प्रतिशत धेरै हो । अघिल्लो वर्ष बैंकले ५१ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यसको खुद ब्याज आम्दानी ११ अर्ब ८९ करोडबाट घटेर ७ […]

२४ घण्टा मनसुन सक्रिय रहने : काठमाडौँसहित ५५ जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौं । मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास अवस्थित रहेकोले आगामी २४ घण्टा मनसुन सक्रिय रहने देखिन्छ । यसले देशभर साधारणतया बदली रहेको छ। कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहानको मापन अनुसार कोशीको सहायक नदी, […]

बुधबारका लागि घट्यो सुनको मूल्य, चाँदीको बढ्यो

काठमाडौं । बुधबारका लागि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार छापावाला सुनको मुल्य प्रतितोला १०० रुपैयाँले घटेको छ । यो सँगै बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार ७०० रुपैयाँ तोकिएको छ । मंगलबार भने सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार […]

सन नेपाल लाइफ इन्सुरेन्सले लाभांश नदिने

काठमाडौं । सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले २०८०-८१ को नाफाबाट लाभांश नदिने भएको छ । यस कम्पनीको साउन २७ गते बसेको सञ्चालक समिति बैठकले आव २०८०-८१ को नाफाबाट लाभांश नदिने निर्णय गरेको हो ।  

ग्लोबल आइएमई बैंकको नाफा ६ अर्ब २० करोड, लाभांश वितरण क्षमता कति ?

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ६ अर्ब २० करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १.१ प्रतिशत धेरै हो ।अघिल्लो वर्ष बैंकले ६ अर्ब १३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको खुद ब्याज आम्दानी १६ अर्ब ८५ करोडबाट घटेर १६ अर्ब […]