ढोरपाटन एक वर्षमा पुगे २३ हजार पर्यटक

गलकोट । नेपालको एक मात्रै सिकार आरक्ष क्षेत्र ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्यामा बर्सेनि वृद्धि भइरहेको छ । ढोरसिकार आरक्ष कार्यालय बागलुङका अनुसार ढोरपाटन घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्यामा गत एक वर्षमै आठ हजारले वृद्धि भएको छ । ढोरपाटन सिकार आरक्ष कार्यालयका रेञ्जर सागर सुवेदीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा १५ हजार ५७३ पर्यटक ढोरपाटन पुगेकोमा […]

पर्सामा डिप बोरिङ खन्दा सरकारसँग अनुमति लिनुपर्ने

वीरगञ्ज । पर्सा जिल्लामा डिप बोरिङ खन्नुअघि अनिवार्य रूपमा जिल्ला विपद् व्यवस्थापन समितिलाई जानकारी गराएर अनुमतिसहित सिफारिस लिनुपर्ने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा आज बसेको विपद्सँग सरोकार भएका निकायसँगको बैठकले अब डिप बोरिङ जडान गर्नुअघि समितिसँग अनिवार्य रूपमा अनुमति लिनुपर्ने निर्णय गरेको हो । […]

सुनकोशी नदीमा पाँच वर्षदेखि पुल निर्माण अलपत्र

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जोड्ने चेहेरेस्थित सुनकोशी नदीमा निर्माण सुरु गरिएको पक्की पुल पाँच वर्षदेखि अलपत्र परेको छ । काभ्रेपलाञ्चोकको कोशीपूर्वस्थित भुम्लु गाउँपालिकाको सापिङका विभिन्न वडा तथा बस्तीमा सडकको पहुँच पुर्‍याउने उद्देश्यले विसं २०७७ भदौमा पुल निर्माणको सम्झौता गरिएको थियो । निर्माण कम्पनीले उक्त मोटरेबल पुलको काम समयमा नगर्दा भुम्लुका हजारौँ नागरिकले सास्ती खेप्दै […]

नेशनल लाइफको गाला कन्सर्ट भव्य रुपमा सम्पन्न

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको गाला कन्सर्ट भव्य रुपमा सम्पन्न भएको छ । कम्पनीले २०८२ जेष्ठ महिनामा जारी गरेको मासिक योजना अनुरुप उत्कृष्ट कार्य गरी तोकिएको लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुको लागि उक्त कन्सर्ट आयोजना गरेको हो । उक्त कन्सर्ट भैरहवाको होटल सिद्धार्थ भिलासामा सम्पन्न भएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद […]

‘रिड्डारा आरडी ६’ अब ९ लाख ९९ हजार डाउन पेमेन्टमा उपलब्ध

काठमाडौं । सीजी मोटर्सले जिली अटो ग्रुपसँगको सहकार्यमा इलेक्ट्रिक पिकअप ‘रिड्डारा आरडी६’ का लागि नयाँ आकर्षक अफर सार्वजनिक गरेको छ । अब ग्राहकले ९ लाख ९९ हजार रुपैयाँमात्र डाउन पेमेन्टमै यो अत्याधुनिक ईभी पिकअप आफ्नो बनाउन सक्नेछन् । यस अफर मार्फत सीजी मोटर्सले विद्युतीय मोबिलिटीलाई अझै पहुँचयोग्य, विश्वासिलो र सुविधा सम्पन्न बनाउने उद्देश्यलाई थप मजबुत […]

सेयर बजारमा दोहोरो अंकको गिरावट, प्रोफिट बुक गर्ने बढ्दा सूचकमा दबाब, साढे २६ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो दिन अर्थात, आइतबार नेप्से सूचक १८.४४ अंकले घटेको छ । बजार दोहोरो अंकले घटेर २९६४.२० विन्दुमा झरेको हो । आज २६ अर्ब ५७ करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ । यो कारोबार रकम गएको भदौ २ गते यताकै उच्च हो । आज नाफा बुक गर्नेहरुको संख्यामा वृद्धि आउँदा बजार घटेको […]

नेपाली उद्यम मञ्च ललितपुर च्याप्टरको चौथो वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न, नेतृत्व हस्तान्तरण सम्पन्न

ललितपुर । नेपाल नेपाली उद्यमी मञ्च ललितपुर च्याप्टरले आफ्नो चौथो वार्षिक साधारण सभा शुक्रबार, असार २७ मा दि प्लाजा, पुलचोक मा सफलतापूर्वक सम्पन्न गरेको छ । यस अवसरमा अध्यक्ष पदको जिम्मेवारी मिस नितु श्रेष्ठबाट मिस्टर एल्भिस रञ्जितलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो । उक्त साधारण सभामा मञ्चका सदस्यहरू, साझेदारहरू, शुभेच्छुकहरू तथा उद्यमशील क्षेत्रका प्रमुख व्यक्तित्वहरू […]

हेयर एण्ड शान्ती सैलुनमा एनआईसी एशिया बैंकका ग्राहकलाई १० प्रतिशत छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरूले अब हेयर एण्ड शान्ती युनिसेक्स सैलुनमा सेवा लिँदा १० प्रतिशत छुट पाउने भएका छन् । एनआईसी एशिया बैंक र लिजा श्री इन्टरप्राइजेज प्रालिबीच भएको समझौताअनुसार, बैंकका ग्राहकले डिजिटल माध्यमबाट भुक्तानी गर्दा सैलुनका विभिन्न शाखाबाट छुट सुविधा प्राप्त गर्न सक्नेछन् । बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख भएअनुसार, उक्त छुट सेवा […]

नाइमा २०२५ मा सार्वजनिक हुँदै नेपालको लागि नयाँ ‘फोर्थिङ इभी

काठमाडौं । नेपालको बढ्दो इलेक्ट्रिक सवारी साधन (इभि)बजारमा सशक्त पहिचान बनाइसकेको लक्ष्मी ई-मोबिलिटीले चीनको उदाउँदो इलेक्ट्रिक गाडी ब्रान्ड ‘फोर्थिङ’ लाई नेपाली बजारमा ल्याउने घोषणा गरेको छ । नेपालको इलेक्ट्रिक मोबिलिटी क्रान्तिलाई अझ तीव्र बनाउने दिशामा यो एक महत्वपूर्णकदम मानिएको छ। फोर्थिङको पहिलो मोडल नेपाली बजारमा श्रावन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नेपाल […]

अहिले बैंकहरुको लाइसेन्स बाँड्न सकिन्न : डेपुटी गभर्नर ढुंगाना

काठमाडौं । डेपुटी गभर्नर निलम ढुंगानाले नयाँ बैंकको लाइसेन्स अहिले नै बाँड्न सक्ने अवस्था नरहेको प्रष्ट पारेकी छन् । काठमाडौंमा आईतवार आयोजित एक कार्यक्रममा ढुंगानाले नयाँ बैंक स्थापनाबारे चर्चा भएपनि अहिले नै लाइसेन्स बाँड्नसक्ने स्थिति नरहेको बताएकी हुन् । ढुंगानाकाअनुसार बैंकहरुमा अस्वस्थ प्रतिस्पर्धा भयो भन्न थालेको अहिले धेरै भएको छैन । कतिपय बैंकहरुमा समस्या भएका […]