ऊर्जामन्त्रीको आग्रह– विद्युत् निर्यात गरेर मुलुकलाई समृद्ध बनाउन ठूलो परियोजनामा लगानी गर्नुहोस्

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले सामुदायिक विद्युत उपभोक्ता महासंघलाई ठूलो आयोजनामा लगानी गर्न आग्रह गरेका छन् ।   आईतवार सामुदायिक विद्युत उपभोक्ता महासंघको २१ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा शुभकामना दिँदै मन्त्री खड्काले यस्तो आग्रह गरेका हुन् । करिव तीन सय संस्था आवद्ध नेपाल विद्युत उपभोक्ता महासंघले सबै संस्थाहरूबाट रकम एकीकृत […]

अख्तियार प्रमुख प्रेम राई विरुद्ध अख्तियारमै उजुरी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईविरुद्ध अख्तियारमै उजुरी परेको छ । युवराज पौडेल (सफल) ले आइतबार उनीविरुद्ध उजुरी दर्ता गरेका हुन् । अख्तियार प्रमुख राई वाइडबडी जहाज घोटाला, नेपाल आयल निगम जग्गा घोटाला, नक्कली भुटानी शरणार्थी प्रकरण लगायतमा मुछिएको भन्दै आवश्यक छानबिन गरी कारबाही गर्न उजुरीमा आग्रह गरिएको छ । उजुरीमा अख्तियार […]

चितवनमा लोडसेडिङ सुरु भएको छैन : हितेन्द्रदेव शाक्य

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले चितवनमा लोडसेडिङ सुरु भएको भन्ने कुरामा सत्यता नरहेको बताएका छन् । आइतबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै शाक्यले मर्मत कार्यका लागि विद्युत आपूर्ति रोकिएको तर लोडसेडिङ भनेर गलत तरिकाले व्याख्या गरिएको बताए । चितवनमा रहेको सबस्टेशन अपग्रेड गर्नका लागि पुरानो कन्डक्टर फेर्ने काम भएकाले आइतबार र सोमबार […]

बुङ्गल हाइड्रो आइपीओ : वैदेशिक रोजगारीमा रहेकालाई आज अन्तिम दिन, स्थानीयलाई म्याद थप

काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडले असार २९ गतेदेखि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) मा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आवेदन दिने आइतबार अन्तिम दिन रहेको छ। यता, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि भने आवेदन दिने अवधि साउन २६ गतेसम्म लम्बिएको छ। कम्पनीले जारी पुँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् २९ करोड ५ […]

अर्ली बर्ड अफरसहित साइमेक्स इन्कद्वारा नेपालमा नयाँ अत्याधुनिक बीवाइडी सिलायन सेभेन सार्वजनिक

काठमाडौं । नेपालमा बीवाईडी अटो इन्डस्ट्रीको आधिकारिक वितरक साइमेक्स इन्क. प्रा. लि.ले बहुप्रतीक्षित बीवाईडी सिलायन ७ (सेभेन) सार्वजनिक गरेको छ। सिलायन ७ देशको प्रिमियम इलेक्ट्रिक एसयूभी सेग्मेन्टमा एक नयाँ साहसी प्रतिस्पर्धीको रुपमा आएको छ। श्रावण ०८ मा आयोजित एक विशेष कार्यक्रममार्फत गरिएको सार्वजनिक कार्यक्रममा बीवाईडीले नेपालमा यातायातको भविष्यलाई पुनः परिभाषित गर्ने आफ्नो प्रतिबद्धताप्रति अर्को महत्वपूर्ण कदम […]

नेपाल आइस र मुस्ताङ जस्ता बियर उत्पादक सीजी ब्रुअरीले ९ महिनामा गर्यो २ अर्ब २१ करोडको आम्दानी

काठमाडौं । सीजी ब्रुअरी नेपाल लिमिटेडले गत वर्षको ९ महिनामा २ अर्ब २१ करोड १० लाख रुपैयाँको आम्दानी गरेको छ । कम्पनीले अघिल्लो वर्ष अर्थात, सन् २०२४ मा २ अर्ब ६७ करोड ७० लाख, सन् २०२३ मा ३ अर्ब ५ करोड, सन् २०२२ मा ४ अर्ब ५४ करोड र सन् २०२१ मा ३ अर्ब ९१ करोड […]

२८ दिनका लागि बैंकिङ प्रणालीबाट ५० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि नेपाल राष्ट्र बैंकले आइतबार ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । राष्ट्र बैंकले २८ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको हो । तरलता व्यवस्थापनका […]

भोलिदेखि लोडसेडिङ हुने भन्दै प्राधिकरणले सार्वजनिक गर्यो तालिका

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको चनौली वितरण केन्द्रले दैनिक ६ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । अधिक गर्मी र रोपाईंको समयमा आकाशे पानी नपरेकाले सिँचाइ ग्राहकको लोड बढ्न गएको भन्दै भोलि (साउन ११) देखि लागु हुनेगरी लोडसेडिङ तालिका सार्वजनिक गरेको छ । वितरण केन्द्र चनौली अन्तर्गत पर्ने नारायणी–माडी, मेघौली–विजयनगर–शुक्रनगर र जगतपुर–रामपुर फिडरहरूमा लोडसेडिङ हुने […]

इन्फिनिटी लघुवित्तको नाफा १०४ प्रतिशत बढ्यो, प्रतिसेयर आम्दानी डबल डिजिटमा

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । रिपोर्ट अनुसार संस्थाले १२ महिनामा ९ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १०४.७१ प्रतिशत धेरै हो । अघिल्लो वर्ष यस संस्थाले ४ करोड ५७ लाख नाफा […]

ब्याज आम्दानी सँगै ग्रीन डेभलपमेन्ट बैंकको नाफा ८० प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी १२ रुपैयाँले नाघ्यो

काठमाडौं । ब्याज आम्दानी बढे सँगै ग्रीन डेभलपमेन्ट  बैंकको नाफा समेत बढेको छ । बैंकले गत आर्थिक वर्ष २०८१/८२ को अपरिष्कृत वित्तीय विवरण आइतबार सार्वजनिक गर्दै नाफा बढेको जानकारी दिएको हो । गत आवमा बैंकले ६ करोड ९४ लाख ८ हजार नाफा कमाएको छ । जुन अघिल्लो आव २०८०/८१ को तुलनामा ८० प्रतिशतले बढी हो […]