झापा इनर्जीको आईपीओ साउन १४ गतेदेखि

काठमाडौं । झापा इनर्जी लिमिटेडले साउन १४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ खुलाउन लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा ९ लाख ५० हजार ४७५ कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट असार ३१ गते अनुमति पाएको थियो । कुल निष्कासनमध्ये […]

अमेरिकी डलरसहित सबैजस्तो विदेशी मुद्राहरुको विनिमयदर बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य बढेको राष्ट्र बैंकले जनाएको छ। हिजो पनि अधिकांश विदेशी मुद्राको मूल्य बढेको थियो। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३७ रुपैयाँ ९० […]

आज देशभर चट्याङ सहित वर्षाको सम्भावना

काठमाडौं । देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। सबै […]

काउली, बोडी, बन्दा र भन्टा महँगिए

काठमाडौं । कालीमाटी तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ। कालीमाटीमा आज गोलभेँडा, भिन्डीसहित केही तरकारीको मूल्य घटेको छ। तर, काउली, बोडी, बन्दा, भन्टा लगायतका तरकारीको मूल्य भने बढेको छ। कतिपय तरकारी तथा फलफूल हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ५८, सानो […]

प्राइभेट इक्विटी फन्ड र भेन्चर्स क्यापिटलहरुले सहज ढंगले लगानी फिर्ता लैजान सक्ने व्यवस्था गरिने

काठमाडौं । प्राइभेट इक्विटी फन्ड र भेन्चर्स क्यापिटलहरुलाई समयावधि सकिएपछि लगानीमा रहेको सेयर सहज ढंगले बिक्री गरी लगानी फिर्ता लैजाने सक्ने व्यवस्था गरिने भएको छ । नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८२-८३ का लागि सार्वजनिक गरेको धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम यस्तो व्यवस्था गरिने जनाएको छ । साथै, प्राइभेट इक्विटी […]

अनुत्पादक क्षेत्रमा बढी कर्जा प्रवाह भएको छः वर्षमान

काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सीमित घरानाको मात्र वित्तीय पहुँच भएका कारण अनुत्पादक क्षेत्रमा बढी कर्जा प्रवाह भएको बताएका छन् । कृषि विकास बैंक कर्मचारी संगठनद्वारा मंगलबार आयोजित कार्यक्रममा पुनले यस्तो बताएका हुन् । साथै, उनले संसदका दुई ठूला दल मिलेर बनेको करिब दुई तिहाई सरकारले एक वर्षमा अर्थतन्त्रको […]

नागरिक लगानी कोषले सिद्धार्थ बैंकको उपदान तथा अवकाश कोष सञ्चालन गर्ने

काठमाडौं । नागरिक लगानी कोष र सिद्धार्थ बैंक लिमिटेडबीच उपदान तथा अवकाश कोष सञ्चालन सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कँडेलले हस्ताक्षर गरेका हुन् । यो सम्झौतासँगै बैंकले हाल सञ्चालन गर्दै आएको योगदानमा आधारित तथा गैर योगदानमा आधारित उपदान तथा […]

रिलायबल नेपाल लाइफ इन्सुरेन्स र स्वाभिमान लघुवित्तको बोनस सेयर सूचीकरणको अन्तिम तयारीमा

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्सुरेन्स र स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकरण हुने अन्तिम तयारीमा छ । यी कम्पनीहरुले सेयरधनीलाई गत वर्ष वितरण गरेको बोनस सेयर सूचीकरण हुँदैछ । रिलायबल नेपालले आर्थिक वर्ष २०८०-८१ को नाफाबाट सेयरधनीलाई १२ प्रतिशत बोनस दिएको थियो । कम्पनीको ५५ लाख ६८ हजार कित्ता बोनस सूचीकृत हुँदैछ […]

ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट पाउने छन् ।   यस सम्बन्धी समझदारीमा बैंकका सहायक महाप्रबन्धक तथा चिफ मार्केटिङ्ग अफिसर दिलिप पोखरेल र अन्नपूर्ण न्यूरो अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर डा. शरद हरी गजुर्यालले हस्ताक्षर गरेका छन् । समझदारी अनुसार ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डबाहक एवम् बैंकको मोबाइल […]

नेपाल धितोपत्र बोर्डमा २ कम्पनीले दिए आइपीओ बिक्रीका लागि आवेदन

काठमाडौं । भिजन इनर्जी एन्ड पावर लिमिटेड र ह्वाइट लोटस पावर लिमिटेडले आइपीओ बिक्रीका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । भिजनले १०० रुपैयाँ अंकित दरमा ८३ लाख कित्ता  र ह्वाइट लोटसले १२ लाख १९ हजार कित्ता सेयर बिक्री गर्न अनुमति मागेका हुन् ।  बोर्डबाट अनुमति पाएपछि यी कम्पनीहरुले सेयर बिक्री खुला गर्नेछन् ।