एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २,४०० बढी शैक्षिक सामग्री वितरण गर्ने

काठमाडौं । एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणका बेलामा जनाएको प्रतिबद्धता बमोजिम देशभरका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई दुई हजार चार सय २८ वटा शैक्षिक सामग्री वितरण गर्ने घोषणा गरेको छ । प्रत्येक चौकामा चार वटा शैक्षिक सामग्री वितरण गर्ने सामाजिक पहललाई निरन्तरता दिँदै, एनसेलले एनपीएल दोस्रो संस्करणमा पनि हरेक चौकाको […]

योजनाआयोगका नवनियुक्त उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले लिए सपथ

काठमाडौं । राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठ  ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आज आयोजित एक कार्यक्रमबीच उपाध्यक्ष श्रेष्ठले आयोगका अध्यक्ष एवं प्रधानमन्त्री सुशीला कार्कीसमक्ष शपथ लिएका हुन भने त्यसलगत्तै  उपाध्यक्ष श्रेष्ठले  नव नियुक्त  आयोग  सदस्य  सुनीति श्रेष्ठ (हाडा)लाई  प्रधानमन्त्रीको उपस्थितिमा  सपथ गराएका हुन् । कार्यक्रममा योजना आयोगका सदस्य […]

नेपालमा लगानी गर्न चिनिया“ लगानीकर्तालाई चेम्बर निवर्तमान अध्यक्ष मल्लको आग्रह

काठमाडौं ।  नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नेपालमा लगानी गर्न चिनिया“ उद्यमी व्यवसायीहरुलाई आग्रह गरे  । चाईनिज जनरल एशोसिएसन अफ इण्डष्ट्रि एण्ड कमर्स इन नेपालद्धारा आयोजित कार्यक्रममा अध्यक्ष मल्लले नेपाल प्रविधि, नवप्रवद्र्धन तथा लगानीका दृष्टिकोणले अत्यन्तै आकर्षक गन्तव्य रहेको र प्रतिफलको समेत सुुनिश्चितता हुुनेगरी नीतिगत व्यवस्था रहेको बताए । प्राकृतिक स्रोतसाधन, रणनीतिक […]

यस्ता छन् पछिल्ला दुई मन्त्रिपरिषद् बैठकका निर्णयहरू

काठमाडौं । सरकारले सन् २०१६ नोभेम्बर ९ देखि निष्कासन भएका भा.रु. २ सय तथा भा.रु. ५ सय दरका नोट नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति भा.रु. २५ हजारको सीमासम्म भारतबाट नेपालमा भित्र्याउन र नेपालबाट भारतमा लैजान स्वीकृति दिने निर्णय गरेको छ । मंसिर २९ गते बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना […]

माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो

किमाथाङ्का ।  भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक हजार ६३ मेगावाटको माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार भन्दा बढी रुख काटिएको छ । भोटखोला गाउँपालिका– २ र ४ का राष्ट्रिय वन र सामुदायिक वनका रुख काटिएका हुन् । माथिल्लो अरुण आयोजना र पहुँच मार्ग निर्माणका लागि दुई हजार १६८ बोट रुख काटिएको डिभिजन वन […]

एनएमबि बैंकले ल्यायो अनलाइन कर्जा ट्र्याकिङ सुविधा, ग्राहकले वास्तविक समयमा आफ्नो आवेदनको ट्र्याक गर्न सक्ने

काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहकहरूका लागि एक महत्त्वपूर्ण डिजिटल सुविधाको सुरुवात गरेको छ । बैंकले अब ग्राहकहरूलाई व्यक्तिगत र साना तथा मझौला (MSME) कर्जा आवेदनको जानकारी वास्तविक समयमा (Real-Time) ट्र्याक गर्न सक्ने सुविधा उपलब्ध गराएको छ । यस सुविधाको सुरुवातसँगै कर्जाका लागि आवेदन दिएका ग्राहकले आफ्नो आवेदनको अवस्था बुझ्नका लागि बैंकको शाखासम्म धाउनुपर्ने वा फोन […]

बैंक तथा वित्तीय संस्था लक्षित उच्छृङ्खल गतिविधिप्रति नेपाल राष्ट्र बैंकको गम्भीर चासो

काठमाडौं । हालै बैंक तथा वित्तीय संस्था लक्षित घटनाप्रति नेपाल राष्ट्र बैंकले गम्भीर चासो व्यक्त गरेको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले कानुनअनुसार कर्जा प्रवाह, अनुगमन र असुलउपर गर्ने जिम्मेवारी वहन गर्ने उल्लेख गर्दै ऋणीले कर्जा नियमित रूपमा भुक्तानी गर्नुपर्नेमा जोड दिएको छ। कर्जा भुक्तानीमा समस्या आएमा पुनरसंरचना तथा पुनरतालिकीकरणको व्यवस्था रहेको पनि जनाएको छ। […]

क्षतिग्रस्त सरकारी संरचनाको पुनर्निर्माणका लागि बनेको कोषमा १-१ रुपैयाँका दरले सहायता संकलन हुँदै, ७ संस्थाले दिए १ करोड माथि

काठमाडौं । सरकारले गठन गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा हालसम्म ११ करोड ८७ लाख २ हजार ४३८ रुपैयाँ सहायता प्राप्त भएको छ । ४०३ वटा संस्था/व्यक्तिबाट उक्त रकम बराबरको सहायता प्राप्त भएको भौतिक पूर्वाधार पुनर्निर्माण समितिले जनाएको छ । भदौं २३ र २४ गते भएको जेन–जी आन्दोलनको क्रममा सार्वजनिक तथा सरकारी भौतिक संरचनामा व्यापक आगजनी र […]

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौं । नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएका छन् । पार्टी केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार उनीहरू सर्वसम्मत निर्वाचित भएका छन् । उनका अनुसार लुम्बनी प्रदेशबाट ४० वर्ष उमेरमुनिका लिलामणि गौतम र सोही प्रदेशबाट महिला केन्द्रीय सदस्यमा गुमादेवी आचार्य, मेनकाकुमारी पोखरेल र शान्तिदेवी […]

नबिल बैंकको छैटौं प्रायोरिटी बैंकिङ लाउञ्ज पोखरा शाखामा

पोखरा । नबिल बैंकले पोखरा शाखामा छैटौं प्र्रायोरिटी बैंकिङ लाउञ्ज सुरु गरेको छ । बैंकका डेपुटी सिइओ आदर्श बजगाईंले एक कार्यक्रमका बीच उक्त लाउञ्जको उद्घाटन गरेका हुन् । ग्राहकलार्ई गुणस्तरीय सेवा दिने प्रतिबद्धताअनुरुप काठमाडौं उपत्यका बाहिर पहिलोपटक लाउञ्ज सुरु गरिएको बैंकले जनाएको छ । बैंकले यसअघि तीनधारा, ललितपुर, महारागञ्ज, बौद्ध र कौशलटार शाखाहरुबाट प्रायोरिटी बैंकिङ […]