रसुवा बाढी : करिब २९ करोड रुपैयाँको बीमा दाबी

काठमाडौं । रसुवाको ल्हेन्देखोलामा आएको बाढीले पुर्‍याएको क्षतिपछि बीमा कम्पनीहरूमा करिब २९ करोड रुपैयाँको बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार सात वटा बीमा कम्पनीमा गरी २८ करोड ९२ लाख ६० हजार रुपैयाँ बराबरको ६३ वटा दाबी परेको छ । सबैभन्दा बढी क्षतिको दाबी शिखर इन्स्योरेन्समा परेको छ, जसमा १० वटा दाबीमार्फत १६ […]

भुक्तानी सेवा प्रदायकलाई लाभांश वितरणमा राष्ट्र बैंकले तोक्यो यी सर्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक र सेवा सञ्चालक कम्पनीहरूलाई लाभांश वितरणका लागि ६ वटा सर्त तोकेको छ । लाभांश पारदर्शी र दिगो बनाउन राष्ट्र बैंकले ‘लाभांश वितरणसम्बन्धी मार्गदर्शन, २०८२’ जारी गर्दै केन्द्रीय बैंकले मापदण्ड तयार गरेको हो । यस्तै पूर्वाधार विकास कोषमा पनि मुनाफाको निश्चित प्रतिशत रकम छुट्याएर केवल पूर्वाधार विस्तारमा खर्च […]

ग्लोबल आइएमई समुन्नत योजना–२ को १२ लाख ७५ हजार इकाई सर्वसाधारणलाई वितरण

काठमाडौँ । ग्लोबल आइएमई क्यापिटल लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई समुन्नत योजना–२’ सामूहिक लगानी कोषको इकाई बाँडफाँट सम्पन्न भएको छ । योजनाअन्तर्गत प्रति इकाई अंकित मूल्य रु. १० का दरले जम्मा १२ करोड इकाई निष्काशन गरिएको थियो । जसमध्ये १५ प्रतिशत अर्थात् १ करोड ८० लाख इकाई बीज पूँजीका लागि छुट्याइएको थियो । उक्त इकाई मध्ये ग्लोबल […]

गुराँस लघुवित्तको नाफा झन्डै दोब्बर, ब्याज आम्दानी र मुनाफामा पनि सुधार

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको प्रारम्भिक वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित विवरणअनुसार, संस्थाले नाफा र अन्य वित्तीय सूचकांकमा उल्लेखनीय सुधार गरेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ३ करोड ९५ लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको समान […]

मुलुकमा रोजगारी नभए सँगै ८ लाख ३९ हजार युवा कामका लागि विदेशीय

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीमा जाने हालसम्मकै उच्च सङ्ख्या रेकर्ड भएको छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ८ लाख ३९ हजार २७० जनाले श्रम स्वीकृति लिएको नयाँ रेकर्ड बनेको हो । गत आर्थिक वर्षमा ८ लाख ३९ हजार २७० जनाले श्रम स्वीकृति लिएकोमा ७ लाख ४४ हजार ८११ […]

पोखरा फाइनान्स र समृद्धि फाइनान्स मर्ज हुने, केन्द्रीय कार्यालय काठमाडौँमा सर्ने

काठमाडौं ।वित्तीय अवस्था कमजोर बन्दै गइरहेका दुई वित्तीय संस्था पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स लिमिटेड एकअर्कामा गाभिने भएका छन् । दुई संस्थाबीच एकीकृत कारोबारको लागि १:१ को स्वाप रेसियोमा सहमति भएको हो, जसअनुसार दुवै संस्थाका शेयरधनीहरूले बराबर मूल्यका शेयर पाउनेछन् । मर्जरपछि बन्ने संस्था ‘पोखरा फाइनान्स लिमिटेड’ नाममै रहनेछ भने केन्द्रीय कार्यालय भने हालको […]

अमेरिकी डलरको मूल्य स्थिर, धेरै मुद्राको भाउ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ भने युरोपियन युरो, बेलायती पाउन्ड, अस्ट्रेलियन डलर लगायत धेरै विदेशी मुद्राको मूल्य घटेको छ । आजअमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३८ रुपैयाँ १४ पैसा रहेको छ । युरोपियन युरो […]

उत्तरतर्फ सर्‍यो मनसुन, यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको छ। आज देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशकको पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती […]

सफ्ट्वेरिका कलेज अफ आईटी एण्ड इकमर्समा नवप्रवर्द्धन एवं आईटी मेला

काठमाडौं । सफ्ट्वेरिका कलेज अफ आईटी एण्ड इकमर्सले आयोजना गरेको सूचना प्रविधि प्रदर्शनी सम्पन्न भएको छ । ‘लिउँ अवसर बढाउँ क्षमता ’ भन्ने नाराका साथ सञ्चालन गरिएको सो प्रदर्शनीमा विद्यार्थीहरूले विकास गरेका सफ्टवेयर, एआई आधारित उपकरण, साइबर सुरक्षा सम्बन्धी प्रणाली लगायतका सिर्जनात्मक आविष्कारहरू प्रस्तुत गरिएको थियो । सप्ताहव्यापी प्रदर्शनीको दौरानमा विद्यार्थी, अभिभावक, शिक्षक तथा सूचना […]

सञ्चालनमा आयो स्याफ्रुबेँसी–रसुवागढी सडकखण्ड

काठमाडौं । गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका कारण अवरुद्व स्याफ्रुबेँसी–रसुवागढी खण्डमा राजमार्ग सञ्चालनमा आएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले पहिलो चरणमा आज अपराह्नदेखि सडक एकतर्फी सञ्चालनमा ल्याइएको बताए। सडक सञ्चालनका लागि सडक विभाग, रसुवागढी र भोटेकोशी जलविद्युत् आयोजनाको डोजर तथा एक्स्काभेटरको सहायताले रसुवागढीसम्मको राजमार्ग खुल्ला गरिएको र हाल हलुका […]