सानिमा रिलायन्स इन्स्योरेन्सको नगद लाभांश घोषणा

काठमाडौं । सानिमा रिलायन्स इन्स्योरेन्सले नगद लाभांश घोषणा गरेको छ । मंसिर २९ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई १०.१७ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ ।

सिम्बुवा रेमिट हाइड्रोको छैठौँ साधारण पुस २३ गते, के के छन प्रस्ताव ? 

काठमाडौं । सिम्बुवा रेमिट हाइड्रो लिमिटेडले आफ्नो छैठौँ वार्षिक साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको मंसिर २८ गेत बसेको सञ्चालक समितिको बैठकले यहि पुस २३ गतेका लागि साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो । उक्त सभा कम्पनीको कार्यालय नागरि लगानी कोष भवन नयाँ बानेश्वसारमा दिउसो ३ बेज बस्नेछ । उक्त सभामा आर्थिक वर्ष २०८१/८२ […]

व्यतित बीमालेख नवीकरण गर्दा नेपाल लाइफले विलम्ब शुल्कमा छुट दिने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबाट जारी भई व्यतित भएका बीमालेखहरू आज पुस १ गतेदेखि माघ १५ गतेसम्म नवीकरण गरेका छुट दिने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै भुक्तानी गर्नु पर्ने नवीकरण बीमाशुल्क भुक्तानी नगरी १८० दिनभन्दा माथि व्यतित भएका बीमालेखहरू पुस १ देखि माघ १५ गतेसम्म नवीकरण गरेमा विलम्ब शुल्कमा छुट […]

पर्यटन प्रवर्द्धनका लागि ‘पदयात्रा’

इलाम । नेपाल एकीकरणताका पूर्वी सीमा विजय गरेर गाँडिएका निसान फर्काइएको ‘निसान पदमार्ग’ प्रवर्द्धन गर्दै प्रचारप्रसार गर्ने उद्देश्यले पदयात्रा हुने भएको छ । सोमबार सूर्योदय नगरपालिकामा भएको सम्बन्धित तीन पालिका र इलामस्थित नेपाली सेनाको रणसार्दुल गणको संयुक्त बैठकले यही पुस २३ देखि २६ गतेसम्म पदयात्रा गर्ने निर्णय गरेको हो । सूर्योदय नगरपालिका, इलाम नगरपालिका, माईजोगमाई […]

चन्द्रागिरी हिल्सको साधारणसभा पुस २३ गते, लाभांश सहित हकप्रद पारीत गर्ने 

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले आफ्नो १६ औँ वार्षिक साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले यही पुस २३ गते बुधबार काठमाडौंको थानकोटस्थित कम्पनीको आफ्नै बटम स्टेशन परिसरमा बिहान ११ बजेलेखि साधारणसभा गर्ने निर्णय गरेको हो । साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम गत आर्थिक वर्ष (आव) को […]

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–४ र ५ मादी नदीमाथि निर्माण भइरहेको पुलमा ७४ प्रतिशत प्रगति भएको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले जनाएको छ । उक्त खण्डका इन्जिनियर एवं सूचना अधिकारी विष्णुप्रसाद पाण्डेले अब २६ प्रतिशतमात्र काम बाँकी रहेको […]

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक समूहले सुन्तला बिक्री गरेर गाउँमा रु ८७ लाख भित्र्याएको हो । विगतमा कोदो तथा मकै बाली हुने ठाउँमा नगदेबालीका रूपमा सुन्तलाखेती थालेसँगै गाउँमा आम्दानी बढ्दै गएको समूहका अध्यक्ष यामबहादुर सेनले जानकारी दिए। […]

आइएमई लाइफको साधारणसभा पुस २४ गते, लाभांश प्रस्ताव पारित गर्ने 

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ९ औँ वार्षिक साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले पुस २४ गते बिहीबार काठमाडौंको धुम्बाराहीस्थित दियो महलमा बिहान १० बजे साधारणसभा गर्ने निर्णय गरेको हो । धारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट कम्पनीको हाल कायम […]

सूर्यकुण्ड हाईड्रो इलेक्ट्रिकले पुस ९ गतेदेखि आईपीओ जारी गर्ने

काठमाडौं । सूर्यकुण्ड हाईड्रो इलेक्ट्रिक लिमिटेडले यही पुस ९ गतेदेखि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गर्ने भएको हो । यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १३ लाख ७९ हजार ३५० कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति […]

विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड

काठमाडौं । देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि शिक्षाका लागि ठूलो रकम विदेशिने गरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो चार महिनामा शिक्षातर्फको व्यय रु ४२ अर्ब ९६ करोड बराबर रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शिक्षातर्फको व्यय रु ३२ अर्ब २२ करोड थियो । अघिल्लो […]