मिडिया काउन्सिल सरकारसँग जोडिनु पर्छ : मन्त्री गुरुङ

काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मिडिया काउन्सिल सरकारसँग जोडिनुपर्ने बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आइतबारको बैठकमा मिडिया काउन्सिल विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री गुरुङले मिडिया काउन्सिल सरकारबाट पूर्ण रूपमा अलग भएर बस्न सम्भव नहुने बताएका हुन् । ‘मिडिया काउन्सिको बारेमा स्वतन्त्र र स्वायत्त […]

शिवश्री हाइड्रो र सिटी होटेललाई हकप्रद निष्काशनको अनुमति

काठमाडौं । शिवश्री हाइड्रोपावर लिमिटेड र सिटी होटेल लिमिटेडले हकप्रद शेयर निष्काशनको अनुमति पाएका छन्। नेपाल धितोपत्र बोर्डले आज साउन ४ गते यी दुई कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको हो। शिवश्री हाइड्रोपावर लिमिटेडले हाल कायम चुक्ता पुँजीको १०० प्रतिशत ९१स्१० हकप्रद निष्काशन गर्नेछ भने सिटी होटेल लिमिटेडले हाल कायम चुक्ता पुँजीको ८० प्रतिशत हकप्रद निष्काशनको […]

२९०० बाट फर्कियो शेयर बजार, करिब साढे २१ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार बढेको छ । शुक्रबार २८७० अंकमा पुगेर बन्द भएको शेयर बजार आइतबार २९२२ मा पुगेर ओरालो लागेको हो । आइतबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ०.३२ अंकले बढेर २८७०.९५ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.४६ अंकले घटेर ४९८.०३ विन्दुमा पुगेर […]

मिडिया क्षेत्रलाई सरकारअन्तर्गत होइन संसदअन्तर्गत राख्नुपर्छः सांसद भट्टराई

काठमाडौं । नेकपा (एमाले) की सांसद विद्या भट्टराईले मिडिया क्षेत्रलाई सरकारअन्तर्गत नभई संसदअन्तर्गत राखेर जानुपर्ने बताएकी छन् । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आईतवारको बैठकमा मिडिया काउन्सिल विधेयकमाथिको सैद्धान्तिक छलफलमा बोल्दै सांसद भट्टराईले यस्तो धारणा राखेकी हुन् । उनले मिडियालाई सरकारअन्तर्गत राख्दा सरकारले आफ्नो अनुकूल हस्तक्षेप गर्नसक्ने बताइन् । भट्टराईले नागरिकले […]

वर्षाका कारण ११ वटा राजमार्ग अवरुद्ध

काठमाडौं । मुलुकभर परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका ११ वटा राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण ११ वटा मुख्य राजमार्ग अवरुद्ध भएका हुन् । अवरुद्ध हुनेमा सङ्खुवासभास्थित कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग, पाँचथरस्थित तमोर करिडोर सडकखण्ड, पाँचथरस्थित मध्यपहाडी लोकमार्ग रहेका छन् । […]

बैंकिङ प्रणालीबाट ५० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि नेपाल राष्ट्र बैंकले आइतबार ५० अर्ब रुपैयाँ तरलता (ऋण दिन मिल्ने रकम) खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । राष्ट्र बैंकले ४२ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको […]

वित्त आयोग सदस्य मिश्रले दिए पदबाट राजीनामा

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य अमरराज मिश्रले पदबाट राजीनामा दिएका छन् । उनले अघिल्लो साता पदबाट राजीनामा दिएका हुन् । आयोगका सदस्य मिश्रले राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेललाई राजीनामा पत्र बुझाएका हुन् । संवैधानिक पदाधिकारीहरूले राष्ट्रपति कार्यालयमा राजीनामा बुझाएपछि पद रिक्त हुने व्यवस्था रहेको छ । आयोगमा पद रिक्त भएपनि राष्ट्रपति […]

प्रधानमन्त्री ओली सेप्टेम्बर १६ मा भारत भ्रमणमा जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री ओली सेप्टेम्बर १६ तारिकमा भारत भ्रमणमा जाने भएका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट समकक्षी ओलीलाई दुई दिने भ्रमणको निमन्त्रणा आएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिए । मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली सेप्टेम्बर १६ तारिख नयाँ दिल्ली गएर १७ तारिख स्वदेश […]

दुग्ध उत्पादक किसानलाई  २८ लाख अनुदान

त्रिवेणी (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकाले दुग्ध उत्पादक किसानलाई करिब रू २८ लाख अनुदान उपलब्ध गराएको छ । नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा नगरभित्रका दुग्ध उत्पादक किसानलाई रू २७ लाख ९२ हजार २९६ अनुदानस्वरुप उपलब्ध गराइएको जानकारी दिएको छ । नगरपालिकाले दुग्ध उत्पादक किसानलाई पाँच वटा सहकारीमा सङ्कलन भएको १३ लाख ९६ […]

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । सुन चाँदीको मूल्य आइतबारको लागि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा ८०० रुपैयाँले बढेको छ । महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख ९३ हजार ३०० रुपैयाँ तोकिएको छ । शुक्रबार भने सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेर १ लाख ९२ हजार ५०० रुपैयाँमा कारोबार […]