सोलुखुम्बुमा लोबुचेमा अवतरणको क्रममा हेलिकप्टर दुर्घटना

काठमाडौं । सोलुखुम्बुको लोबुचे क्षेत्रमा बुधबार बिहान अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनामा परेको छ । लुक्लाबाट उडेको उक्त हेलिकप्टर लोबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा नियन्त्रण गुमाउँदै चिप्लिंदा दुर्घटनामा परेको हो । उक्त हेलिकप्टरमा पाइलट विवेक खड्कामात्र सवार रहेको र दुर्घटनापछि हेलिकप्टरमा क्षति पुगेको र पाइलट सुरक्षित रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अहिले घटनास्थलमा उद्धार […]

दश दिनमा ४० हजारभन्दा बढी पर्यटक मुस्ताङमा

मुस्ताङ । कात्तिक सुरु भएको १० दिनमा मुस्ताङमा ४० हजारभन्दा बढी पर्यटकले भ्रमण गरेका छन् । राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकमार्ग हुँदै कात्तिक १ गतेदेखि १० गतेसम्म ३७ हजार १४६ जना आन्तरिक र तीन हजार ७३२ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । मुस्ताङमा सो अवधिमा बेनी–जोमसोम सडकमार्ग हुँदै बस, जीप, […]

इलामका बाढीपीडितलाई जर्मनीको सहयोग

काठमाडौं । संघीय गणतन्त्र जर्मनीले इलामका बाढी प्रभावितलाई रु ६३ लाख ९६ हजार बराबरका सहायता सामग्री प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । नेपालका लागि जर्मनीका राजदूत उदो भोल्जले जर्मनीको गैरसरकारी संस्था डोइचे वेल्टहुङगेहिल्फमार्फत सहयोग सामग्री परिचालन गर्न उक्त संस्थाका देशीय निर्देशक सकेब नवीसँग मङ्गलबार सम्झौता गरेको यहाँस्थित जर्मनीको राजदूतावासले जनाएको छ । आगामी दुई […]

ताराखेतमा थकाली ‘होमस्टे’

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–२ तोराखेतमा थकाली ‘होमस्टे’ (घरवास) सञ्चालन भएको छ । तोराखेतका उद्यमी बिनोद भट्टचनले रत्नतारा बहुउद्देश्यीय कृषि फार्मसँगै पाहुना राख्न र स्थानीय परिकारको स्वाद चखाउन होमस्टे सञ्चालन गरेका हुन्। उक्त होमस्टेमा एक दिनमा २० जना पाहुना बास बस्न सक्ने क्षमता रहेको छ । सिङ्गा तातोपानी, टोड्के, बाबियाचौर, बरंजा, झाँक्रेपानी, दरवाङ घुम्न आउने […]

श्रीनगर एग्रीटेक इन्डस्ट्रीजको आईपीओ आज बाँडफाँड हुँदै

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डस्ट्रीज लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक सेयर (आईपीओ) को बाँडफाँड आज बुधबार (कात्तिक १२ गते) बिहान हुँदैछ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड का अनुसार, बाँडफाँड कार्य बिहान १०ः३० बजे सुरु हुनेछ । कम्पनीको आईपीओमा अत्यधिक चासो देखिएको छ । आवेदन दिने अन्तिम मिति असोज २९ गतेसम्म कुल १९ […]

एभरेष्ट बैंकको साधारणसभा आज, २० प्रतिशत लाभांश पारित गरिने

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको साधारणसभा आज बस्दैछ । बैंकको ३१औं वार्षिक साधारणसभा आज भाटभटेनीस्थित आम्रपालि बैंक्वेटमा बिहान ११ बजेदेखि बस्दैछ । उक्त सभाले चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर र १४ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल २० प्रतिशत लाभांश पारित गर्नेछ । त्यसैगरी गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक […]

रावा इनर्जीको साधारणसभा आज बस्दै, के के छन् एजेण्डा ?

काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको छैठौं वार्षिक साधारणसभा आज बस्दैछ । कम्पनीको साधारणसभा आज पुरानो बानेश्वरस्थित मानसरोबर पार्टी प्यालेसमा दिउँसो १ बजेदेखि बस्दैछ । यस कम्पनीले आफ्ना सेयरधनीहरूलाई वितरण गर्ने लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव सभाका लागि समावेश गरेको छैन । उक्त सभाले गत आर्थिक वर्ष (आव) २०८१/८२ को वित्तीय विवरणहरू छलफल गरी पारित […]

प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनी मोहनलाल अग्रवालले नाममा रहेको १ लाख कित्ता सेयर बिक्रीमा राखेको हो । कम्पनीले हाल उक्त सेयर कम्पनीकै विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखिएको हो । यदि कुनै संस्थापक सेयरधनीले उक्त सेयर किन्न चाहेमा आगामी ३५ दिनभित्र […]

सिटि होटलको हकप्रद बाँडफाँड, साढे २१ लाख कित्ता सेयर लिलाममा आउने

काठमाडौं । सिटि होटल लिमिटेडले जारी गरेको हकप्रद सेयर बाँडफाँट गरिएको छ । कम्पनीले साउन २६ गतेसम्म नेप्सेमा कायम आफ्ना सेयरधनीहरूका लागि निष्कासन गरेको हकप्रद सेयर कात्तिक ११ गते बाँडफाँड गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १ कित्ता बराबर ०.८० को अनुपातमा कुल १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद सेयर निष्कासन […]

उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं । आज कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा भारी हिमपातको सम्भावना छ । विभागका अनुसार उक्त अवधिमा देशको बागमती, कमला, कोशी र कन्काई नदी […]