हलगोरु पाल्ने २७५ किसानलाई गाउँपालिकाको अनुदान

तनहुँ। तनहुँको म्याग्दे गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा हल गोरु पाल्ने २७५ कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराएको छ । पछिल्लो समय गोरु पाल्ने प्रचलन हराउँदै जान थालेपछि प्रतिहलगोरुलाई रु चार हजारका दरले कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराएको हो। कृषकलाई प्रोत्साहन गर्न अनुदान कार्यक्रम राखिएको गाउँपालिकाका पशु सेवा उपशाखाका पशु विकास अधिकृत मुक्ति राम पौडेलले जानकारी दिए। […]

अस्ट्रेलियन डलर, युरो, पाउन्ड र दिनारको मूल्य बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ।  राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ५४ पैसा र […]

गोलभेँडा लोकल सस्तो हुँदा मटरकोसा महँगीयो , मटरकोसा केजीको २०० रुपैयाँ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४०, आलु रातो प्रतिकिलो रु ४५, […]

हिमालयन लाइफद्वारा करिब ७६ करोडको जग्गा खरीद

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले ७५ करोड ८१ लाख ६० हजार रुपैयाँ बराबर मूल्यको जग्गा खरीद गरेको छ । कम्पनीले नेपाल बीमा प्राधिकरणको स्वीकृति लिई कम्पनीको व्यवासायिक प्रयोजनका लागि जग्गा खरीद गरेको हो । काठमाडौं महानगरपालिका, ६, चावहितमा अवस्थित कुल ३ हजार ६८८ दशमलव २० वर्ग मिटर जग्गा कम्पनीले खरीद गरेको हो । जग्गाको […]

औद्योगिक ग्रामको नाममा  बेथिति : १२० वटाको घोषणा, निर्माण ४ वटा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मुलुकभर १ सय २० वटा औद्योगिक ग्राम निर्माण गर्ने घोषणा गरेको छ । तर अहिलेसम्म कुल ४ वटा मात्रै औद्योगिक ग्राम निर्माण भएको छ । मन्त्रालयका प्रवक्ता, सहसचिव जितेन्द्र बस्नेतका अनुसार हालसम्म जम्मा चार वटा औद्योगिक ग्राम निर्माण भएका छन् । अछामको मेल्लेख गाउँपालिका, तनहुँको आँबुखैरेनी, गुल्मीको मदाने र स्याङ्जाको अर्जुनचौपारी […]

कामना सेवा विकास बैंक बिपिए अवार्ड २०२४ (गोल्ड) बाट सम्मानित

काठमाडौं । कामना सेवा विकास बैंक चार्टड एकाउन्टेन्ट संस्थाबाट वार्षिक रुपमा प्रदान गरिने राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२४ बाट सम्मानित भएको छ । बैंकले वित्तीय सेवा क्षेत्र तर्फको विधामा प्रदान गरिने गोल्ड अवार्ड प्राप्त गरेको हो । नेपाल चार्टड एकाउन्टेन्ट संस्था (आईक्यान) ले आर्थिक वर्ष २०२३।२४ को वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहीता […]

नबिल बैंक उत्कृष्ट वित्तीय प्रतिवेदनको गोल्ड अवार्डबाट सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)बाट वार्षिक रुपमा प्रदान गरिने उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड, २०२४ (National Best Presented Annual Report Award -NBPA – 2024) द्वारा सम्मानित भएको छ । आइक्यानले आर्थिक वर्ष २०२३÷२४ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि बैंकिङ क्षेत्रमा अब्बल ठहर गर्दै उक्त […]

राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिका नव नियुक्त अध्यक्ष देव कुमार ढकालद्धारा पदभार ग्रहण

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सञ्चालक समितिको नवनियुक्त अध्यक्ष देव कुमार ढकालले पदभार ग्रहण गरेका छन् । साउन २ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सर्वसम्मत ढकाललाई अध्यक्ष चयन गरेसंगै उनले पदभार ग्रहण गरेका हुन् । आजै पदभार ग्रहण अघि अध्यक्ष देव कुमार ढकालले नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेल समक्ष आफ्नो पद तथा […]

होटल सारथी पब्लिक कम्पनीमा परिवर्तन प्राथमिक शेयर(आइपिओ) जारी गर्ने

काठमाडौं । होटेल सारथी  पब्लिक कम्पनीमा रुपान्तरण भएको छ  । होटेल सारथी प्रा.लि.को विशेष साधारणसभाले कम्पनीलाई प्रा. लि बाट पब्लिक बनाउने निर्णय गरेसँगै  सारथी लिमिटेड कायम गरेको थियो । साविक कम्पनीको नाममा सिर्जना भएका सम्पूर्ण चल-अचल सम्पत्ति र दायित्व परिवर्तित कम्पनीले बेहोर्ने/सकार्ने गरी कम्पनीको किसिम परिवर्तन गर्न कम्पनी रजिष्ट्रार कार्यालयले असार ३१ गते स्वीकृति प्रदान […]

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको १ वर्ष: ७७ ओटै जिल्लामा राष्ट्रिय सडक सञ्जाल र लक्ष्यभन्दा बढी पिच

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पुँजीगत खर्चका दृष्टिकोणले अब्बल देखिएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा मन्त्रालयले वितेका ६ वर्षको तुलनामा सवै भन्दा बढी खर्च खर्च गरेको हो । एक वर्षको अवधिमा भएका कार्यसम्पादन एवम् उपलब्धिहरुबारे जानकारी दिन शुक्रबार आयोजीत पत्रकार सम्मेलनमा सो बारेमा जानकारी दिईएको हो । गएको एक वर्षमा हुम्ला […]