सरकारले जहाँ टेक्छ, त्यहीँ भ्रष्टाचार हुन्छ  : अध्यक्ष दाहाल

ललितपुर । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देश जटिल मोडमा रहेको बताएका छन् । आज (बिहीबार) ललितपुरमा श्रम उत्पादनमा वाइसिएल अभियानको शुभारम्भ गर्दै अध्यक्ष दाहाल देश अहिले संविधान, गणतन्त्र, सुशासन, सामाजिक न्याय र समृद्धिको दृष्टिकोणले निकै नै जटिल मोडमा रहेको बताएका हुन् । अहिलेको सरकारले जहाँ टेक्छ, त्यहीँ भ्रष्टाचार हुने गरेको […]

आजदेखि धरहरा १२ घण्टा खुल्ने

काठमाडौं । आजदेखि धरहरा १२ घण्टा खुल्ने भएको छ। हरेक दिन बिहान ८ देखि बेलुकी ८ बजेसम्म धरहरा खुला हुने भएको हो। नागरिकको आवश्यकतालाई मध्यनजर गर्दै समयावधि थप गर्दै धरहरा १२ घण्टा खुला गरिएको सहरी विकास मन्त्रालयले जनाएको छ। आजदेखि धरहरा १२ घण्टा सञ्चालन सार्वजनिक हुने जनाउँदै मन्त्रालयका प्रवक्ता नारायण मैनालीले बिदाको दिन पनि खुला […]

सानिमा बैंकले दराजको महाबचत बजार २०८२ मा सहकार्य गर्ने

काठमाडौं । सानिमा बैंकले दराजसंग महाबचत बजार २०८२ योजनामा विशेष छुट दिने सहकार्य गरेको छ ।  बैङ्कले दिएको जानकारी अनुसार योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १०% वा अधिकतम् रु ५००– सम्मको छुट तथा […]

घुस प्रकरणलाई लिएर मेरो चरित्र हत्या गरियो, छानबिनका लागि तयार छु : मन्त्री अधिकारी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले घुस लिएको भन्दै अडिओ सार्वजनिक गरेर आफ्नो चरित्र हत्या गर्न खोजिएको बताएका छन्। ३२ लाख घुस रकम लिएको दाबीसहित नयाँ अडिओ क्लिप बाहिरिएपछि शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले कास्कीको मालपोत अधिकृतको सरुवाका लागि केही व्यक्ति मन्त्रालयमा आएको र आफूले त्यसलाई नमान्दा अहिले अडिओ सार्वजनिक […]

इटहरी उपमहानगरको भएन बजेट पारित

काठमाडौं । इटहरी उपमहानगरपालिकाको आर्थिक वर्ष २०८२/८३ को बजेट पारित हुन नसकेपछि नगरसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। सत्तापक्ष र प्रतिपक्षी दलबीच बजेटका विषयमा सहमति जुट्न नसक्दा १६ औँ नगरसभा बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो। नगरप्रमुख हेमकर्ण पौडेलले नेकपा एमालेका कारण बजेट पारित हुन नसकेको आरोप लगाएका छन्। उनले सामाजिक […]

छाउगोठ बस्न बाध्य पार्नेलाई पाउने सुविधामा पुनर्विचार गछौंः गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले छाउगोठ बनाएको पाइए र महिनावारी हुँदा छाउगोठमा बस्न बाध्य पार्नेलाई स्थानीय तहबाट पाउने निश्चित सुविधामा पुनर्विचार गर्ने गरी मुलुकभरका स्थानीय तहलाई परिपत्र गरिने बताएका छन्। बिहीबार अन्तर पार्टी महिला सञ्जालका पदाधिकारीहरुसितको भेटघाटमा मन्त्री लेखकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरी देशभरका स्थानीय तहलाई यस्तो परिपत्र गर्ने गरी गृहकार्य […]

बजेट कार्यान्वयन सँगै बढ्यो शेयर बजार, साढे १६ अर्ब कारोबार रकम पुग्दा करिब ४८ अर्ब पुग्यो बजार पुँजीकरण रकम

काठमाडौं ।  शेयर बजारका लागि लचिलो बजेट र मौद्रिक नीतिका कारण चालु आर्थिक वर्षको पहिलो दिन शेयर बजार उच्च अंकले बढेको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ७५.८४ अंकले बढेर २८७०.६३ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ११.२२ अंकले बढेर ५००.४९ विन्दुमा पुगेर बन्द भएको छ । […]

बजेट कार्यान्वयनसँगै बढ्यो शेयर बजार, २८०० माथि पुग्यो नेप्से

काठमाडौं । लचक मौद्रिक नीति तथा बजेट कार्यान्वयनमा आएसँगै चालु आर्थिक वर्षको पहिलो दिन शेयर बजार उच्च अंकले बढेको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ७९.८२ अंकले बढेर २८७४.६० विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ११.८३ अंकले बढेर ५०१.१० विन्दुमा पुगेर बन्द भएको छ । अपरिष्कृत विवरण […]

स्याङ्जामा उद्योग तथा पसलको सङ्ख्या घट्दो

वालिङ (स्याङ्जा) । जिल्लामा उद्योग तथा पसलको सङ्ख्या दिनानुदिन घट्दो छ । उद्योग तथा व्यापार व्यवसाय सञ्चालन गर्न कठिनाइ भएको जनाउँदै उद्योगी, व्यवसायीले पसल दर्ता खारेजी गर्न थालेका हुन् । आर्थिक वर्ष २०८१/८२ मा पर्यटन तथा उद्योग कार्यालयमा नयाँ उद्योग दर्ता हुनेभन्दा खारेजी हुनेको सङ्ख्या धेरै रहेको पर्यटन तथा उद्योग कार्यालयका प्रमुख नारायणप्रसाद ढकालले जानकारी […]

उद्योगमन्त्री भण्डारीका एक वर्षः १९ औद्योगिक पहुँच सडकका लागि २० करोड ७६ लाख रकम निकासा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको एक वर्षे कार्यकालमा उद्योग तथा व्यवसायको क्षेत्रमा उत्साह देखिएको छ । उद्योग मन्त्रालयले एक वर्षका अवधिमा भए गरेका कामको विवरण सार्वजनिक गरेर उत्साहमूलक रहेको जनाएको छ । उनले पद सम्हालेपछि उद्योग तथा व्यवसायका क्षेत्रमा गर्नुपर्ने नीतिगत सुधारदेखि आवश्यक कानुन निर्माण र संशोधन गरिएको सो प्रगति विवरणमा उल्लेख […]