खाद्यले १३ केन्द्रमार्फत समर्थन मूल्यमा धान खरिद गर्ने, पैसा किसानको खातामा पठाइने

काठमाडौं । खाद्यले १३ केन्द्रमार्फत समर्थन मूल्यमा धान खरिद गर्ने, पैसा किसानको खातामा पठाइनेखाद्य व्यवस्था तथा ब्यापार कम्पनीले सरकारले तोकेको न्यूनतम् समर्थन मूल्यमा विभिन्न १३ केन्द्रमार्फत धान खरिद गर्ने निर्णय गरेको छ । कार्तिक ८ गते कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यको अध्यक्षतमा बसेको बैठकले सरकारले तोकेको न्यूनतम् समर्थन मूल्यमा धान खरिद गर्न विभिन्न १३ […]

स्वस्तिक एग्रो ईण्डष्ट्रिजको विशेष साधारणसभा सम्पन्न, आईपीओ प्रस्ताव पारित

काठमाडौं । स्वस्तिक एग्रो ईण्डष्ट्रिज लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ। कार्तिक ८ गते शनिवार एग्रोको फार्म मै सभा सम्पन्न भएको हो । कम्पनीको कुल शेयरधनीहरुको ९५ प्रतिशत भन्दा बढि शेयरधनीको उपस्थितीमा सभा सम्पन्न भएको कम्पनीले जनाएको छ। कम्पनीको सभाले संचालक समितिमा परिर्वतन, कम्पनीको पुँजी बृद्धि, प्रबन्धपत्र तथा विनियमावलीमा आवश्यक संशोधन, तथा सर्वसाधारणमा शेयर (आईपीओ) […]

सामान्य अंकले बढ्यो नेप्से, घट्यो कारोबार रकम

काठमाडौं । तिहार बिदा पछि पहिलो दिन खुलेको शेयर बजार सामान्य बढेको छ । आइतबार नेप्से परिसूचक ५.१९ अंकले बढेर २५०९.०४ विन्दुमा पुगेर बन्द भएको छ । भने सेन्सेटिभ इन्डेक्स ०.६० अंकले घटेर ४३७ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स स्थिर हुँदा सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.१५ अंकले घटेर १४८.१७ विन्दुमा पुगेर […]

सोयाबिन , कार्पेट, सनफ्लावर तेल र फेल्टले बढाए निर्यात

काठमाडौं । सोयाबिन तेल, कार्पेट, सनफ्लावर तेल र फेल्टको निर्यातले मुलुकको निर्यात व्यापार बढाएको छ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा निर्यात व्यापार ८८.५७ प्रतिशतले बढेकोमा तीन महिनासम्म आइपुग्दा निर्यात ८९.६४ प्रतिशतले बढेको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार ०८२/८३ को पहिलो त्रैमासमा ७२ अर्ब ७८ करोड २८ लाखको वस्तु निर्यात भएको छ । ०८१/८२ […]

सूर्यज्योति लाइफद्वारा  ३ करोड बढी बीमा दावी भुक्तानी

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असोज महिनामा तीन करोड ४२ लाख रुपैयाँको बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले असोज महिनामा ११२ वटा बीमा दावी भुक्तानी बापत उक्त दावी भुक्तानी गरेको जानकारी दिएको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा कुल १५ करोड २४ लाख रुपैयाँको बीमा दावी भुक्तानी […]

मुलुकको व्यापार घाटा १२ प्रतिशतले बढ्यो, ३ खर्ब ९५ अर्ब पुग्यो व्यापार घाटा

काठमाडौं । नेपालले तेस्रो मुलुकसँगको व्यापार घाटा १२.१८ प्रतिशतले बढेको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार देशको व्यापार घाटा करिब ४ खर्ब पुगेको छ । विभागका अनुसार अघिल्लो वर्ष ३ खर्ब ५२ अर्ब ३७ करोड रुपैयाँ व्यापार घाटा रहेकोमा १२.१८ प्रतिशतले बढेर ३ खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ बराबर व्यापार घाटा पुगेको […]

युवालाई आत्मनिर्भर बनाउँदै ‘चखेल’

हेटौँडा (मकवानपुर) । विदेशमा पसिना बगाएर मात्र जीवन बदलिन्छ भन्ने भ्रमलाई चिर्दै मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ चखेलका किसानले बारीमा पसिना बगाए पनि भविष्य उज्यालो हुन्छ देखाएका छन् । यही बारीले गाउँका युवालाई इन्जिनियर, नर्स, कृषिविज्ञ, प्राविधिक र आत्मनिर्भर नागरिकमा रूपान्तरण गरिरहेको छ । पहाडी भूभागका खेतबारी बाँझिन थालेको नेपालमा चखेलले भने माटोसँगको आत्मीयता पुनर्जीवित गरेको छ […]

मन्त्रिपरिषद् विस्तारको तयारी, आजै शपथ ग्रहण हुने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छिन् । उनले चारै जनाको नाम राष्ट्रपति कार्यालयमा सिफारिस गरिसकेकी छन्। शपथ ग्रहणको समय केहीबेरमा सार्वजनिक गरिने बताइएको छ। नयाँ मन्त्रीमा डा। सुधा शर्मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गणपतिलाल श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, खगेन्द्र सुनार श्रम तथा रोजगार र बब्लु गुप्ता युवा तथा […]

१४ अर्ब ५६ करोड बराबरको ट्रेजरी बिल नविकरण गर्दै सरकार

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आइतबार १४ अर्ब ५६ करोडको ट्रेजरी बिल नविकरण गर्दैछ । आन्तरिक ऋण उठाउने उद्देश्ले जारी गरेको उक्त रकम बराबरको ट्रेजरी बिलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले सहभागी हुन सक्ने छन् । कर्जा लगानी गर्न नसक्दा आन्तरिक ऋण उठाउने प्रयोजनका लागि […]

ह्वात्तै घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सूनचाँदीको मूल्यमा गिरावट आएको छ । गत कार्तिक ३ गते प्रति तोला २ लाख ५३ हजार ५ सय रहेको छापावाल सुनको मूल्य आज प्रति तोला आज ह्वात्तै घटेर प्रतितोला २ लाख ४१ हजार ९ सय कायम भएको छ । कार्तिक ३ गते प्रति १० ग्राम २ लाख १७ हजार ३ सय […]