सर्वोत्तम पेन्ट्सको आईपीओ बाँडफाँड,कसरी हेर्ने नतिजा ?

काठमाडौं । सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ अज बाँडफाँड भएको छ। कम्पनीको सेयर निष्काशन तथा  बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले बिहीबार बिहान  सेयर बाँडफाँड गरेको हो। कम्पनीले जेठ २८ गतेदेखि असार २ गतेसम्म सर्वसाधारणलाई  ७ लाख ५ हजार ५ सय कित्ता सेयर निष्काशन गरेको थियो। क्यापिटलका अनुसार यस निष्काशनमा २८ लाख ९४ […]

उपराष्ट्रपति यादव रुसको स्वागत समारोहमा सहभागी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव रुसको राष्ट्रिय दिवसका अवसरमा बुधबार साँझ यहाँ आयोजित स्वागत समारोहमा सहभागी भएका छन् । त्यस अवसरमा नेपालका लागि रुसी राजदूत अलेक्सेई भ्लादिमिरोभिच सुरोभ्त्सेभले असंलग्नता तथा पञ्चशीलका सिद्धान्तमा आधारित नेपालको सार्वभौम परराष्ट्र नीतिलाई रुसले सधैँ उच्च मूल्याङ्कन गर्दै आएको बताए। नेपाल–रुस सुमधुर सम्बन्धका बारेमा चर्चा गर्दै उहाँले आगामी साउन ४ मा […]

यी हुन् रास्वपाको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराउनेहरु (सूचीसहित)

काठमाडौं । रास्वपाको केन्द्रीय सदस्य पदमा ३८४ जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । पार्टी निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक सूचीमा ३८४ जनाको उम्मेदवारी परेको उल्लेख छ । यी उम्मेदवारबाट रास्वपाको केन्द्रीय समितिमा ९९ जना निर्वाचित हुन्छन् । उम्मेदवार धेरै भएपछि निर्वाचनबाट ९९ जना छान्ने रास्वपाको तयारी छ ।

समूह विजेता बन्दै स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश

काठमाडौं । स्विट्जरल्यान्डले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप–२०२६ को ‘नकआउट’ चरणमा प्रवेश गरेको छ । क्यानडाको भ्यानकुभरस्थित बिसी प्लेस स्टेडियममा आज भएको खेलमा घरेलु टोली क्यानडालाई २–१ गोलअन्तरले हराउँदै स्विट्जरल्यान्ड समूह ‘बी’को समूह विजेता बन्दै नकआउट चरणमा पुगेको हो । स्विट्जरल्यान्डको जितमा रुबेन वर्गासले गोल गरे । उनले खेलको ४६ मिनेटमा गोल गर्दै टोलीलाई पहिलो […]

मनसुनी, पश्चिमी र स्थानीय वायुको प्रभाव : कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?

काठमाडौं । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ। तराईमा […]

वर्ल्डलिंकको आम्दानी १२ अर्ब १३ करोड, इन्टरनेट बजारमा ३२ प्रतिशत हिस्सा कायम

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक  कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले सन् २०२५ मा  १२ अर्ब १३ करोड १० लाख  रुपैयाँ आम्दानी गरेको छ। यो आम्दानी सन् २०२४ को तुलनामा करिब ९ प्रतिशतले बढी हो। यसअघि  सन् २०२३ मा कम्पनीको सञ्चालन आम्दानी ११ अर्ब १२ करोड ८० लाख रुपैयाँ रहेको थियो। कम्पनीको आम्दानी संरचना हेर्दा […]

अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी

काठमाडौं । अष्ट्रेलियाको मुख्य भूमिमा अत्यधिक रोगजनक एभियन इन्फ्लुएन्जा (एच–फाइभ एन–वान) को तेस्रो केस पुष्टि भएपछि विज्ञहरूले देशको जैविक विविधतामाथि गम्भीर जोखिम उत्पन्न हुन सक्ने चेतावनी दिएका छन्। दक्षिण अष्ट्रेलिया राज्यमा तीन समुद्री चराको मृत्यु एच–फाइभ एन–वान सङ्क्रमणका कारण भएको पुष्टि भएको छ । यसअघि पश्चिमी अष्ट्रेलिया राज्यमा पनि सङ्क्रमणका घटना देखिएका थिए। अष्ट्रेलियाको डेकिन […]

रास्वपाको महाधिवेशन : ९ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को चितवनको भरतपुरमा जारी प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय समितिको निर्वाचनका लागि वर्तमान मन्त्रिपरिषद्का ९ जना सदस्यहरूले उम्मेदवारी दिएका छन् । प्रारम्भिक सूचीअनुसार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले गण्डकी प्रदेश खुलातर्फबाट उम्मेदवारी दिएका छन् । परराष्ट्रमन्त्री शिशिर खनालले खुलातर्फ, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागमती प्रदेश खुलातर्फ र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री […]

१९ फर्ममा वाणिज्य विभागको छापा, तीनलाई २ लाख १५ हजार रुपैयाँ जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं र ललितपुरका विभिन्न उद्योग तथा व्यावसायिक फर्ममा बुधबार गरेको अनुगमनका क्रममा कैफियत भेटिएका तीन कम्पनीलाई कुल २ लाख १५ हजार रुपैयाँ जरिवाना गरेको छ । विभागका अनुसार काठमाडौं महानगरपालिका–२६ त्रिदेवी मार्गस्थित बसेरा बुटिक होटल प्रालि (केशर क्याफे) ले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६(२)(क) विपरीत […]

जलविद्युत् आयोजना र काबु बाहिरको परिस्थितिका ऋणीलाई राहत

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०८२ मा संशोधन परिमार्जन तथा थप व्यवस्था गर्दै नयाँ निर्देशन जारी गरेको छ। राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गर्दै २०८३ असार १० गतेदेखि लागू हुने गरी उक्त व्यवस्था […]