बढ्दो गर्मीबीच फ्रान्समा ‘एयर कन्डिसनिङ ’ बारे धारणा परिवर्तन

पेरिस । बढ्दो तापक्रम र बारम्बारको गर्मीको लहरका कारण फ्रान्सले एयर कन्डिसनिङ (एसी) सम्बन्धी आफ्नो परम्परागत धारणा पुनर्विचार गर्न थालेको छ। लामो समयदेखि वातावरणीय कारण देखाउँदै एसीको प्रयोगप्रति सशंकित रहँदै आएको देशमा अहिले यसको आवश्यकता र उपयोगिताबारे बहस तीव्र बनेको छ। यस साता दक्षिणपन्थी नेतृ मरीन ले पेनले सरकारले अनुदानसहित देशभर एसी जडान अभियान सञ्चालन […]

कास्कीको स्थानीय तहको बजेट ९ अर्ब ७१ करोड

कास्की । जिल्लाका पाँचवटै स्थानीय तहले निर्धारित समय असार १० गतेभित्र वार्षिक नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि पोखरा महानगरपालिका र मादी, माछापुच्छ्रे, अन्नपूर्ण र रूपासहित चार गाउँपालिकाले कूल रु नौ अर्ब ७१ करोड ७२ लाख २१ हजारको बजेट सार्वजनिक गरेका हुन् । कृषि, पर्यटन, पूर्वाधार विकास […]

सामूहिक खेती पद्धतिलाई प्रोत्साहन गर्दै हेटौँडा उपमहानगर

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले सामूहिक खेती पद्धतिलाई प्रोत्साहन गर्ने भएको छ । आर्थिक वर्ष २०८३/ ८४ को नीति तथा कार्यक्रममा उमहानगरपालिकाले सामूहिकखेती पद्धतिलाई प्रोत्साहन गरिने उल्लेख गर्दै नगरको २०० बिघा क्षेत्रफलमा ड्रागन तथा मेवाखेतीमा लगानी विस्तार गरिने जनाएको छ । कृषितर्फ आधुनिक प्रविधि, सिँचाइ विस्तार, उन्नत बीउ तथा समुचित मलको प्रयोगलाई प्राथमिकता दिई उत्पादन, उत्पादकत्व […]

भक्तपुरमा बर्डफ्लू पुष्टि, ४८ हजारभन्दा बढी कुखुरा नष्ट

भक्तपुर । भक्तपुर जिल्लाका विभिन्न कुखुरा फार्ममा बर्डफ्लू (एभियन इन्फ्लुएन्जा) पुष्टि भएपछि ४८ हजारभन्दा बढी कुखुरा नष्ट गरिएको छ। पशु सेवा कार्यालय भक्तपुरका पशु चिकित्सक डा. अमिक श्रेष्ठका अनुसार चाँगुनारायण नगरपालिका–२, ८ र ९ का कुखुरा फार्ममा बर्डफ्लू संक्रमण पुष्टि भएपछि ३८ हजार ७९५ कुखुरा नष्ट गरिएको छ। त्यसैगरी सूर्यविनायक नगरपालिका–१, ४ र ८ का […]

फिफाद्वारा अखिल नेपाल फुटबल संघ (एन्फा) तत्काल लागु हुने गरी निलम्बित (पत्रसहित)

काठमाडौं । फुटबलको विश्वव्यापी सर्वोच्च निकाय फिफाले बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा) लाई तत्काल लागु हुने गरी निलम्बन गरेको छ। फिफाले एक आधिकारिक विज्ञप्ति जारी गर्दै यस कुराको पुष्टि गरेको हो। यस निलम्बनका कारण अब नेपालका राष्ट्रिय टोलीहरू फिफा र एसियाली फुटबल महासंघ (एएफसी) का प्रतियोगिताहरूमा सहभागी हुन अयोग्य हुनेछन्। फिफाले एन्फा, यसका सदस्यहरू […]

भेनेजुएलामा ७.५ म्याग्निच्युडको भूकम्प पछि आपत्तकाल घोषणा

काठमाडौं । भेनेजुएलाको राजधानी काराकासमा केही सेकेन्डको अन्तरमा दुई शक्तिशाली भूकम्प गएपछि त्यहाँ त्रास फैलिएको छ। दोस्रो भूकम्प ७.५ म्याग्निच्युडको रहेको थियो, जुन दक्षिण अमेरिकी देश भेनेजुएलामा पछिल्लो एक शताब्दीमा आएको सबैभन्दा शक्तिशाली भूकम्पमध्ये एक मानिएको छ। भूकम्पका कारण केही भवनहरू भत्किएका छन् भने नागरिकहरू सुरक्षाका लागि सडकमा निस्किएका छन्। भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले […]

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार?

काठमाडौं ।नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  बिहीबार सुन प्रतितोला ५ हजार दुई सय रुपैयाँले घटेको छ । यस दिन सुन प्रतितोला २ लाख ७८ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला २ लाख ८३ हजार पाँच सय रुपैयामा कारोबार भएको थियो । त्यस्तै यस […]

इरान युद्धमा ८७ अर्ब डलर माग

काठमाडौं । इरानसँगको युद्धका कारण बढ्दो सैन्य खर्चका बीच ह्वाइट हाउसले अमेरिकी कङ्ग्रेससँग ८७ अर्ब ६० करोड अमेरिकी डलरको अतिरिक्त बजेट माग गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको इरान नीति र युद्ध व्यवस्थापनमाथि कङ्ग्रेसमा विवाद चर्किरहेका बेला आएको यो प्रस्तावले नयाँ राजनीतिक बहस पनि सिर्जना गरेको छ । ह्वाइट हाउसको व्यवस्थापन तथा बजेट कार्यालयले बुधबार […]

बेनी–जोमसोम सडक १२ घण्टापछि खुल्यो

काठमाडौं । सडकमा थुप्रिएको ढुङ्गा पन्छाएपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा १२ घण्टापछि यातायात सेवा सञ्चालन भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा गए राति विद्युतीय गाडीमाथि ढुङ्गा खसेर च्यापिँदा मुस्ताङस्थित कोरला नाकाबाट विद्युतीय गाडी चलाएर पोखरातर्फ जाँदै गरेका वीरगञ्ज महानगरपालिकाका २३ वर्षीय सोहिल मियाको मृत्यु हुनुका साथै सडक अवरुद्ध […]

ब्राजिल, मेक्सिको र स्विट्जरल्याण्ड विजयी; कतार बाहिरियो

काठमाडौं । फिफा विश्वकप २०२६ को समूह चरण अन्तर्गत हिजो सम्पन्न  खेलहरूमा ब्राजिल, मेक्सिको र स्विट्जरल्याण्ड जस्ता टोलीहरूले महत्त्वपूर्ण जित दर्ता गरेका छन्। समूह ‘बी’ को   खेलमा  कप्तान एडिन जेकोको १५०औँ अन्तर्राष्ट्रिय खेलको अवसरमा बोस्निया एण्ड हर्जगोभिनाले कतारलाई ३–१ ले हराए । सिटल रङ्गशालामा भएको उक्त  खलेमा बोस्नियाका लागि केरिमा अलाजबेगोभिच २९औँ मिनेट र एर्मिन […]