एनएमबि बैंकको ३०औं बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । एनएमबि बैंकका संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीहरुको उपस्थितिमा यही मिति २०८२ पौष २४ गते बिहीबार, त्रिभुवन आर्मि अफिसर्स क्लब, टुँडिखेल, काठमाण्डौंमा ३०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष, मनोज कुमार गोयलको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न गरिएको छ । सो अवसरमा सहभागी शेयरधनीहरूले आ–आफ्नो मन्तव्य व्यक्त […]

पौष २६ गतेदेखि माघ ३ गतेसम्म ट्राफिक सप्ताह २०८२ आयोजना हुने

काठमाडौं ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनिकरण विशेष अभियान तथा ट्राफिक सप्ताह– २०८२ आयोजना गर्ने भएको छ । बिहीबार कार्यालयमा पत्रकार सम्मेलनको आयोजनागरी प्रहरी उपरीक्षक नरेशराज सुवेदीले आगामी पौष २६ गते देखि माघ ३ गतेसम्म ट्राफिक सप्ताह–२०८२ आयोजना गर्न लागेको जानकारी दिए । उनले सवारी दुर्घटना न्यूनीकरण गर्ने, सडक प्रयोगकर्ताको व्यवहारमा सुधार गर्ने […]

घिसिङसँगको सहमति औपचारिक प्रक्रियामा छ : सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले हिजोमात्रै मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङसँग भएको सहमतिलाई अब पार्टी प्रक्रियामार्फत औपचारिकता दिने तयारी भइरहेको बताएका छन् । आज चितवन जिल्ला अदालतमा उपस्थित भएर फर्कने क्रममा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै सभापति लामिछानेले भने, “उहाँसँग सरकारमै रहनुभएको समयमा हामीले सहमति गरेका थियौंँ । अब उहाँले राजीनामा […]

सानिमा रिलायन्स लाइफको लाभांश प्रस्ताव पारित

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष रतनलाल केडियाको अध्यक्षतामा सभा पुष २४ गते बिहीबार काठमाडौंको बाँसबारीस्थित शुभ इभेन्ट्समा सम्पन्न भएको हो । साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको १०.१७८० प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गरेको छ । साथै […]

अमेरिकाका राजदूत थम्सनले गरे राष्ट्रपतिसँग बिदाइ भेट

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर थम्सनले आज राष्ट्रपति भवनमा बिदाइ भेट गरेका छन् । त्यस अवसरमा उनीहरूबीच नेपाल–अमेरिका सम्बन्धका साथै आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

बैंकिङ्ग कसुर मुद्दामा फरार रहेको दर्नाल र केसी पक्राउ

काठमाडौं । बैंकिङ्ग कसुर सम्बन्धी मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुर जिल्लाका अनमोल दर्नाल र रवीन्द्र केसी रहेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले उनीहरूलाई खोजतलासका क्रममा पक्राउ गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अनमोल दर्नालमाथि बैंकिङ्ग कसुर […]

आइएमई लाइफको लाभांश सहितका सबै प्रस्ताव पारित

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नवौं वार्षिक साधारणसभा आज काठमाडौंको धुम्बाराहीस्थित दियो महलमा सम्पन्न भएको छ। सभा कम्पनीको सञ्चालक समितिका अध्यक्ष डा. राम हरि अर्यालको नेतृत्वमा सम्पन्न भएको हो। सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट कम्पनीको हाल कायम चुक्ता पुँजीको १०.५२ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित […]

ज्येष्ठ नागरिकलाई घरदैलोमै सामाजिक सुरक्षा भत्ता

भोजपुर । ज्येष्ठ नागरिकलाई घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणसँगै न्यानो कपडा उपलब्ध गराउने उद्देश्यसहित रामप्रसाद राई गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेको छ । गाउँपालिका केन्द्रस्थित बैङ्कसम्म पुग्न ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिलाई कठिनाइ भएपछि वडास्तरमै सेवा प्रवाह थालिएको हो । ज्येष्ठ नागरिकलाई घुम्ती शिविरमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्नाका साथै ७० वर्षमाथिका नागरिकलाई न्यानो कपडा […]

साढे २ अर्ब अतिरिक्त भार खारेजीको माग गर्दैै एनसेलले सरकारलाई बुझायो मागपत्र

काठमाडौं । आगामी चार वर्षपछि लाइसेन्स नवीकरण नगर्ने गरी सरकारले गत वर्ष गरेको निर्णयमा पुनर्विचार गर्न निजी क्षेत्रको दूरसञ्चार प्रदायक कम्पनी एनसेलले अनुरोध गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीलाई पत्र बुझाउँदै एनसलेलले टेलिकम क्षेत्रमा आफूहरुले पुर्याएको योगदानको कदर गर्न आग्रह गर्दै नेपाल सरकारलाई मन्त्रिपरिषद्को निर्णय पुनरावलोकनको लागि अनुरोध गरेको हो। सरकारले गरेको निर्णयले एनसेललाई साढे २ […]

४.५९ अंकले बढ्यो नेप्से, घट्यो कारोबार रकम

काठमाडौं । बिहीबार नेप्से परिसूचक ४.५९ अंकले बढेको छ । बजार २६४०.५४ अंकमा पुगेर बन्द भएको छ । यस दिन ३२८ वटा कम्पनी ६९ हजार २६१ पटक कारोबार हुँदा १ करोड ४ लाख ३१ हजार कित्ता सेयर खरिदबिक्री भएको हो । करोबार रकम भने ४ अर्ब ९० करोड ८० लाख पुगेको छ । बुधबारको तुलनामा […]