राजनीतिमा अब नयाँ पुस्ताको हस्तक्षेपकारी भूमिका आवश्यक : आरेन राई

काठमाडौं । श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले नेपालको राजनीतिमा नयाँ पुस्ताको हस्तक्षेपकारी भूमिका आवश्यक रहेको बताएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना व्यक्त गर्दै राईले लोकतान्त्रिक मूल्य र मान्यताको रक्षाका लागि राजनीतिक दलहरूबीच स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने बताए । उनले आफू कांग्रेसको प्रतिस्पर्धीका रूपमा नभई नेपालको लोकतान्त्रिक इतिहासको साक्षीका रूपमा महाधिवेशनमा सहभागी […]

महासचिव घिमिरेकाे रवि लक्षित आरोप–  सहकारीको अर्बौँ बचत हिनामिना भएको छ

काठमाडौं । राष्ट्रिय जनमोर्चाका कार्यवाहक महासचिव घनश्याम घिमिरेले विभिन्न सहकारीमा जम्मा भएको अर्बौँ रुपैयाँ बचत हिनामिना भएको भन्दै प्रश्न उठाएका छन् । आइतबार काठमाडौंको खुलामञ्चमा आयोजित नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेतर्फ लक्षित गर्दै सहकारी रकम हिनामिनाको विषय उठाएका हुन् । ‘विभिन्न सहकारीमा जम्मा भएको […]

अबको राजनीति सत्ता र औपचारिकतामा सीमित हुनुहुँदैन : महामन्त्री घिमिरे

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले अबको राजनीति सत्ता र औपचारिकतामा मात्र सीमित हुन नहुने बताएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै घिमिरेले जनताको जीवनस्तर सुधार र राष्ट्रिय समुन्नतिलाई कांग्रेसको मुख्य एजेन्डा बनाउनुपर्ने बताए । उनले लोकतन्त्रको रक्षाका लागि कांग्रेसले लामो समय संघर्ष गरे पनि जनताका मनमा उठेका प्रश्नको समुचित […]

सभामुख अर्याल पत्नी केसी लगायतका सदस्य सहित आज तान्जानिया प्रस्थान गर्दै, जलवायु विपदबारे प्रस्ताव लैजाने तयारी

काठमाडौं । अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन सभामुख डोलप्रसाद अर्याल नेपाली संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज तान्जानिया प्रस्थान गर्ने भएका छन्। महासभामा नेपालले हिमालय क्षेत्रसहित जोखिममा रहेका भूभागमा जलवायुजन्य विपद्को सामना र उत्थानशीलता सुदृढ गर्ने विषयमा आपत्कालीन प्रस्ताव पेस गर्ने तयारी गरेको छ। भ्रमण कार्यक्रमअनुसार सभामुख अर्याल आइतबार साँझ ७ बजे कतार […]

दसैँ नजिकिएसँगै खुला बजारमा बढ्यो ग्राहकको चाप

काठमाडौं । बडादसैँ नजिकिएसँगै काठमाडौँको भृकुटीमण्डपलगायत अन्य विभिन्न खुला बजारमा किनमेल गर्ने ग्राहकको चाप बढेको छ । यहाँका खुला बजारमा दसैँका लागि नयाँ कपडा तथा आवश्यक सामग्री खरिद गर्न पुगेका ग्राहकको चहलपहल अन्य समयको तुलनामा बढेको हो । दसैँका लागि परिवारका सदस्य, आफन्त तथा बालबालिकाका लागि नयाँ कपडा खरिद गर्ने ग्राहकको सङ्ख्या बढेपछि भृकुटीमण्डपलगायत बजारमा […]

सभापति थापाले उद्घाटन गरे कांग्रेसको १५औँ महाधिवेशन

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशन आइतबार उद्घाटन गरेका छन्। उनले पार्टीका संस्थापकसहितका अग्रज नेताहरूको तस्बिरमा माल्यार्पण गरेर महाधिवेशनको दीप प्रज्वलन गरेर उद्घाटन गरेका हुन्। सभापति थापाले बिरुवामा जल सेचनसमेत गरे ।

सहकारीका ऋणीलाई ११ करोड असुली

काठमाडौं । सरकारले विभिन्न सहकारी संस्थाको कर्जा असुलीलाई तीव्रता दिएको छ । सरकारले कर्जा असुली न्यायाधीकरण कार्यालयमार्फत सहकारीबाट ऋण लिएर तोकिएको समयमा वा भाका नाघ्दासमेत सावाँ-ब्याज नतिर्ने ऋणीबाट कर्जा असुली गरेको हो । चालु आवको असोज १५ गतेसम्म विभिन्न २७ वटा मुद्दाको मिलापत्र र फैसला कार्यान्वयनबाट कार्यालयले सहकारी संस्थाहरूको करिब रु ११ करोड कर्जा असुली […]

स्वास्थ्य बीमामा पुस १ देखि राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ पुस १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रममा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको छ। बोर्डको दोस्रो बैठक (मिति २०८३/०६/१२) ले स्वास्थ्य बीमा कार्यक्रममा डिजिटल सुधार ल्याउने उद्देश्यले विभिन्न चारवटा महत्त्वपूर्ण निर्णयहरू गरेको हो। बोर्डको निर्णयअनुसार १६ वर्ष उमेर पूरा गरेका नागरिकहरूले स्वास्थ्य बीमामा नयाँ आबद्धता, नवीकरण तथा सेवा प्राप्तिका […]

४० करोड थान १ रुपैयाँका सिक्का छाप्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले ४० करोड थान १ रुपैयाँका सिक्का छपाइका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। मुद्रा व्यवस्थापन विभागले सार्वजनिक सूचना निकाल्दै उक्त आह्वान गरेको हो। अग्रिम रुपमा योग्य सुरक्षित छपाइ कम्पनीहरु यसमा सहभागी हुन पाउनेछन्। छनोट भएको कम्पनीले सिक्काको डिजाइन, छपाइ (मिन्टिङ) तथा आपूर्तिको एकमुष्ट जिम्मेवारी पाउने विभागले जनाएको छ। इच्छुक कम्पनीले […]

१० वर्षमा इन्धन आयात खर्चमा उच्च वृद्धि, कुन वर्ष कति?

काठमाडौं । नेपाल आयल निगमको पछिल्लो १० वर्षको तथ्याङ्कअनुसार देशमा पेट्रोल र डिजेलको आयात परिमाणका साथै त्यसबापत बाहिरिने रकममा उच्च वृद्धि भएको छ। आर्थिक वर्ष २०७२/७३ देखि २०८२/८३ सम्मको विवरणअनुसार आन्तरिक बजारमा सवारी साधनको प्रयोग र औद्योगिक गतिविधि बढेसँगै इन्धनको खपत तीव्र गतिमा बढेको देखिन्छ। तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७२/७३ मा २ लाख ३९ हजार […]