मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दैछ। सोमबार  दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्ने तय भएको प्रधानमन्त्री बालेन शाहको सचिवालयले जनाएको छ। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्नेछ।  

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू (पुर्णपाठ)

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको आत्मसमीक्षादेखि सरकारलाई खबरदारी, निर्वाचनपूर्व गठबन्धन नगर्ने नीति, पार्टीको पुनर्संरचना, निजी क्षेत्रसँग सहकार्य, युवा सहभागिता र ‘समुन्नत नेपाल, सम्मानित नेपाली’को अवधारणासम्म […]

भोटेकोशी-त्रिशूली बाढी : १५ स्थानीय तहलाई साढे १३ करोड सहित कुल ३७ करोड राहत निकासा

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा आएको बाढीका कारण पुगेको क्षतिपछि राहत, उद्धार र पुनर्स्थापनाका लागि नेपाल सरकारले कुल ३७ करोड रुपैयाँ नगद राहत निकासा गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार प्रभावित जिल्लाहरूमध्ये रसुवा र नुवाकोटमा १/१ करोड रुपैयाँ तथा धादिङ जिल्लामा ५० लाख रुपैयाँ रकम निकासा गरिएको छ। त्यसैगरी […]

सुनको भाउ सामान्य घट्दा बढ्यो चाँदी

काठमाडौं ।सोमबार नेपाली बजारमा सुनको मूल्य ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महांसाघका अनुसार आज सुन प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँ कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला २ लाख ९१ हजार ९ सय रुपैयाँ थियो  । यता चाँदी भने ४० रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला […]

सडक बोर्ड नेपालको कार्यकारी निर्देशक पदका लागि खुला प्रतिस्पर्धाबाट दरखास्त आह्वान

काठमाडौं । सडक बोर्ड नेपाल (मीनभवन, काठमाडौँ) ले कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धात्मक प्रणालीमार्फत नयाँ नियुक्ति गर्न दरखास्त आह्वान गरेको छ। बोर्डले सार्वजनिक सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र रीतपूर्वक दरखास्त पेस गर्न आग्रह गरेको छ। सडक बोर्ड ऐन, २०५८ को दफा २१ बमोजिम कार्यकारी निर्देशक पदका […]

रेड बुल १३औँ कृति अवार्ड्स २०८३ अन्तर्गत ‘कृति कनेक्ट’ कार्यक्रम  सम्पन्न

काठमाडौं । नेपाली आमसञ्चार उद्योगको पहिलो र अग्रणी संस्था नेपाल विज्ञापन संघ (आन)ले काठमाडौंमा रेड बुल १३औँ कृति अवार्ड्स २०८३ अन्तर्गत ‘कृति कनेक्ट’ कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। विगतका वर्षका कृति अवार्ड्सको क्रममा ‘एजेन्सी ब्रीफिङ सेसन’का रूपमा एजेन्सीहरूलाई अवार्ड्सका मापदण्ड र अन्य प्रशासनिक विषयहरूमा जानकारी दिनका लागि आयोजना गरिने गरिएको यस प्रकारको कार्यक्रमलाई यस […]

यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ?

काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार सोमबार साँझ ५ बजेदेखि निर्वाचनको कार्यक्रम सुरु हुने छ। कटुवालका अनुसार सोमबार साँझ ५ बजे मतदाता नामावली प्रकाशन हुनेछ। यसैगरी ५ः०० देखि ६ः३० बजेसम्म मतदाता नामावली प्रकाशनउपर दाबीविरोध, ६:३० देखि ७:३० […]

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी, लोकतन्त्र र मुलुकको आगामी दिशासहित ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण अघि सारेका छन्। कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत बन्दसत्रमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै सभापति थापाले आगामी दशकका लागि पार्टीको वैचारिक, राजनीतिक, संगठनात्मक तथा राष्ट्रिय कार्यदिशाको खाका प्रस्तुत गरेका हुन्। थापाको प्रतिवेदनमा कांग्रेसको ऐतिहासिक यात्रा, राजनीतिक उपलब्धि, विगतका […]

हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे

काठमाडौं । दसैँ पर्व नजिकिएसँगै मुस्ताङमा भेडाच्याङ्ग्राको व्यापारिक चहलपहल सुरु भएको छ । यसै क्रममा मुस्ताङको जोमसोममा माथिल्लो डोल्पाबाट भेडाच्याङ्ग्राका बथान आइपुगेका छन् । उपल्लो मुस्ताङबाट भने शनिबारसम्म भेडाच्याङ्ग्रा जोमसोम आइपुग्ने बताइएको छ । आफ्ना पाँच सहकर्मीसहित करिब एक हजारभन्दा बढी भेडाच्याङ्ग्रा शनिबार साँझ जोमसोम आइपुगेको डोल्पाका व्यापारी शेरबहादुर रोकायाले जानकारी दिए। डोल्पाबाट जोमसोम आइपुग्न […]

हिमालय उर्जा विकासको साधारण सभा कार्तिक १६ गते, के के छन् एजेन्डा ?

काठमाडौं । हिमालय उर्जा विकास कम्पनी लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको असोज १८ गते बसेको सञ्चालक समितिको बैठकले आफ्नो २६ औँ वार्षिक साधारणसभा कार्तिक १६ गतेका लागि आह्वान गरेको हो । सभा अर्पण वैक्विट, थापागाऊँ, नयाँबानेश्वर, काठमाडौंमा बिहानको ११ बजेदेखि सुरु हुने छ । सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०८२/०८३ […]