जितिया पर्व आज विधिपूर्वक समापन
सिराहा । सन्तानको दीर्घायु, सुख, समृद्धि र स्वास्थ्यको कामना गर्दै विशेषगरी तराई–मधेसका महिलाले मनाउने जितिया पर्व आज विधिपूर्वक समापन भएको छ। असोज कृष्ण पक्षको अष्टमीदेखि नवमीसम्म मनाइने यो पर्व शुक्रबारदेखि सुरु भएको हो। जितियालाई ‘जीवितपुत्रिका व्रत’ पनि भनिन्छ। धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य र समृद्धिको कामना गर्दै निराहार व्रत बस्ने गर्छन्। […]

