आजको मौसम : कोशी प्रदेशका उच्च पहाडी भूभागमा आंशिक बदली 

काठमाडौं । देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौं ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४४ रुपैयाँ २५ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६७ रुपैयाँ १४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ८४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १९१ […]

प्रधानमन्त्री कार्यालयमै झगडामा उत्रिय जेनजी युवाहरु

काठमाडौं । सरकारसँग सम्झौता भए लगत्तै सिंहदरबारभित्र जेनजी प्रतिनिधिहरुबीच झगडा सुरु भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले सम्वोधन गरेर हिँडेपछि जेनजी युवायुवतीहरु आपसमा झगडा गरेका हुन् । प्रधानमन्त्रीको सम्वोधन पछि एक युवती राष्ट्रपतिसँग सम्झौता खोइ भएको भन्दै च्याठ्ठिएकी थिइन् । अर्का युवाले केही सिमित व्यक्तिहरुले आन्दोलनलाई हाइज्याक गरेर टालटुले सम्झौता गरेको आरोप लगाए । अन्य […]

खानेपानीको चरम सङ्कट भोगेको भगवतीमाई गाउँपालिकाका तीन वडामा खानेपानीको सुविधा

दैलेख । खानेपानीको चरम सङ्कट भएका भगवतीमाई गाउँपालिकाका विभिन्न तीन वडामा चार खानेपानी योजना सम्पन्न भएका छन् । यसबाट भगवतीमाई १, ३ र ४ वडामा ‘एकघर एक धारा’को सुबिधा पुगेको छ । ती वडाका करिव १९६ घरधुरीका एक हजार १८४ स्थानीयवासी लाभान्वित भएका छन् । ब्रिटिस रेडक्रस र स्वीस रेडक्रसको संयुक्त आर्थिक एवं प्राविधि सहयोगमा […]

रामेछापका जुनार किसानको सक्रियता बढ्यो

रामेछाप । पर्याप्त जुनार उत्पादन हुने रामेछापमा अहिले जुनारको बिक्रीमा किसानको सक्रियता बढेको छ । जुनार बिक्रीका साथै गर्मीका लागि स्क्वास (प्रशोधनबाट तयार गरिएको पेयपदार्थ) बनाएर भण्डार गर्न किसान जुटेका छन् । जुनारको जिल्ला भनेर चिनिने रामेछापमा यस वर्ष फलेका पर्याप्त उत्पादन भएपछि किसान उत्साहित भएका हुन् । यो वर्ष जुनारका लागि उचित हावापानी भएकाले […]

लुम्बिनी दोस्रो क्वालिफायरमा, फाइनल प्रवेशका लागि विराटनगरसँग खेल्ने 

काठमाडौं । लुम्बिनी लायन्सले काठमान्डु गोर्खाजलाई पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । बुधबार भएको एलिमिनेटर खेलमा लुम्बिनीले काठमान्डुलाई ४ विकेटले पराजित गर्दै दोस्रो क्वालिफायमा पुगेको हो । काठमान्डुले दिएको ११२ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो । लुम्बिनीले अब फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा […]

१ महिनामा ६ कम्पनीले पाए आइपीओ र एफपीओ बिक्रीको अनुमति, २ करोड ७९ लाख कित्ता सेयर निष्कासन हुँदै

काठमाडौं । नेपाल धितोपत्र बोर्डले पछिल्लो १ महिनामा ६ वटा कम्पनीलाई साधारण सेयर (एफपीओ सहित) बिक्री गर्न अनुमति दिएको छ । बोर्डले ५ कम्पनीलाई आइपीओ र एउटालाई एफपीओ बिक्री गर्न अनुमति दिएको हो । छोटो समयमा सेबोनले धेरै कम्पनीलाई आइपीओ बिक्रीको अनुमति दिएको देखिन्छ । नेपाल धितोपत्र बोर्डका कर्मचारीहरुको आन्दोलनका कारण  बोर्डको दैनिक कामकार्य प्रभावित भएको […]

‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’

काठमाडौं । अर्थ मन्त्रालयले ढुवानीका लागि बाटो प्रयोग भएको आधारमा कर उठाउनु कानुनविपरीत भएको स्पष्ट पारेको छ । संविधान, अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले प्रदेश र स्थानीय तहलाई प्रदेश–प्रदेश वा स्थानीय तह–स्थानीय तहबीच स्थानीय रूपमा उत्पादित वस्तुको ढुवानीमा कर लगाउने अधिकार नरहेको अर्थ मन्त्रालयले जनाएको हो । केही […]

नेपालले मौरिससलाई जानकारी गरायो दोहोरो कर मुक्ति सम्झौता खारेजीको निर्णय

काठमाडौं । नेपालले गणतन्त्र मौरिससलाई द्विपक्षीय दोहोरो कर मुक्ति सम्झौता (डिटीएए) भएको निर्णयको औपचारिक जानकारी पठाएको छ।आन्तरिक राजस्व विभागले सन् १९९९ अगस्ट ३ मा भएको उक्त सम्झौता खारेज गर्ने निर्णय भएको जानकारी मरिससलाई गराएको हो । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुई देशबीच सम्पन्न दोहोरो कर मुक्ति तथा वित्तिय छल विरोध सम्बन्धी सम्झौता अन्त्य गर्ने निर्णय गरेको […]

आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द

काठमाडौं । अमेरिकी विदेश विभागले आप्रवासन नियम र सीमा सुरक्षामा कडाई गरे पछि सन् २०२५ जनवरी देखि ८५ हजार भिसा रद्द गरेको घोषणा गरेको छ । सामाजिक सञ्जाल एक्स मार्फत विदेश विभागले कडा आप्रवासन निरीक्षणका लागि ट्रम्प प्रशासनको निरन्तर प्रतिबद्धतालाई जोड दिदै यस्तो घोषणा गरेका जनाएको छ । घोषणाको साथमा राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बिर “अमेरिकालाई […]