यस्तो छ आजका लागि विदेशी मुद्राको सटही दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ १२ पैसा र बिक्रीदर १६० रुपैयाँ ८२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ २० पैसा […]

चार प्रदेशमा भारीसहित देशैभर वर्षा हुने

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले […]

मौद्रिक नीतिपछिको पुँजी बजार : नेप्से परिसूचकमा २९ अंकको सुधार

काठमाडौं । आगामी आर्थिक वर्ष ०८२/८३ को मौद्रिक नीति सार्वजनिक भएपछिको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उल्लेख्य सुधार देखिएको छ । बैंक र लघुवित्त कम्पनीहरूको सेयरमा लगानीकर्ता चासो देखिएको छ । आज नेप्से परिसूचक २९ अंकले बढेर दुई हजार ७६०.८० विन्दुमा कायम भएको छ । आजको कारोबारमा ३११ कम्पनीको तीन करोड २५ […]

ठमेलमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना

काठमाडौं । संघीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना गरिएको छ। बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले काठमाडौं महानगरपालिका-२६ को सहयोग र ठमेल पर्यटन विकास परिषद्को सहकार्यमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना गरेको हो। उक्त केन्द्रको आज बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री बिमल ठकुरीले शुभारम्भ गरे। कार्यक्रममा मन्त्री ठकुरीले सूचना केन्द्रले ठमेल मात्र […]

महिला उद्यमी बन्नु परिवारलाई आर्थिक रूपमा सक्षम बनाउनु होः मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले महिला उद्यमी बन्नु एउटा व्यवसाय सञ्चालन गर्नु मात्रै नभई परिवारलाई नै आर्थिक रूपमा सक्षम बनाउनु रहेको बताएका छन् । अन्तरराष्ट्रिय महिला नेतृत्व सम्मेलनको आज यहाँ उद्घाटन समारोहलाई सम्बोधन गर्दैै मन्त्री भण्डारीले महिला नेतृत्व र उद्यमशीलता समृद्ध राष्ट्र निर्माणको आधार भएको बताए । उनले भने, “महिला उद्यमशीलताले एउटा […]

धनगढीमाईमा खानेपानीको हाहाकार

सिरहा। सिरहाको धनगढीमाई नगरपालिका–१३ भरनैनी बस्तीका करिब १५० घर परिवारले खानपानीको चरक सङ्कट भोगेको लामो समय भयो । तीन वटै तहका सरकारको उपस्थितिपछि पनि पानीको समस्याले दीर्घकालीन समाधानको बाटो पाउन सकेको छैन । वर्षौंदेखि जनप्रतिनिधिका चुनावी आश्वासनमा अल्झिएका बासिन्दा आजसम्म पनि एक जार पानीका लागि घण्टौँ लाइन बस्न बाध्य छन् । केही समयअघि नगरपालिकाले दुई […]

जनसाङ्ख्यिक चुनौती समाधान गर्न राष्ट्रिय नीति आवश्यकः मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले देशमा जनसङ्ख्या वृद्धिदर घट्दै गएको, युवा जन जनसङ्ख्याको लाभांश प्रयोग गर्न नसकिएको र विभिन्न जनसाङ्ख्यिकीय चुनौती देखिएका भन्दै राष्ट्रिय जनसङ्ख्या नीति–२०८२ मार्फत समाधानको बाटो सुरु गरिएको बताए । विश्व जनसङ्ख्या दिवस तथा राष्ट्रिय जनसङ्ख्या नीति सार्वजनिकीकरण कार्यक्रममा मन्त्री पौडेलले यो नीति केवल जनसङ्ख्याको सङ्ख्यासँग मात्र नभई जनताको चाहना, […]

राष्ट्रिय सभामा ज्येष्ठ नागरिकसम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत

काठमाडौं । राष्ट्रिय सभामा ‘ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन थप विशेष व्यवस्था गर्नुपर्ने’ भन्दै जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत गरिएको छ। राष्ट्रिय सभाको शुक्रबारको बैठकमा सदस्य सुमित्रा बिसी प्रस्तावक र उर्मिला अर्याल, कमला पन्त, भगवती न्यौपाने, मायाप्रसाद शर्मा, मदनकुमारी शाह (गरिमा), पदमबहादुर परियार र पूजा चौधरी समर्थक रहेको प्रस्ताव प्रस्तुत गरिएको हो। […]

सम्पत्ति शुद्धीकरण मामिलामा खैरो सूचीबाट बाहिर निस्कन अनुसन्धान र कारबाही प्रभावकारी बनाइने

काठमाडौं । राष्ट्र बैङ्कले नेपाललाई सम्पत्ति शुद्धीकरण मामिलामा वित्तीय कारबाही कार्यदल (फाइनान्सियल एक्सन टास्कफोर्स– एफएटिएफ) को खैरो सूचीबाट बाहिर निकाल्न शङ्कास्पद कारोबारको निगरानी, अनुसन्धान र कारबाहीलाई प्रभावकारी बनाउने नीति लिएको छ । आव सार्वजनिक भएको आगामी आर्थिक वर्ष २०८२÷८३ को मौद्रिक नीतिले नेपाललाई खैरो सूचीबाट चाँडो बाहिर निकाल्न कार्ययोजनाअनुसार अनुसन्धान, अभियोजन र कारबाहीलाई प्रभावकारी बनाउने […]

विदेश जानेले तीन हजार डलरसम्म साट्न पाउने, बंगलादेश र श्रीलंकाका मुद्रा पनि साट्ने व्यवस्था मिलाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष ०८२/८३ को मौद्रिक नीतिमार्फत विदेशी विनिमय व्यवस्थापनसम्बन्धी केही व्यवस्थामा परिमार्जन र नयाँ व्यवस्था गरेको छ । मौद्रिक नीतिमा भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई हाल प्रतिपटक अमेरिकी डलर दुई हजार पाँच सयसम्म सटही सुविधा उपलब्ध गराउने व्यवस्था रहेकामा यस्तो सटही सुविधा वृद्धि गरी अमेरिकी डलर तीन […]