एकल शेयर धितो कर्जा २५ करोड पुग्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको एकल शेयर धितो कर्जा २५ करोड पुराएको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा मार्फत् हाल १५ करोड रहेकोमा सो रकममा वृद्धि गर्दै २५ करोड रुपैयाँ पुराएको हो । आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गर्भनर डा। विश्व पौडेलले उक्त कुरा बताएका हुन् ।

चालुपुँजी कर्जा परिमार्जन गरिने

काठमाडौं ।नेपाल राष्ट्र बैंकले चालुपु्ँजी कर्जा परिमार्जन गर्ने भएको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गर्भनर डा. विश्व पौडेलले विभिन्न क्षेत्रलाई हेरेर चालुपुँजी कर्जा परिमार्जन गरिने बताए । कृषि, साना तथा घरेलु उद्योग,शिक्षा, स्वास्थ्य, मिडिया लगायतका विभिन्न उद्योगहरुलाई आवश्यकता अनुरुप कर्जा प्रवाह गरिनेतवरबाट चालुपुँजी कर्जा परिमार्जन गरिने उनले बताएका हुन् […]

गैरबैंकिङ सम्पत्ति र कालोसूचीमा पर्नेको संख्यामा वृद्धि : गर्भनर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरिरहेको छ । शुक्रबार नै सञ्चालक समिति (बोर्ड) बैठकले मौद्रिक नीति पारित गरिसकेको छ भने आगामी आर्थिक वर्ष २०८२/८३ को लागि मौद्रिक नीति अहिले राष्ट्र बैंकमार्फत् राष्ट्र बैंकका र्गभनर डा. विश्व पौडेलले हाल सार्वजनिक गरिरहेका छन् । सोहि क्रममा उनले गैरबैंकिङ सम्पत्ति र कालोसूचीमा […]

वैदेशिक रोजगार पलायन होइन: सचिव पुष्कर

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले वैदेशिक रोजगार पलायन नभएको बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पुष्करले वैदेशिक रोजगारलाई पलायन भन्ने भाष्य खडा गरिनु आपत्तिजनक रहेको बताएका हुन्। यो भाष्य ठुला बडाहरूले फैलाउने गरेको उहाँको भनाइ छ । ठुला बडाका सन्तानहरू विदेशमा अध्ययन गर्न जाने […]

‘देशमा सात लाख ६० हजार प्रमाणित किसान छन्’

कर्णाली । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा किसान सूचीकरणसम्बन्धी समन्वय गोष्ठी सम्पन्न भएको छ । नेपाल सरकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा बिहीबार आयोजित ‘प्रदेशस्तरमा किसान सूचीकरणसम्बन्धी समन्वय गोष्ठी’मा किसान सूचीकरण कार्यक्रमको वर्तमान अवस्था र आगामी कार्यदिशा, यसको प्रादेशिक र जिल्लागत तथ्याङ्क, यसको आवश्यकता, नीतिगत पक्ष, तीन तह र तीसँग […]

चितवनमा २५ हजारभन्दा बढी परिवार बाढी, पहिरो र डुुबानको जोखिममा

चितवन । यहाँका २५ हजार ७३३ घरपरिवार बाढी, पहिरोको जोखिममा रहेका छन् । जिल्ला विपत् व्यवस्थापन समितिका अनुसार जिल्लाका सात पालिकामा रहेका एक लाख २८ हजार ६६५ जनंख्या वर्षातका कारण प्रभावित बन्ने देखिएको छ । बाढीका कारण सबैभन्दा बढी राप्ती नगरपालिकामा १० हजार १०९ घरका ५० हजार ९५० जना प्रभावित बन्ने तथ्यांकले देखाएको छ । […]

सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छः प्रधानमन्त्री ओली

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकको समृद्धिका लागि केही गर्नुपर्ने बताएका छन् । महिला उद्यमी महासङ्घले शुक्रबार यहाँ आयोजना गरेको अन्तरराष्ट्रिय महिला नेतृत्व सम्मेलन, २०८२ को उद्घाटन गर्दै उनले समृद्धिका लागि सँगै काम गरेर सफलता हासिल गर्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले भने ,“हामीले उद्यमशीलताको विकासबाट समृद्धि हासिल […]

मौसमी सागसब्जी बेचेर मासिक २ लाख आर्जन

टीकापुर। कैलालीका जानकी गाउँपालिका–५ पहाडीपुरका नारायण जोशीको परिवारको मुख्य आम्दानीको स्रोत सागसब्जी खेती हो । २२ वर्षअघि उनका पिताले थालेको सागसब्जी खेतीलाई उनले व्यावसायिक रूपमा अघि बढाएका छन् । रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले किसानलाई खेतीमा हौसला मात्र होइन व्यावसायिक बन्न सघाएको छ । आयोजनाको सहयोग पाएका किसान खेतीमा प्रविधि र नयाँ […]

सिटिजन्स सदाबहार योजनाका इकाइ खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने सिटिजन्स सदाबहार योजनाका इकाइ खरिदका लागि आवेदन दिने आज शुक्रबार अन्तिम दिन रहेको छ। यस योजनाका गत असार १३ गतेबाट बिक्रीमा राखिएको थियो। यस योजनाका इकाइ निष्कासन बन्द छिटोमा असार १७ गते बैंकिङ समयपछि हुने भनिएको थियो। तर, पर्याप्त आवेदन नपरेकोले निष्कासन अवधि आज शुक्रबार,असार २७ गते बैंकिङ […]

नेको इन्स्योरेन्सको ११ लाख बढी कित्ता शेयर बिक्रीमा

काठमाडौं । नेको इन्स्योरेन्सको ११ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। कम्पनीको संस्थापक समूहको ११ लाख ९ हजार ७६९.११ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयर न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँमै बिक्रीमा राखिएको छ। हाललाई यो शेयर कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुका लागि बिक्री खुला गरिएको छ। विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र शेयर खरिदका लागि […]