साविक उपविजेता फ्रान्स नकआउट चरणमा प्रवेश

काठमाडौं । साविक उपविजेता फ्रान्स फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । फिलाडेल्फिया स्टेडियममा भएको खेलमा इराकलाई ३–० ले हराउँदै फ्रान्स नकआउट चरणमा प्रवेश गरेको हो । यो फ्रान्सको दोस्रो जित हो । यसअघि पहिलो खेलमा फ्रान्सले सेनेगललाई ३–१ ले पराजित गरेको थियो । खेलको १४औं मिनेटमा कप्तान किलियन एम्बाप्पेले गोल गर्दै […]

मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

म्याग्दी।  म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा पक्की सडक निर्माण भएको छ । रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि दग्नाम–दर्मीजा– चिमखोला–घ्यासीखर्क जोड्ने सडकको औरी, बुग्ल र दग्नाम खण्डमा ढलान गरेर पक्की बनाइएको हो । रघुगङ्गा गाउँपालिका–४ का वडाध्यक्ष पविन गर्बुजाले यसअघि कच्ची अवस्थामा रहेको ग्र्रेड र घुम्ती नमिलेको सडकलाई फराकिलो पार्ने, नाली र पर्खाल बनाएर ढलान गरिएको जानकारी दिए […]

अष्ट्रियालाई हराउँदै अर्जेन्टिना नकआउट चरणमा, मेसी बने सर्वाधिक गोलकर्ता

काठमाडौं । साबिक विजेता अर्जेन्टिना फिफा विश्वकप फुटबलको अन्तिम ३२ मा प्रवेश गरेको छ । समूह ‘जे’ अन्तर्गत डलासमा गए राति भएको खेलमा अष्ट्रियालाई २–० गोलले पराजित गर्दै अर्जेन्टिना नकआउट चरणमा पुगेको हो । यो खेलमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले दुई गोल गरे । योसँगै विश्वकप इतिहासमा उनले सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान पनि बनाएका […]

आजको मौसम : मनसुनी वायु फैलिने क्रम जारी, आज कहाँ–कहाँ हुनेछ वर्षा ?

काठमाडौं । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधरणतया बादल लागेको छ । कर्णाली र […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ १९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७९ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ६२ पैसा र बिक्रीदर १५१ रुपैयाँ २२ पैसा रहेको थियो । यस्तै, […]

इक्रा नेपालले घटायो केटीएम हस्पिटालिटीको रेटिङ

काठमाडौं । सर्वसाधारणका लागि आईपीओ निष्कासनको अनुमति पर्खिरहेको केटीएम हस्पिटालिटी लिमिटेडको रेटिङमा गिरावट अएको छ । नेपालको क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीको कुल १ अर्ब रुपैयाँ बराबरको बैंक कर्जा सीमाको रेटिङमा कटौती गर्दै ‘इस्युअर नट कोअपरेटिङ’  सूचीमा राखेको छ। पटक-पटकको ताकेता र अनुरोधका बाबजुद कम्पनी व्यवस्थापनले रेटिङ अनुगमनका लागि आवश्यक वित्तीय तथा भौतिक विवरण […]

विष्णु पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र षड्यन्त्रको पराकाष्ठा : केपी ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीलाई सरकारको ‘राजनीतिक प्रतिशोध र शृंखलाबद्ध षड्यन्त्र’ को संज्ञा दिएका छन्। उपाध्यक्ष पौडेल सोमबार सुर्खेतबाट पक्राउ परेपछि अध्यक्ष ओलीले एक विज्ञप्ति जारी गर्दै सरकारको यस कदमको कडा शब्दमा निन्दा गरेका छन्। अध्यक्ष ओलीले वर्तमान सरकार विपक्षी दलहरूविरुद्ध अराजनीतिक र अलोकतान्त्रिक व्यवहारमा उत्रिएको […]

सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने

काठमाडौं ।  सार्वजनिक सवारीसाधनको नयाँ दर्ता रोक्का गर्ने सरकारको निर्णयका कारण समस्यामा परेका यातायात व्यवसायीको मागलाई आंशिक रूपमा सम्बोधन गर्दै यातायात व्यवस्था विभागले जेठ ८ गतेसम्म एलसी खोलिएका तथा आयात प्रक्रिया अघि बढिसकेका सार्वजनिक सवारीसाधन दर्ता गर्न सकिने व्यवस्था गरेको छ। विभागले असार ८ गते जारी गरेको पत्रमा २०८३ जेठ ७ गतेको निर्णयअनुसार सार्वजनिक सवारीसाधनको […]

एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौं ।  निर्माण तथा पूर्वाधार क्षेत्रमा आवश्यक आधुनिक उपकरणको वित्तीय पहुँचलाई सहज बनाउने उद्देश्यले एम.ए.डब्लु. अर्थमुभर्स प्रा.लि. र ग्लोबल आइएमई बैंक लिमिटेडबीच समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ। समझदारी पत्रमा एम.ए.डब्लु. अर्थमुभर्सका तर्फबाट एफ एण्ड आर प्रमुख सञ्जय देव यादव र ग्लोबल आइएमई बैंकका तर्फबाट एसएमई तथा रिटेल बैंकिङ प्रमुख नरहरि सिलवालले हस्ताक्षर गरका  थिए। […]

दुई समस्याग्रस्त सहकारीका ८२ जना बचतकर्ताको रकम फिर्ता

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र आइडियल यमुना सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार लालीगुराँस सहकारीका थप ७० जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् भने आइडियल यमुना सहकारीका १२ जनाले बचत फिर्ता पाएका हुन्। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट […]