ब्लु ओरिजिनको प्रक्षेपणस्थल विस्फोटपछि नासाको चन्द्र अभियान प्रभावित हुने चिन्ता
काठमाडौं । अमेरिकी अन्तरिक्ष संस्था नासाले ब्लु ओरिजिनको विस्फोटबाट क्षतिग्रस्त प्रक्षेपणस्थल फेरि सञ्चालनमा आउन सन् २०२८ सम्म लाग्न सक्ने जनाएको छ । यसले कम्पनीका आगामी अन्तरिक्ष अभियानसँगै नासाको चन्द्रमा अन्वेषण कार्यक्रमको समय तालिकामा समेत असर पर्न सक्ने चिन्ता बढेको छ । न्यु ग्लेन ब्लु ओरिजिनको महत्त्वाकाङ्क्षी ठूलो क्षमताको रकेट परियोजना हो । यसलाई व्यावसायिक उपग्रह […]

