१० वाणिज्य बैंकको लोन पोर्टफोलियो रिभ्यु लेखापरीक्षक छनोटविरुद्धको रिट सर्वोच्चद्वारा खारेज

काठमाडौं । नेपालका १० ठूला वाणिज्य बैंकहरूको सम्पत्तिको गुणस्तर परीक्षण (लोन पोर्टफोलियो रिभ्यु) का लागि लेखापरीक्षक छनोट प्रक्रियाविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ। यससँगै नेपाल राष्ट्र बैंकलाई खरिद प्रक्रिया अगाडि बढाउन बाटो खुलेको छ। नेपाल सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गत ३९ करोड ५९ लाख अमेरिकी डलर बराबरको सम्झौता […]

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त

जनकपुर । धनुषाको विदेह नगरपालिका–२ वैदेही दुहबीमा सशस्त्र प्रहरी र तस्करीबीच भिडन्त भएको छ । बिहीबार साँझ ७ बजेतिर तस्करीको समान भित्र्याएर आँप बगैँचामा राखेको भन्ने सूचनाका आधारमा ३० जनाको सशस्त्र प्रहरीको टोली त्यहाँ पुगेको थियो । सशस्त्र प्रहरी पुगेलगत्तै तस्करहरुको समूहले घरेलु हतियार, भाटा र ढुङ्गामुढासहित प्रहरीमाथि आक्रमण गरेको धनुषाका सशस्त्र प्रहरी उपरीक्षक ९एसपी० […]

स्वास्थ्य बीमाः देशभर जुनसुकै स्वीकृत सेवा विन्दुबाट प्रथम सेवा लिन सक्ने व्यवस्था सुरु हुँदै

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमित नागरिकहरूलाई थप सहज र सरल बनाउने गरी प्रथम सेवा विन्दु सम्बन्धी नयाँ व्यवस्था ल्याएको छ। यो व्यवस्था २०८२ साउन १ गतेदेखि लागू हुने बोर्डले जनाएको छ। अहिलेसम्मको व्यवस्थाअनुसार बीमितले बीमा गराउँदा नै छनोट गरेको एउटा मात्र प्रथम सेवा विन्दुबाट सेवा लिनुपर्ने बाध्यता थियो। यसले बीमित नागरिकहरूलाई देशका विभिन्न स्थानमा […]

एस्टन मार्टिन अराम्को र रियलमीको साझेदारीमा पहिलो सह-ब्रान्डेड फोन सार्वजनिक

काठमाडौं । विश्वप्रसिद्ध फर्मुला वान टिम एस्टन मार्टिन अराम्कोले रियलमीसँग दीर्घकालीन लाइसेन्स सम्झौता गरेको छ । सो सहकार्य अन्तर्गत पहिलो पटक दुई ब्रान्डको संयुक्त पहिचान बोकेको मोबाइल फोन रियलमी जीटी ७– ड्रीम एडिसन २७ मे मा सार्वजनिक भएको छ। रियलमीको फ्ल्यागशिप सिरिज अन्तर्गत पर्ने यो नयाँ फोनमा अत्याधुनिक प्रविधि र आकर्षक डिजाइन रहेको छ, जसमा एस्टन मार्टिन […]

मलेसियन लगानीकर्तालाई अर्थमन्त्री पौडेलले भने, ‘नेपालमा लगानीका लागि उपयुक्त वातावरण छ’

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको भौतिक पूर्वधार र पर्यटन क्षेत्रमा थप लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह गरेका छन् । नेपाल भ्रमणमा रहेको मलेसिया(नेपाल व्यापार परिषद्को प्रतिनिधिमण्डलमा सहभागी लगानीकर्तालाई नेपालको पूर्वधार विकास र पर्यटनमा राम्रो सम्भावना रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले थप लगानी गर्न अनुरोध गरेका हुन् । ‘निजी क्षेत्रबाट लगानीका लागि नेपालमा […]

नाडा अटो शो २०२५ को स्टल एलोकेसन, ७५ कम्पनीको सहभागिता रहने

काठमाडौं । नाडा अटो शो २०२५ का लागि आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले स्टल एलोकेसनसम्पन्न भएको छ । नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी आगामी भदौ ३ देखि ८ गते (अगस्ट १९–२४, २०२५) सम्म भृकुटी मण्डप, काठमाडौंमा आयोजना हुँदैछ । वि.सं. २०५५ मा सुरु भएको नाडा अटो शो नेपाली अटो उद्योगको प्रमूख प्रदर्शनी रुपमा रहेको छ […]

समयमै काम नसक्ने ११ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयअन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले जिम्मा लिएको काम समयमै काम नसक्ने ११ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी गरेको छ । निर्माण व्यवसायी आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राख्न नपर्ने आभार प्रमाण भए सूचना प्राप्त भएको २० दिनभित्र कार्यालयमा सिमित स्पष्टीकरण पेश गर्न सूचना पठाइएकोमा तिनले हालसम्म स्पष्टीकरण पेस नगरेका हुन् । स्पष्टीकरण पेस […]

कालिमाटीमा आजका लागि यस्तो छ तरकारी, फलफूल र माछाको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार  गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २६, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४३, आलु रातो प्रतिकिलो रु ४६, आलु रातो (भारतीय) प्रतिकिलो रु ४०, आलु रातो (मुडे) प्रतिकिलो रु […]

प्रभु महालक्ष्मी लाइफको डेढ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले करिब डेढ लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । विभिन्न तीन जना संस्थापक शेयरधनीले शेयर बिक्रीका लागि दिएको आवेदनअनुसार कम्पनीले १ लाख ४८ हजार ६०० कित्ता संस्थापक शेयर बिक्रीका लागि सूचना जारी गरेको हो । संस्थापक शेयर बिक्रीका लागि संस्थापक शेयरधनीलाई प्राथमिकता दिनुपर्ने व्यवस्था छ ।  कम्पनीले हाललाई […]

नेपाल इन्स्योरेन्सको हकप्रदमा साउन ६ देखि आवेदन दिन सकिने

काठमाडौं । नेपाल इन्स्योरेन्स लिमिटेडले आगामी साउन ६ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री वितरण गर्ने भएको छ । कम्पनीले गत जेठ ७ गते नेपाल धितोपत्र बोर्डबाट हकप्रद बिक्रीका लागि अनुमति पाएको थियो । कम्पनीले आफ्नो चुक्ता पुँजी १ अर्ब ८९ करोड रुपैयाँको १०:५:४७८ को अनुपातमा विद्यमान १० कित्ता शेयर बराबर नयाँ ५.४८ कित्ता शेयर […]