सन नेपाल लाइफको सेयर मूल्य संयोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले सन नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य संयोजन गरेको छ । बिहीबार नेप्सेल २३.८ प्रतिशते बोनस पश्चयात सेयर मूल्य संयोजन गरेको हो । संयोजन पश्चयात सेयर मूल्य ४ सय ७० रुपैयाँ ९२ पैसा भएको छ । नेप्सेले अघिल्लो कारोबारको दिन ५ सय ८३ रुपैयाँको आधारमा सेयर मूल्य संयोजन गरेको हो । […]

अर्थतन्त्र लयमा ल्याउन निजी क्षेत्र र संचारमाध्यमले हातेमालो गर्नुपर्छ : निजी क्षेत्र

काठमाडौं । पछिल्लो समय नेपाली अर्थतन्त्रमा देखिएको अप्ठ्यारो अवस्थाको समाधानका लागि निजी क्षेत्र र संचारमाध्यमले हातेमालो गर्नुपर्ने कुरा सरोकारवालाहरुले राखेका छन् । बुधबार इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको नेपाल चेम्बर अफ कमर्शका नयाँ पदाधिकारीलाई सम्मान ककार्यक्रममा निजी क्षेत्रका प्रतिनिधि र संचारमाध्यम संचालकहरुले यस्तो बताएका हुन् । इम्सनले आयोजना गरेको कार्यक्रममा बोल्दै नेपाल चेम्बर […]

सुनको मुल्य घट्यो चाँदीको बढ्यो

काठमाडौं । बिहीबारका लागि सुनको मुल्य घटेको छ । बुधबार स्थिर रहेको सुनको मूल्य बिहीबारको लागि प्रतितोला ८ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । बिहीबार छापावाला सुन प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ३४ हजार ९ सय ५० रुपैयाँ तोकिएको छ । महासंघका […]

नेपाल लाइफ इन्स्योरेन्सद्गारा मटिहानीका आगलागी पिडितलाई सहयोग प्रदान

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ६ मा आगलागीले  घरविहीन भएका पीडित १५० परिवारहरूलाई राहत सामग्री उपलब्ध  गराएको छ ।   राहत बितरण कार्यक्रममा मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल,  वडा अध्यक्ष कलिम राईन, नेपाल लाइफ कम्पनीका   कर्मचारीह तथा स्थानीय नागरिक सहभागी थिए । कार्यक्रममा मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले कम्पनीले गरेको सहयोगका […]

ग्लोबल आइएमई बैंकका १६९ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्ना १६९ वटा शाखा मार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको बैङ्कले जनाएको छ । आयोजित कार्यक्रममा २० हजार भन्दा बढी कृषक, लघु, साना तथा मझौला उद्यमीहरु, मजदुर, वैदेशिक रोजगारमा जाने […]

राज्य नियन्त्रणकारी मात्रै बन्नु हुदैन, निजी क्षेत्रले नाफा मात्रको सोच त्याग्नु पर्छ- रामराजा श्रेष्ठ

काठमाडौं । इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)का अध्यक्ष रामराजा श्रेष्ठले सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्नुपर्ने बताएका छन् । बुधबार काठमाडौंको ले हिमालय होटलमा आयोजना गरिएको नेपाल चेम्बर अफ कमर्शको नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत कार्यक्रममा यस्तो बताएका हुन् । सम्मान कार्यक्रममा बोल्दै उनले चेम्बर (निजी क्षेत्र) र इकोनोमिक मिडिया सोसाइटी(इम्सन) एक अर्काका परिपुरक भएको बताए । ‘तपाईहरुका […]

निजी क्षेत्र ‘डिप्रेशन’मा जाँदासम्म पनि सरकारले सुनेन : कमलेश कुमार अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालले निजी क्षेत्र डिप्रेशनमा जाँदासम्म पनि सरकारले यसका बारेमा नसोचेको बताएका छन् । बुधबार इकोनोमिक सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको चेम्बर पदाधिकारीलाई सम्मान कार्यक्रममा उनले अर्थतन्त्रका देखिएको नाजुक अवस्थाबारे सरकारले नसोचेको बताएका हुन् । तथ्यांक विभागले चालु आवका लागि सार्वजनिक गरेको तथ्यांकले नै उत्पादनमुलक, निर्माण, घरजग्गा […]

इम्सनले निजी क्षेत्रको प्रवद्र्धन र सरकारी नीतिलाई झक्झक्याउने काम गर्नुपर्छ :राजेन्द्र मल्ल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले निजी क्षेत्रको प्रवद्र्धन र सरकारी नीतिलाई झकझक्याउने काम गर्नुपर्ने बताएका छन् । इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको चेम्बर पदाधिकारीलाई सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन् । कार्यक्रममा उनले इम्सन र निजी क्षेत्रबीचको सम्बन्ध रथका दुई पाँग्राबीचको सम्बन्धझै हुनुपर्ने बताउँदै उनले पछिल्लो समय अर्थतन्त्र, […]

नारायणगढ–मुग्लिन सडक खण्डका चार पुल तीव्र गतिमा बन्दै

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डका निर्माणाधीन सबै पुल आगामी कात्तिकसम्ममा सञ्चालन गर्नेगरी तीव्र गतिमा काम भइरहेको छ । यो खण्डका १५ पुलमध्ये ११ वटा सञ्चालनमा छन् भने चार वटा निर्माणाधीन छन् । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का इन्जिनियर कृष्ण आचार्यका अनुसार मुग्लिन बजार नजिकैको खहरे, नाम्चे, कालीखोला र तुइन खोला पुलबाहेक अन्य पुल सञ्चालनमा […]

लखनउमाथि हैदराबादको शानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादले लखनउ सुपर जाइन्ट्सलाई हराएको छ । हैदराबादले लखनउलाई १० विकेटले हराएको हो । लखनउले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको हैदराबादले ९ ओभर ४ बलमा कुनै विकेट पनि नगुमाई पुरा गरेको हो। हैदराबादका ट्राभिस हेडले अविजित ८९ रन बनाए । अभिषेक शर्माले पनि अविजित रहदै […]