अर्थमन्त्री वाग्लेले संसदलाई जानकारी गराए मनी लाउण्डरिङ्गसम्वन्धी अध्यादेश

काठमाडौं ।  अर्थमन्त्री डा.स्वर्णिम वाग्लले संसद नभएको कारण अध्यादेश जारी गरेको विषय संसदमा जानकारी गराएका छन् । उनले प्रतिनिधि र राष्ट्रिय सभा दुवै बैठक नभएको हुँदा अर्थ सम्वन्धि विद्येयकहरु राष्ट्रपतिमार्फत् जारी गरेको संसदलाई जानकारी गराएका छन् । उनले सोमबारको प्रतिनिधि सभा बैठकमा अध्यादेशको बारेमा सभामुख र संसदलाई जानकारी गराएका हुन् । उनले  सम्पत्ति शुद्धीकरण (मनी […]

जगदिश खरेलले भने – स्मार्ट टेलिकमको २० अर्ब ठगी प्रकरण समाचार निरर्थक हो, पुष्टि भए राजनीतिक जीवनबाट विदा लिने 

काठमाडौं । पूर्वसञ्चारमन्त्री जगदिश खरेलले स्मार्ट टेलिकम प्रकरणमा लगाइएका आरोप पुष्टि गर्न चुनौती दिएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्ने क्रममा सांसद खरेलले सो कम्पनीसँग एउटा मिटिङ पनि नबसेको दाबी गरे । संसद बैठकमा आकस्मिक समय र बोल्दै खरेलले आजै मात्र आफू स्वीट्जरल्यान्डबाट काठमाडौं फर्किएको जानकारी दिए । आफू सभामुख र रास्वपा […]

प्रतिनिधिसभा बैठकको सुरुमा विपक्षी दलका सांसद् उठेर विरोध, सभामुखको आग्रहपछि अघि बढ्यो बैठक

काठमाडौं । प्रतिपक्षी दलहरूको अवरोधकाबीच प्रतिनिधिसभा बैठक अघि बढेको छ । केहीबेरबाट सुरु भएको प्रतिनिसभा बैठकको सुरुमै विपक्षी दलहरूले उठेर अवरोध गरेका थिए । बैठक सुरु हुनासाथ उनीहरूले अवरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले अवरोध हटाउन आग्रह गरेका थिए । उनले आकस्मिक समय निर्धारण भइसकेको भन्दै अवरोध नगर्न भनेका थिए । सभामुखको आग्रहपछि बैठक सञ्चालन भएको […]

अर्थमन्त्रीले बुझे आगामी आर्थिक वर्ष बजेटको पूर्ण बजेटकालीन समीक्षा प्रतिवेदन

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लले आर्थिक वर्ष २०८३र८४ को  पूर्ण बजेटकालीन समीक्षा प्रतिवेदन बुझेका छन् । सोमबार अर्थमन्त्री डा. वाग्ले समक्ष नेपाल राष्ट्र बैकका गभर्नर डा.विश्व पौडेलले सो प्रतिवेदन पेश गरेका हुन् । नेपाल राष्ट्र बैंक ऐन अनुसार गर्भनरले बजेट प्रतिवेदन अर्थमन्त्री समक्ष बुझाउनुपर्ने प्रावधान रहेको छ । र्गभरन पौडेलका अनुसार  नेपाल राष्ट्र बैंक […]

बजेट अधिवेशनको पहिलो बैठकमा विपक्षी दल प्रतिवादको तयारीमा

काठमाडौं । सोमबार बस्न लागेको बजेट अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकमै विपक्षी दलहरूले सरकारमाथि प्रतिवादको तयारी गरेका छन् । वर्षे अधिवेशन अन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठक दिउँसो २ बजे बस्ने कार्यतालिका आएसँगै विपक्षी दलहरू सरकारको प्रतिरोधमा उत्रिने तयारीमा जुटेका हुन् । यस बैठकमा संसद बैठक आह्वान, संवैधानिक परिषद्लगायत सरकारद्वारा जारी अध्यादेश र सुकुमबासीको व्यवस्थापनका नाममा गरिएको ज्यादतीलाई […]

कामना सेवा विकास बैंकको दृष्टीविहीनका लागि समावेशी बैंकिङ पहल कार्यक्रम

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले समावेशी बैंकिङलाई प्रवद्र्धन गदैं दृष्टीविहीन व्यक्तिहरुलाई बैंकिङ पहुँचसँग जोड्ने उद्धेश्यका साथ वित्तीय साक्षरता तथा हस्ताक्षर तालिम कार्यक्रम सम्पन्न गरेको छ । सर्वोदय परियोजनासँगको सहकार्यमा आयोजित उक्त कार्यक्रममा दृष्टीविहीन व्यक्तिहरुलाई वित्तीय साक्षरताको उद्धेश्यले दुईदिने कार्यशाला गोष्ठी आयोजना गरी जानकारी प्रदान गरिएको थियो । कार्यक्रममा बैंकका ब्रान्डिङ तथा सि.एस.आर प्रमुख […]

नबिल इन्भेष्टमेन्ट र रोयल टुलिपबीच ‘रोड टु आईपीओ’ सम्बन्धी सम्झौता

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड र ललितपुरको ग्वार्कोस्थित द म्यासिफ होटल प्राइभेट लिमिटेड (रोयल टुलिप काठमाडौं) बीच संस्थागत परामर्श सेवा अन्तर्गत कम्पनीलाई सार्वजनिक निष्काशन (आईपीओ) मा लैजाने सम्बन्धी ‘रोड टु आईपीओ’ सम्झौता भएको छ । सम्झौता अनुसार, नबिल इन्भेष्टमेन्टले द म्यासिफ होटललाई प्राइभेट लिमिटेड कम्पनीबाट पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण गर्ने, सार्वजनिक निष्काशनका लागि आवश्यक […]

अब गैँडा गणना अर्को वर्ष हुने

चितवन । बजेटको अभावमा गत वर्ष रोकिएको दुर्लभ एकसिङ्गे गैँडाको गणना यस वर्ष पनि नहुने भएको छ । हरेक चार वर्षमा हुँदै आएको गैँडाको गणना यस वर्ष बाघको गणना परेकाले गर्न नसकिएको हो । गैँडा गणना आनुवंशिक ‘जेनेटिक’ विधिबाट गरिन्छ । बर्खा लागेसँगै कार्यक्षेत्रमा खटिएर गणना गर्न नसकिने भएकाले अर्को वर्षमात्रै गरिनेछ । गणनाको काम […]

ल्यान्डिङ गियरमा देखिएको धुवाँ हाइड्रोलिक पाइपमा आएको प्राविधिक खराबीका कारण हो : टर्किस एयरलाइन्स

काठमाडौं । इस्तानबुलबाट काठमाडौँ आएको टर्किस एयरलाइन्सको विमानको अवतरण गियर (ल्यान्डिङ गियर) मा देखिएको धुवाँ ‘हाइड्रोलिक पाइप’ मा आएको प्राविधिक खराबीका कारण भएको पाइएको छ। टर्किस एयरलाइन्सका सञ्चार प्रमुख याहया उस्तुनले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी गराएका हुन् । उनकाअनुसार, इस्तानबुल–काठमाडौँ उडान भरेको टीके– ७२६ नम्बरको जहाज सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान्य रूपमा अवतरण भएको […]

एसइई नतिजा मङ्गलबार सार्वजनिक गर्ने तयारी, नतिजा हेर्ने वेबसाइटसहितको सूची सार्वजनिक

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । सरकारले यही वैशाख २९ गतेभित्र नतिजा सार्वजनिक गर्न अन्तिम ‘समयसीमा’ दिएपछि बोर्डले तीव्र गतिमा आवश्यक काम गरिरहेको हो । कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले भने  , “सरकारले वैशाख २९ गतेभित्र एसइईको नतिजा सार्वजनिक गर्न […]