जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य शैलीमा मनाउँदै ह्वाइट हाउस परिसरमै भव्य युएफसी प्रतियोगिता आयोजना गरेका छन् । अमेरिकी स्वतन्त्रताको २५०औँ वार्षिकोत्सवसँग जोडिएको यो कार्यक्रमले खेल, राजनीति र राष्ट्रिय उत्सवलाई एकै मञ्चमा ल्याएको छ भने यसको स्वरूपलाई लिएर विवाद पनि चर्किएको छ । ‘युएफसी फ्रिडम २५०’ नाम दिइएको यस विशेष कार्यक्रममा १४ […]

जी–७ र नयाँ विश्व व्यवस्था

काठमाडौं ।  क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले विश्व शक्ति सन्तुलन द्रुत रूपमा परिवर्तन भइरहेका बेला आगामी जी–७ शिखर सम्मेलनले नयाँ विश्व व्यवस्थाको आधार निर्माण गर्न सक्ने बताएका छन् । उनका अनुसार परम्परागत शक्तिकेन्द्रहरू मात्र नभई, उदीयमान राष्ट्रहरूको बढ्दो सहभागिताले विश्व शासनको नयाँ ढाँचा निर्माण गर्ने अवसर सिर्जना गरिरहेको छ । जुन १५ देखि १७ सम्म फ्रान्सको […]

विश्वकप फुटबल: टर्कीलाई हराउँदै अस्ट्रेलियाको सुखद सुरुवात

काठमाडौं । अस्ट्रेलियाले फिफा विश्वकप–२०२६ मा विजयी सुरुवात गरेको छ । क्यानडाको बिसी प्लेयस भ्यानकुभर स्टेडियममा आइतबार बिहान भएको खेलमा टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाले विजयी सुरुवात गरेको हो । अस्ट्रेलियाको जितमा नेस्टोरी इरानकुन्डा र कोनर मेटाकाल्फले एकएक गोल गरे । खेलको २७औं मिनेटमा नेस्टोरीले गोल गर्दै अस्ट्रेलियालाई पहिलो अग्रता दिलाएका थिए । ७५औं मिनेटमा […]

परराष्ट्रमन्त्री खनाल बेइजिङमा

काठमाडौं ।परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणका लागि बेइजिङ पुगेका छन् । उनी गएराति त्यसतर्फ प्रस्थान गरेका थिए । बेइजिङस्थित नेपाली दूतावासका अनुसार उनी स्थानीय समय अनुसार आज अपराह्न त्यहाँ पुगेका हुन्। बेइजिङस्थित विमानस्थलमा उनलाई चीनका लागि नेपालका कार्यवाहक राजदूत रोशन खनाल तथा चीनको विदेश मन्त्रालयका अधिकारीहरुले स्वागत गरेका […]

असारमा पनि बैंकहरुले घटाए ब्याजदर, कुनको कति ?

काठमाडौं । वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपमा दिने अधिकतम ब्याजदर असारमा घटाएका छन् । जेठको तुलनामा ब्याजदर औसत ०.०८ प्रतिशतले कटौती गरेका छन् । असार महिनामा व्यक्तिगत मुद्दति खातामा सबैभन्दा धेरै ब्याजदर एनएमबि र राष्ट्रि वाणिज्य बैंक ले प्रदान गर्ने भएका छन् । बैंकहरुले  असारमा ब्याजदर ४.७५ प्रतिशत कायम गरेको छ । जेठमा  एनएमबि बैंकको […]

आज विश्व रक्तदाता दिवस मनाइँदै, सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

काठमाडौं । आज विश्व रक्तदाता दिवस मनाइँदै छ । ‘मानवताका लागि एक थोपा रगत, रक्तदान गरौँ, जीवन बचाऔँ’ नाराका साथ विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ यो दिवस मनाइँदै छ । सुरक्षित रगत तथा रगतजन्य पदार्थको आवश्यकताबारे चेतना अभिवृद्धि गर्नुका साथै निःशुल्क तथा स्वेच्छिक रूपमा रक्तदान गर्ने रक्तदाताप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले हरेक वर्ष जुन […]

ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन

काठमाडौं ।बितेका २४ घण्टामा दुई हजार ४०८ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु चार लाख ५८ हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १४०, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका ११६, सङ्केत बत्ती उल्लङ्घनकर्ता १३८ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २८४ जनालाई कारबाही गरिएको […]

सुनचाँदीको भाउ बढ्यो, प्रतितोला कति?

काठमाडौं ।आइतबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।  शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य प्रतितोला १२ सय रुपैंयाले बढेको छ । आइतबार सुन प्रतितोला २ लाख ९३ हजार दुई सय रुपैंयामा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला २ लाख ९२ हजार रुपैंयामा कारोबार भएको  थियो। यस दिन चाँदीको भाउ पानि ५५ रुपैंयाले बढेको छ । […]

सिद्धार्थ बैंक इन्फोसिस फिन्याकल इनोभेसन अवार्ड्स २०२६ मा सम्मानित

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित इन्फोसिस फिन्याकल इनोभेसन अवार्ड्स २०२६ अन्तर्गत “म्याक्सिमाइजिङ कस्टमर इन्गेजमेन्ट–डिजिटल फर्स्ट बैंकिङ” विधामा ‘न्यमि अवार्ड’ बाट सम्मानित भएको छ। विश्वभरका बैंक तथा वित्तीय संस्थाले प्रविधि, नवप्रवर्तन तथा ग्राहक अनुभव अभिवृद्धिका क्षेत्रमा गरेका उत्कृष्ट अभ्यासको मूल्याङ्कन गरी प्रदान गरिने उक्त अवार्डले सिद्धार्थ बैंकको डिजिटल बैंकिङ क्षेत्रमा रहेको प्रतिबद्धता तथा […]

राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा

काठमाडौं ।नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नु अहिलेको आवश्यकता रहेको बताएका छन् । काठमाडौँ महानगरपालिका वडा नं ८ ले सामाजिक सेवामा योगदान दिने व्यक्तित्वहरुलाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा सभापति थापाले सम्मानित व्यक्तित्वहरुले पेसा र क्षेत्रको विकासका लागि मात्र नभई लोकतन्त्रको जगलाई बलियो बनाउन पनि योगदान पुग्ने बताए। उनले भने, […]