२३ दिनमै देशभरिका ८ अत्यन्तै कठिन अफ-रोड ट्रेल पार गर्ने विश्वकै पहिलो पिकअप

काठमाडौं । नेपालका अग्ला र दुर्गम ठाउँहरूमा पुग्न सक्षम बनाइएको टुनल्यान्ड G7 केवल एउटा पिकअप मात्र नभई अत्यन्त सक्षम अफ-रोडर पनि हो। यसले २३ दिनको अवधिमा नेपालका सबैभन्दा अग्ला र चुनौतीपूर्ण ८ स्थानहरूको यात्रा सफलतापुर्वक सम्पन्न गरी यस्तो साहसिक अभियान पूरा गर्ने  विश्वकै पहिलो पिकअप बन्न सफल  भएको छ। यो केवल परीक्षण मात्र नभई कठिन भौगोलिक […]

राष्ट्र बैंकको दुई विभाग र एक महाशाखा केन्द्रीय कार्यालय सारियो

काठमाडौं । नेपाल राष्ट्र बैंकको दुई विभाग र एक महाशाखा बालुवाटार स्थिति  केन्द्रीय कार्यालयमा सरेको छ । बैंक सुपरिवेक्षण विभाग, संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभाग र सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा बालुवाटरस्थिति केन्द्रीय कार्यालय सरेको हो । यसअघि यी विभाग र महाशाखा दरबारमार्ग स्थिति राष्ट्रिय बाणिज्य बैंकको भवनबाट सञ्चालन हुदै आएको थियो । केन्द्रीय […]

ग्लोबल आइएमई बैंकद्वारा राष्ट्रिय धान दिवसको अवसरमा “धान खेती कर्जा” सार्वजनिक तथा धान रोपाई कार्यक्रम आयोजना

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय धान दिवसको अवसरमा धान खेती कर्जा सार्वजनिक गरेको छ । नेपाल सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेट बक्तव्यमा मुलुकलाई आगामी २ वर्षमा धानमा आत्मनिर्भर बनाउन लिएको रणनीतिलाई सहयोग पुर्‍याउने उद्देश्यले बैंकले धान खेती कर्जा सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत कृषकले धानको बिऊ, रसायनिक तथा जैबिक मल, कृषी […]

अमेरिकी सिनेटमा ट्रम्पको विवादास्पद खर्च विधेयकमाथि बहस सुरु

काठमाडौं । अमेरिकी सिनेटरहरूले शनिबार डोनाल्ड ट्रम्पको ‘ठूलो सुन्दर’ खर्च विधेयकमाथि बहस सुरु गरेका छन् । यो एउटा अत्यधिक विभाजनकारी प्रस्ताव हो जसले अमेरिकी राष्ट्रपतिको घरेलु एजेन्डाका प्रमुख भागहरू प्रदान गर्नेछ तर सामाजिक कल्याण कार्यक्रमहरूमा ठूलो कटौती गर्नेछ । ट्रम्पले आफ्नो विरासतलाई ‘वन बिग ब्युटिफुल बिल’ का साथ प्रमाणीकरण गर्ने आशा गरिरहनभएको छ, जसले उनको पहिलो […]

एएफसी महिला एसियन कप छनोटः पहिलो खेलमा नेपाल लाओससँग खेल्दै

काठमाडौं । एएफसी महिला एसियन कप छनोट अन्तर्गत पहिलो खेलमा नेपालले आज लाओससँग प्रतिस्पर्धा गर्दैछ । नव नियुक्त प्रशिक्षक प्याट्रिक डि वाइल्डले लाओस विरुद्धको खेलमा नेपालले नियमित कप्तान तथा गोल किपर एन्जिला तुम्बाप्पो सुब्बालाई बेन्चमा राखेका छन् । कप्तानको जिम्मेवारी सावित्रा भण्डारीलाई दिएका छन्। लाओस विरुद्ध नेपाली नेपालको सुरुवाती ११ मा अन्जना राना मगर, निशा थोकर, […]

नेपालमा लगानी गर्न उर्जामन्त्री खड्काको आग्रहः “सुरक्षाको जिम्मा सरकारले लिन्छ”

बेइजिङ । नेपाली समुदायलाई स्वदेशमा उर्जा लगायतका क्षेत्रमा लगानी गर्न उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्काले आग्रह गरेका छन् । हाल चीन भ्रमणमा रहेका मन्त्री खड्काले बेइजिङमा आयोजित ट्रेड फेस्टको अवलोकनका क्रममा सम्बोधन गर्दै लगानीको सुरक्षाको जिम्मा सरकारले लिने बताएका हुन् । नेपाल जलस्रोतको अपार सम्भावना बोकेको मुलुक भएकाले उर्जा क्षेत्रमार्फत आर्थिक समृद्धि हासिल […]

बागमती अटो–जिमखाना च्याम्पियनसिप तथा टिडिएस मोटर र्याली सम्पन्न

काठमाडौं । बागमती अटोमोबाइल्स एसोसिएसनको संयोजन र मोटोभर्स स्पोट्र्स क्लब तथा जियोन ओभरल्याण्डको आयोजनमा बागमती अटो–जिमखाना च्याम्पियनसिप तथा टिडिएस मोटर र्याली हिजो असार १४ गत शनिवार साँझ बनेपास्थित चण्डेस्वरी ड्राइभिङ स्कुलमा सम्पन्न भएको छ । आशिष भारती र वर्षा बस्नेतले बागमती अटो–जिमखाना च्याम्पियनसिपको उपाधि जितेका छन् । पुरुषतर्फ राजकुमार कार्की दोस्रो तथा विप्लक श्रेष्ठ तेस्रो […]

सुन–हिरामा लगाइएको कर अव्यवहारिकः चेम्बरले अर्थमन्त्रीलाई गरायो ध्यानाकर्षण

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत विलासिता र भ्याटमा लगाइएको करमा पुनरावलोकन गर्न नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री विष्णु प्रसाद पौडेलको ध्यानाकर्षण गराएको छ । सुनमा प्रस्ताव गरिएको २ प्रतिशत विलासिता कर र हिरा लगायत बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) अव्यवहारिक र उपभोक्तामा समेत गम्भिर असर गर्ने भएकाले पुनरावलोकन गर्न […]

निजामती विधेयक प्रतिनिधि सभाबाट पारित

काठमाडौं । संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ । प्रतिनिधि सभाको आइतबारको विधेयक बैठकले पारित गरेको हो । विधेयकमा उठेका प्रश्नहरूमाथि जवाफ दिने क्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले नेपालको संविधान २०७२ अनुसार विधेयक आएको बताए । यो विधेयक ऐनमा रुपान्तरित भएसँगै प्रशासनिक संघीयता कार्यान्वयन गर्न सहज हुने मन्त्री गुप्ताले बताए […]

११ महिनामा जीवन बीमा कम्पनीको आम्दानी साढे एक खर्ब

काठमाडौं । सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो ११ महिनामा साढे एक खर्ब रुपैयाँभन्दा बढीको बीमाशुल्क संकलन गरेका छन् । चालु आवको साउनदेखि जेठमसान्तसम्म जीवन बीमा कम्पनीहरुले १ खर्ब ५४ अर्ब ५ करोड ९२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको नेपाल बीमा प्राधिकरणको तथ्यांकमा देखिन्छ । यस अवधिमा जीवन बीमा कम्पनीहरुको सक्रिया […]