नेप्सेमा सुपरमाई हाईड्रोपावर लिमिटेडको सेयर सुचिकृत

काठमाडौं ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सुपरमाई हाईड्रोपावर लिमिटेडको २० प्रतिशत बोनस सेयर सुचिकृत भएको छ । कम्पनीको १० लाख ७० हजार कित्ता बोनस सेयर सुचिकृत भएको छ । उक्त सेयर डिम्यात खातामा जम्मा भएपछि कारोबार गर्न सकिने छ ।    

धान उत्पादनका लागि क्षेत्रफल विस्तार गरिनुपर्छ : मन्त्री चौधरी

काठमाडौं ।कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनको चुनौती सामना गर्दै धान उत्पादनमा आत्मनिर्भरता हासिल गर्न आधुनिक प्रविधि, अनुसन्धान र सबै सरोकारवालाबिचको सहकार्य अपरिहार्य रहेको बताएकी छिन्। मन्त्री चौधरीले २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा शुभकामना सन्देश जारी गर्दै धान नेपालीको धर्म, संस्कृति र परम्परासँग जोडिएको महत्वपूर्ण बाली भएको बताइन्। उनले […]

नेप्सेमा एनएमबी बैंक लिमिटेडको बोनस सेयर सुचिकृत

काठमाडौं ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एनएमबी बैंक लिमिटेडको ५ प्रतिशत बोनस सेयर सुचिकृत भएको छ ।कम्पनीको ९१ लाख ८३ हजार ३५२.९८ कित्ता बोनस सेयर सुचिकृत भएको छ । उक्त सेयर डिम्यात खातामा जम्मा भए पछि कारोबार गर्न सकिनेछ ।

भोटेकोसी हेली रिसोर्ट एन्ड स्पाको धितो सम्पत्ति तेस्रोपटक लिलामीमा

काठमाडौं । सरकारी स्वामित्वको नेपाल बैंकले ऋण असुलीका लागि सिन्धुपाल्चोकस्थित राखेको छ। पटक–पटक कर्जा नियमित गर्न ताकेता गर्दा पनि ऋणी पक्षबाट भुक्तानी नभएपछि बैंकले सार्वजनिक बोलकबोलमार्फत सम्पत्ति बिक्री प्रक्रिया अघि बढाएको हो। बैंकले जारी गरेको सूचनाअनुसार रिसोर्टको करिब ३५ रोपनी जग्गा, त्यसमा निर्माण गरिएका भवन तथा रिसोर्टसँग सम्बन्धित सम्पूर्ण स्थायी संरचना बिक्रीका लागि १५ दिनभित्र […]

जनताको मूल्याङ्कनमा अब्बल बन्न सभामुख अर्यालको सांसदलाई आग्रह

काठमाडौं ।प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले जनताको मूल्याङ्कनमा अब्बल हुने गरी आफ्ना गतिविधि अघि बढाउन सांसदहरूलाई आग्रह गरेका छन्। संघीय संसद् सचिवालयले सिंहदरबारमा सोमबारदेखि सांसदहरूका लागि आयोजना गरेको दुईदिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले लाखौँ मतदाताको विश्वास जितेर संसद्‌मा पुगेका सांसदहरूले जनताको अपेक्षा अनुसार जिम्मेवार व्यवहार गर्नुपर्ने बताए। सभामुख अर्यालले सांसदहरूबिच राम्रो कानुन निर्माण, अनुकरणीय व्यवहार […]

नियमित शेयर कारोबारमा नयाँ १ प्रतिशत शुल्क लाग्ने प्रचार गलत : सांसद हरि ढकाल

काठमाडौं । प्रतिनिधिसभा सदस्य हरि ढकालले नियमित दोस्रो बजारमा हुने शेयर कारोबारमा नयाँ १ प्रतिशत कर वा शुल्क लाग्ने भन्ने भ्रमप्रति स्पष्टिकरण दिएका छन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) मार्फत हुने नियमित शेयर किनबेचमा कुनै नयाँ १ प्रतिशत शुल्क नलाग्ने बताएका हुन्। ढकालका अनुसार दोस्रो बजारमा शेयर कारोबार […]

केवाइसी अद्यावधिक गर्न बीमितहरुलाई रिलायबल नेपाल लाइफको आग्रह

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना बीमित ग्राहकहरुलाई ग्राहक पहिचान विवरण (केवाइसी) अद्यावधिक गर्न आग्रह गरेको छ । कम्पनीले आज असार १५ गते एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । कम्पनीले सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी कानुनी व्यवस्था बमोजिम विद्यमान बीमित ग्राहकहरुको ग्राहक पहिचान विवरण अद्यावधिक गर्नुपर्ने भएकाले ग्राहकहरुले आफ्नो राष्ट्रिय परिचयपत्र […]

हिमालयन लाइफको स्वतन्त्र विज्ञ सञ्चालकमा थानेश्वर गौतम नियुक्त

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको स्वतन्त्र विज्ञ सञ्चालकमा थानेश्वर गौतम नियुक्त भएका छन्। कम्पनी सञ्चालक समितिको बैठकले गौतमलाई स्वतन्त्र विज्ञ सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो। उनको नियुक्ति यही असार १२ गतेबाट लागू भएको छ। गौतम काठमाडौं महानगरपालिका–३१ निवासी हुन्।

मधेश प्रदेशमा ४.३६ प्रतिशत रोपाइँ

जनकपुरधाम । मधेश प्रदेशमा मनसुन सक्रिय भए पनि धान रोपाइँले अपेक्षित गति लिन सकेको छैन । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार असार १२ गतेसम्म प्रदेशमा कुल धान रोपाइँ हुने क्षेत्रफलको ४.३६ प्रतिशत रोपाइँ भएको छ । मन्त्रालयका सूचना अधिकारी यज्ञ ज्ञावालीका अनुसार असरा १२ गतेसम्म १६ हजार ९११ हेक्टर क्षेत्रफलमा मात्रै धान रोपाइँ […]

राष्ट्रिय धान दिवसमा कांग्रेसको जोड: खाद्यान्नमा आत्मनिर्भर बन्न साझा प्रतिबद्धता आवश्यक

काठमाडौं । राष्ट्रिय धान दिवसको अवसरमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कृषि उत्पादन र उत्पादकत्व वृद्धि गरी देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन सबै राजनीतिक दल, सरकार र सरोकारवाला निकायबीच साझा प्रतिबद्धता आवश्यक रहेको जनाएको छ। संसदीय दलका नेता भीष्मराज आङ्देम्बेद्वारा जारी विज्ञप्तिमा बर्सेनि धान तथा चामलको आयात बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रिय धान दिवसलाई केवल उत्सवका […]