सिंगो मुसहर बस्ती लालपुर्जाविहीन
महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिका–४ स्थित सिंगो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ । उनीहरू वर्षौंदेखि लालपुर्जाविहीन छन् । चार पुस्तादेखि बस्दै आएपनि लालपुर्जा नभएको स्थानीय ५५ वर्षीय सेवक सदाले बताए । उनका अनुसार ७५ घर परिवार रहेको मुसहर बस्तीको कुनै परिवारसँग आफ्नो जग्गाको लालपुर्जा छैन । सोही बस्तीमा पाँचौं पुस्ता बसोबास गर्दै आइरहेको बताउने […]

