अण्डाको मूल्य प्रतिक्रेट ३० रुपैयाँ वृद्धि

काठमाडौं । अत्यधिक गर्मी बढेसँगै अण्डाको उत्पादन घटेपछि माग बढेर मूल्यवृद्धि भएको छ । विगतको तुलनामा २५ प्रतिशत हाराहारी उत्पादन घटेसँगै मूल्य बढेको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा अनन्त दाहालका अनुसार गर्मीका कारण कुखुराले दाना कम खाँदा अण्डा उत्पादन पनि कम भएको छ । पच्चीस प्रतिशत हाराहारी उत्पादन घटेको छ […]

गण्डकी प्रदेशमा राइड शेयरिङ नरोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । गण्डकी प्रदेशमा राइड शेयरिङ सेवा नरोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट दायर रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलले मंगलबार यस्तो आदेश गरेको हो । गण्डकी प्रदेश सरकारले २०८२ जेठ २० गते गण्डकी प्रदेश सभाबाट  राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली  २०८२ ल्याएको […]

आरम्भ चौतारीको संस्थापक शेयर बिक्रीमा

काठमाडौँ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ३५ दिने सूचना जारी गर्दै शेयर खरिद गरी गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीलाई उक्त मितिभित्र आवश्यक कागज प्रमाण संलग्न गरी कम्पनीको केन्द्रीय कार्यालय बनेपा-१०, काभ्रेमा सम्पर्क गर्न भनेको हो । कम्पनीको सञ्चालक समितिको बैंठकबाट संस्थापक शेयर बिक्री गर्ने निर्णय भएकोमा […]

अमेरिकी डलरको मूल्य घट्दा, युरो र पाउन्डको बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलरको मूल्य घट्दा युरोपियन युरो र बेलायती पाउन्डको मूल्य भने बढेको छ । अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ २७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८७ पैसा निर्धारण गरिएको छ । मंगलबार हिजो अमेरिकी डलर एकको खरिददर १३८ […]

देशभर मनसुनी वायुको प्रभाव, चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा तथा बाँकी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी […]

सिटिजन्स बैंकद्वारा अखण्ड ज्योति बाबा स्वामी श्रीजी च्यारिटेबल ट्रस्टलाई सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत लामो समय देखी निरन्तर रुपमा सेवा भावले संचालनमा रहेको अखण्ड ज्योति बाबा स्वामी श्रीजी च्यारिटेबल ट्रस्टलाई सहयोग गरेको छ । ट्रस्टमा अशक्त तथा पीडित व्यक्तिहरूलाई स्वास्थ्य, शिक्षा तथा आधारभूत सेवाहरु प्रदान गरिरहेको छ । यात्रीलाई निःशुल्क भोजन सेवा गराउने , धार्मिक सम्पदाहरूको संरक्षण, मर्मत तथा […]

इसुजुको बिर्तामोडमा ग्राहक भेटघाट कार्यक्रम २०२५ सम्पन्न

बिर्तामोड । एसएमएल इसुजु सवारीसाधनहरूको नेपालका लागि एकमात्र वितरक लक्ष्मी कमर्शियल भेहिकल्स प्रालिले झापाको बिर्तामोडमा ग्राहक भेटघाट कार्यक्रम २०२५ सम्पन्न गरेको छ। लक्ष्मी कमर्शियल भेहिकल्स प्रालिले जापानी प्रविधिमा आधारित तथा भारतमा निर्मित एसएमएल इसुजुका बस तथा ट्रकहरूको सेल्स, सर्भीस् र स्पेयर पाट्र्स एकै ठाँउमा उपलब्ध गराउदै आएको छ। नेपाली भु–बनोट तथा बजारमा लोकप्रिय तथा प्रभावकारी […]

एमजी मोटर्स नेपालले ग्राहकहरूलाई सस्तो र सुलभ स्पेयर पार्ट्स उपलब्ध गराउँदै

काठमाडौं । एमजी मोटर्स नेपालको अधिकृत आयातक तथा वितरक पारामाउन्ट मोटर्स प्रालिले आफ्ना ग्राहकहरूको लागि उत्कृष्ट बिक्री पछिको सेवा प्रदान गर्ने प्रतिबद्धता पुनः दोहोर्याएको छ। यसरी कम्पनीले १०० भन्दा बढी स्पेयर पार्ट्सहरूको मूल्य औसत ३०५ ले घटाएर एमजीका सबै ग्राहकहरूलाई सस्तो र सहज सेवा उपलब्ध गराउने घोषणा गरेको छ। विश्वास र गुणस्तरमा आधारित ब्रान्डको रूपमा […]

लक्ष्मी ल्युब आयलको भैरहवा र बुटवलमा निःशुल्क सर्भिस क्याम्प

काठमाडौं । नेपालका लागि विश्व प्रसिद्ध ब्रान्ड TotalEnergies लुब्रिकेन्ट्सको आधिकारिक वितरक, लक्ष्मी ल्युब आयल प्रालिले पहिलो पटक काठमाडौँ उपत्यका बाहिर दुईपांग्रे र चारपांग्रे सवारी साधनका लागि छुट्टाछुट्टै Free Service Camp आयोजना गर्न लागेको छ। कम्पनीले सवारी साधनको दीर्घकालीन सम्भार र इञ्जिन स्वास्थ्यमा जनचेतना फैलाउने उद्देश्यका साथै भैरहवा र बुटवलका स्थानीय ग्राहक, मेकानिक समुदायसँग पनि प्रत्यक्ष सम्पर्क […]

१३ वर्ष मुलुकमा सवारी प्रदूषण सम्बन्धी नयाँ मापदण्ड लागु

काठमाडौं । सरकारले १३ वर्षपछि सवारी प्रदूषण सम्बन्धी नयाँ मापदण्ड लागु भएको छ । वन तथा वातावरण मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै सवारी प्रदूषण मापदण्ड २०८२ लागू गरिएको हो । नयाँ व्यवस्थाले नेपाल सवारी प्रदूषण मापदण्ड २०६९ प्रतिस्थापन गरेको हो । छिमेकी मुलुक भारतले २०२० अप्रिलदेखि बीएस६ स्ट्यान्डर्ड लागू गरेपछि पनि नेपालमा भने युरो […]