प्रधानमन्त्री ओलीको आह्वानमा सत्ता साझेदार दलहरुको बैठक बालुवाटारमा जारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सत्ता साझेदार राजानीतिक दलहरुको शीर्ष नेताहरुको बैठक जारी रहेको छ । प्रधानमन्त्री निवास बालुुवाटारमा आज भएको बैठकमा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, […]

सिद्दार्थ बैंकको मोबाइल एपमा भएको ‘इजि बैंक’ थप परिष्कृत,एपबाट केवाइसी अध्यावधिकदेखि कर्जा सुविधाको सेवा पाइने

काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो मोबाइल बैंकिङ एप ‘इजी बैंक’लाई थप परिष्कृत र ग्राहकमैत्री बनाएको छ । परिस्कृत संस्करणमा बैंकिङ सेवाहरू अझ सहज, सुरक्षित र प्रभावकारी ढंगले उपयोग गर्न सकिनेगरी सुधार गरिएको छ। डिजिटल बैंकिङमा अग्रणी सिद्धार्थ बैंकले एपमार्फत खाताको विवरण, कर्जा सुविधा, ग्राहक सेवा, केवाईसी अद्यावधिक र कार्डसम्बन्धी सेवालाई थप सहज बनाएको हो । […]

कतारस्थित नेपाली दूतावासले भन्यो : सतर्क र यथास्थितिमा बस्नु

काठमाडौं । इरानले कतारमा रहेको अमेरिकी सैन्य क्याम्पमा आक्रमण गरेपछि त्यहाँस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै यथास्थितिमा बस्न भनेको छ । वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै कतारमा रहेका नेपालीहरूलाई सतर्क रहन र यथास्थानमै रहन आग्रह गरिएको हो । सूचनामा भनिएको छ, ‘कृपया शान्तपूर्वक रहन र कतार सरकारको आधिकारिक सूचना, र निर्देशन पालना गर्न अनुरोध गर्दछौँ […]

प्रतिनिधिसभाबाट बजेट पास  पारित गरिने

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकबाट विनियोजन विधेयक, २०८२ पारित गरिने भएको छ । आज बिहान ११ बजे बस्ने बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । बैठकमा अर्थमन्त्री पौडेलले ‘आर्थिक विधेयक, २०८२ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२ माथि विचार गरियोस्’ भनी प्रस्ताव […]

आज अन्य सबै स्थानीय तहले बजेट ल्याउँदै, काठमाडौँ महानगर अझैँ अन्योलमा

काठमाडौं । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को व्यवस्थाबमोजिम हरेक वर्ष असार १० गतेभित्र अनिवार्य बजेट ल्याइसक्नुपर्ने प्रावधानअनुसार आज सबै स्थानीय तहले बजेट ल्याउँदैछन् । ७५३ पालिकामध्ये ४० पालिकाले सोमबारसम्म बजेट सार्वजनिक गरिसकेका छन् । बाँकी ७१३ मध्ये ७१२ पालिकाले आज बजेट ल्याउने तयारी गरेका छन् । असार […]

शंकरदास वैरागीको नेतृत्वमा भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन

काठमाडौं । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन भएको  छ । बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति बनाएको हो  । समितिलेलाइ भिजिट भिषा प्रकरणमा छानबीन गरेर प्रतिबेदन पेश गर्नको लागि १ महिनाको समय तोकिएको छ । भिजिट भिषा सम्बन्धमा गृह मन्त्री रमेश लेखकको राजिनामा र उच्च सतरिय छानबीन […]

दैलेखमा ४३० अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको प्रक्षेपण, ५० वर्षसम्म पुग्ने

काठमाडौं । नेपालले ऊर्जा क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गरेको छ । दैलेखको जलजले क्षेत्रमा चिनियाँ प्राविधिक टोलीको लामो अध्ययनपछि प्राप्त प्रारम्भिक प्रतिवेदनमा ११२ अर्ब घनमिटर बराबरको मिथेन ग्यास ९प्राकृतिक ग्यास० भण्डार रहेको तथ्य सार्वजनिक भएको छ । उक्त क्षेत्रमा गरिएको अध्ययनको प्रारम्भिक प्रतिवेदन चिनियाँ टोलीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई असार ५ गते बुझाएसँगै उक्त […]

घरजग्गामा बैंक तथा वित्तीय संस्थाले बढाए कर्जा, १० महिनामा करिब तीन खर्ब कर्जा प्रवाह

काठमाडौं । पछिलो केही महिनायता घर निर्माण हुने क्रम बढ्न थालेको छ । यसले बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित घर कर्जा पनि बढेको छ भने जग्गा बिक्रीवितरण समेत बढेको छ । ब्याजदर कम हुँदा ऋण लिएर घर बनाउने र जग्गा खरिद गर्ने क्रम बढ्दै गएको बैंकरहरू बताउँछन् । नेपाल राष्ट्र बैंकले पछिल्लो समय घरजग्गा व्यवसाय […]

आज देशभर हल्कादेखि भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहदा आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । जल तथा मौसम पूर्वानुमान महाशाखाव्दारा आज यहाँ जारी बुलेटिनका अनुसार कोशी र बागमती प्रदेशका केही स्थान तथा अन्य प्रदेशका केही स्थानमा […]

इरान-इजरायल युद्ध : अमेरिकी आक्रमणदेखि युद्धविरामसम्म, तीन दिनमा के के भयो?

काठमाडौं । गत शनिबार राति अमेरिकाले इरानका तीन आणविक साइटमा आक्रमण गर्‍यो । इजरायल-इरान युद्धमा त्यो अमेरिकाको प्रत्यक्ष प्रवेश थियो । इजरायलको हवाई आक्रमणमा इरानका एफ-१५ र एफ-५ लडाकु विमान, इन्धन भर्ने विमान एएच-१ कोब्रा अट्याक हेलिकप्टर नष्ट गरेपछि इरानले जवाफी आक्रमण गरिरहेको बेला अमेरिका युद्धमा प्रवेश गरेको थियो । अमेरिकाद्वारा फोर्डो , नतान्ज  र […]