कमजोर क्षमतामा अल्झिएको पूर्वाधार निर्माण कम्पनी, सुधार बिना जिम्मेवारी बहन कठिन

काठमाडौं । सरकारले सार्वजनिक गरेको १०० दिने कार्यसूचीमा राष्ट्रिय प्राथमिकताका पूर्वाधार आयोजना समयमै सम्पन्न गर्न सरकारी पूर्वाधार निर्माण कम्पनीलाई सक्रिय बनाउने योजना समेटिएको छ । विशेषगरी पटक–पटक ठेक्का प्रक्रिया असफल भएका वा निजी क्षेत्रले जोखिम लिन नचाहेका आयोजनाहरू कम्पनीमार्फत प्रत्यक्ष कार्यान्वयन गर्ने अवधारणा अघि सारिएको छ । तर कम्पनीको वर्तमान अवस्था हेर्दा उक्त योजना कार्यान्वयनमै चुनौती […]

प्रधानमन्त्री कपः नेपाल पुलिस क्लब ६ विकेटले विजयी

वीरगञ्ज ।  प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गतको आजको खेलमा नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई छ विकेटले पराजित गरेको छ । आज वीरगञ्जको नारायणी रङ्गशालामा भएको खेलमा सुरुआती ब्याटिङ गरेको कोशी प्रदेशले ४२ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै १६२ रन जोडेको थियो । कोशी प्रदेशका सुजन थपलियाले ४८ रन र सुमन श्रेष्ठले ४३ रन […]

होर्मुज खुल्नुअघि नै युद्ध अन्त्यको सङ्केत

वासिङ्टन। मध्यपूर्वमा जारी तनावबीच डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले होर्मुज जलडमरूमध्य पूर्ण रूपमा नखुले पनि इरानविरुद्धको सैन्य अभियान अन्त्य गर्ने सङ्केत दिएको छ, जसले युद्धको दिशा कूटनीतिक मोडतर्फ मोडिन सक्ने देखिएको छ । राष्ट्रपति ट्रम्पले आफ्ना सहयोगीहरूसँगको छलफलमा आगामी ४ देखि ६ हप्ताभित्र इरानविरुद्धको सैन्य कारबाही अन्त्य गर्न तयार रहेको जनाएको बताइएको छ, यद्यपि होर्मुज […]

ओखलढुंगाबाट ओर्लिएका दुर्गा प्रसाद सुवेदी नेपाली समाजमा परिचित व्यवसायी

काठमाडौं । तीन दशक समय बिताइ सकेका दुर्गा प्रसाद सुवेदी नेपाली समाजमा परिचित व्यवसायी हुन् । ओखलढुंगा चम्पादेवी ७ मा बुबा भीम प्रसाद सुवेदी र आमा पदम देवी सुवेदीका कोखमा जन्म लिएका दुर्गा प्रसाद सुवेदी व्यवसाय स्थापित गर्नका लागि काठमाडौं उपत्यकामा रही कडा परिश्रम गरेका व्यक्ति हुन् । हजुरबुबा मोहनलाल सुवेदी र आमाबुबाको प्रेरणामार्फत् मेहनती […]

खेलकुदप्रति आकर्षण बढाउनुपर्नेमा मन्त्री पोखरेलको जोड

काठमाडौं ।  युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुदप्रति युवालाई आकर्षित गर्नुपर्नेमा जोड दिँदै त्यस निम्ति विद्यालय, स्थानीय क्लब र गाउँस्तरबाट नै उनीहरूलाई यसमा समाहित गर्नुपर्ने बताए । राष्ट्रिय खेलकुद परिषद्ले उनको सम्मान आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री पोखरेलले खेलकुदका माध्यमबाट राष्ट्रको प्रतिष्ठा बढाउने खेलाडी उत्पादन गर्न परिषद्लगायत खेलकुदसँग सम्बद्ध सङ्घसंस्था क्रियाशील हुनुपर्ने बताए । […]

ग्लोबल आइएमई बैंकले दोश्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले प्रविधिको प्रवर्द्धन तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले दोश्रो संस्करणको ह्याकाथन आयोजना गर्न गइरहेको छ । बैंकले गतवर्ष नेपालको बैंकिङ क्षेत्रमा पहिलो पटक एआई/एमएल ह्याकाथन पहिलो संस्करण आयोजना गरेको थियो । बैंकले कृक्रिम बुद्धिमत्ता (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन दोश्रो संस्करण २०२६ आगामि मे महिनाको […]

राष्ट्रिय औषधि प्रयोगशालाले प्राप्त ग-यो ‘आइएसओ’ मान्यता

काठमाडौं ।  राष्ट्रिय औषधि प्रयोगशालाले अन्तरराष्ट्रिय प्रमाणीकरण ‘आइएसओ’ मान्यता प्राप्त गरेको छ । प्रयोगशालाले आइएसओ १७०२५ः२०१७ प्रमाणपत्र प्राप्त गरेको हो । स्थापनाको ६० वर्षपछि नेपालको एक मात्र औषधिको परीक्षण गर्ने सरकारी प्रयोगशाला ‘आईएसओ एक्रिडिटेसन सर्टिफाइड’ भएको हो । राष्ट्रिय औषधि प्रयोगशालाका निर्देशक भरत भट्टराईले प्रयोगशाला अब अन्तरराष्ट्रिय मापदण्डको सरकारी औषधि प्रयोगशालामा परिणत भएको र यसले […]

यातायात कार्यालयबाट ७ जना बिचौलिया पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–१५ सानो भर्‍याङस्थित यातायात व्यवस्था कार्यालयबाट सात जना बिचौलिया पक्राउ परेका छन् । उक्त कार्यालयबाट सेवाग्राहीको सवारी दर्ता किताब (बिलबुक) नवीकरण गरिदिन्छु भनी सार्वजनिक सेवा प्रवाहमा अवरोध गरेको अभियोगमा प्रहरी वृत्त स्वयम्भूबाट परिचालन भएको प्रहरी टोलीले आज अपराह्न उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरीले रौतहटका ३६ वर्षीय बलबहादुर सुनार, रामेछापका ३९ वर्षीय […]

३ बैंकसहित ६ कम्पनीको बोनस सेयर एकैदिन नेप्सेमा सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एकैदिन ६ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । महालक्ष्मी विकास बैंक, महुली लघुवित्त, प्राइम कमर्सियल बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, समता घरेलु लघुवित्त र अरुण भ्याली हाइड्रोपावरको बोनस सेयर सूचीकृत भएको हो । जसमध्ये, महालक्ष्मी विकास बैंकको २१ लाख ४८ लाख २२९.०७९० कित्ता सेयर सूचिकृत भएको छ । […]

सोपान फर्माको आईपीओ बाँडफाँट: कतिले पाए सेयर ?

काठमाडौं । वैदेशिक रोजगारीमा रहेकालाई निष्कासन गरेको सोपान फर्मास्युटिकल्सको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । मंगलबार बिक्री प्रबन्धक एनएमबि क्यापिटलले उक्त आईपीओ बाँडफाँट गरेको हो । कम्पनीले अंकित मूल्य १ सयका दरले वैदेशिक रोजगारमा रहेकालाई ४ लाख २९ हजार कित्ता शेयर निष्कासन गरेको थियो । जसमा ८२ हजार ९५१ जनाले आवेदन दिएका छन् । आईपीओमा […]