महिलालाई आत्मनिर्भर बनाउँदै सहकारी

तनहुँ । यहाँको देवघाट गाउँपालिका–५ चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी सस्थाले दुग्धजन्य उत्पादन बिक्री गर्न प्रत्येक साताको एक दिन मेला सञ्चालन गर्न थालेको छ । गाउँपालिकाको एकमात्र महिला सहकारी संस्थाको रुपमा रहेको उक्त सहकारीले सदस्य महिलाहरुको आयआर्जन र आर्थिक समृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । सोहीअनुसार सदस्यहरुद्वारा उत्पादित दुग्धजन्य वस्तु तथा कृषिउपज […]

प्याराग्लाइडिङले रङ्गिँदै सुर्खेतको आकाश

सुर्खेत । सुर्खेतको आकाश केही वर्ष प्याराग्लाइडिङका कारण रङ्गिन थालेका छन् । कर्णाली प्रदेशको राजधानीसमेत रहेको यो सहर पछिल्लो समय साहसिक पर्यटनको नयाँ केन्द्रका रूपमा विस्तार भएको हो । चुरे पहाडको काखबाट उडान भर्दा तल देखिने हरियाली वन, फैलिएका बस्ती र टाढासम्म फैलिएको भू दृश्यले जो कोहीलाई केही क्षण भए पनि आनन्द दिलाउँछ । खुला […]

अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्न राष्ट्रसङ्घीय प्रमुखको आग्रह

काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले अन्तर्राष्ट्रिय कानुनको अवहेलनाले विश्वव्यापी विश्वास घट्ने चेतावनी दिँदै अन्तर्राष्ट्रिय अदालतले जारी गरेको फैसला पालना गर्नु संयुक्त राष्ट्रसङ्घको बडापत्र अन्तर्गतको बाध्यकारी दायित्व भएको बताएका छन् । अन्तर्राष्ट्रिय अदालतको ८० औँ वार्षिकोत्सवको अवसरमा जारी वक्तव्यमा गुटेरेसले विगत आठ दशकमा आधुनिक अन्तर्राष्ट्रिय न्यायीक व्यवस्थालाई आकार दिन अदालतले केन्द्रीय भूमिका खेलेको बताए […]

आठ रात नौ दिन मनाइने बिस्केट जात्रा सम्पन्न

भक्तपुर । भक्तपुरमा आठ रात नौ दिनसम्म भव्य रूपमा मनाइने प्रसिद्ध बिस्केट जात्रा आजदेखि सम्पन्न हुँदैछ । गत चैत २७ गते तौमढीबाट भैरवको रथ तानेर सुरु भएको यो जात्रा आज सम्पन्न हुनेछ । जात्राअन्तर्गत आज अन्तिम दिन दिउँसो ४ः०० बजे गःहिटीबाट भैरवको रथ तानेर जात्रा सम्पन्न गर्ने गुठी कार्यालय भक्तपुरका प्रमुख आनन्द कर्माचार्यले जानकारी दिए […]

पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति उज्यालो नेपाल पार्टीको आपत्ति

काठमाडौं । उज्यालो नेपाल पार्टीले पेट्रोलियम पदार्थमा हालै गरिएको निरन्तर मूल्यवृद्धिप्रति आपत्ति प्रकट गरेको छ । एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीले भनेको छ– प्रधानमन्त्री बालेन शाहले २७ मार्च २०२६ मा पदभार ग्रहण गरेपछि इन्धन बजारमा स्थिरता आउनुपर्ने अपेक्षा थियो । तर वास्तविकता ठिक उल्टो देखिएको छ । हालसम्मको सार्वजनिक मूल्यसूची हेर्दा सरकार गठनपछि इन्धनको […]

राजनीतिक झगडामा अदालतबाट समाधान आउँदैन : बास्कोटा

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले राजनीतिक झगडामा अदालतबाट समाधान नआउने बताएका छन् । कांग्रेसको आधिकारिकता विवादसम्बन्धी फैसलालाई सङ्केत गर्दै उनले यस्तो दाबी गरेका हुन् । बास्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्– ‘अन्य झगडामा न्यायका लागि अदालत जानु स्वाभाविक नै हो।राजनीतिक झगडामा राजनीतिक दल अदालत गएर पनि समाधान आउँदैन।नेकपा मिल्यो, झगडा परो, अदालत धाए अदालतले […]

पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा

काठमाडौं । नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको मूल्य समायोजन (वृद्धि) गर्ने निर्णय गरेको छ । कच्चा पदार्थको मूल्यमा भएको भारी वृद्धि र ढुवानी खर्च बढेका कारण पुरानै मूल्यमा उद्योग सञ्चालन गर्न नसकिने भन्दै महासंघले मूल्य बढाउने निर्णय गरेको हो । आज एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघले हाल पानी उद्योगमा प्रयोग हुने बोतल, […]

गगन थापा नेतृत्वको कांग्रेस बन्यो आधिकारिक

काठमाडौं । सर्वोच्च अदालतले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता प्रदान गरेको छ। योसँगैनेपाली कांग्रेसको आधिकारिकता कन विवाद टुंगिएको छ। सर्वोच्च अदालतमा विचाराधिन मुद्दामा आज अन्तिम सुनुवाई गरदै सर्वोच्चले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई आधिकारिकता दिएको हो।। न्यायाधीस  न्यायाधीश द्वय शारडुना सुवेदी र निर्पधोज निरौलाको संयुक्तत इजलासले गगन कांग्रेसलाईलाई आधिकारिका दिएको हो। गगन नेतृत्वको कांग्रेसले गत मङ्सिर […]

धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले बुझाए राजीनामा

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले  नेपाल धितोपत्र बोर्डको अध्यक्ष सेवनबाट सेबोनको अध्यक्ष ८पदबाट राजीनामा दिएका छन्। उनले आज साँझ अर्थमन्त्रालय पुगी आफ्नो राजीनामा पेश गरेका हुन्। उनी विगत १६ महिनादेखि धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त भएका थिए। नियुक्तिदेखि नै विवादित बनेका सेवन अध्यक्ष श्रेष्ठको कार्यकाल पूर्णतया विवादित नै बन्यो उनले आफूलाई नियुक्त गर्न […]

रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलनः पर्यटन प्रवर्धनमा जोड

खोटाङ । लोपोन्मुख वन्यजन्तु संरक्षण र दिगो पर्यटन विकासलाई केन्द्रमा राख्दै दिक्तेलमा ‘जैविक विविधता तथा रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन–२०८३’ शुक्रबारदेखि सुरु भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको पहलमा पहिलोपटक आयोजना गरिएको तीनदिने सम्मेलनले जलवायु परिवर्तनका असर न्यूनीकरण र स्थानीय आर्थिक गतिविधि प्रवर्द्धनमा बहस केन्द्रित गर्ने लक्ष्य लिएको छ। सरस्वती माध्यमिक विद्यालय परिसरमा सुरु सम्मेलनमा नेपालसहित भारत, […]