कुमारी बैंकका ग्राहकलाई भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टरमा छुट

काठमाडौं । कुमारी बैंक लिमिटेड र गुर्जुधारा, काठमाडौं स्थित भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालि(गुर्जुधारा ट्रायल सेन्टर) का बीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई एकेडेमीबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता अनुसार यातायात व्यवस्था कार्यालय ठूलोभ¥यााङ्गले सवारी चालक अनुमतीपत्रको लागी प्रयोगात्मक परीक्षा (Trial) सञ्चालन गराउदै आएको गुर्जुधारा स्थित भेइकल एकेडेमी […]

दिपलले पार गर्यो पाँच लाख युनिट डेलिभरीको कोशेढुंगा

काठमाडौं । सांघाई–चांगान अटोमोबाइल अन्तर्गतको न्यु इनर्जी भेहिकल ब्रान्ड दिपलले विश्वभर डेलिभरीको संख्या पाँच लाख युनिट पार गरेको छ । गत मे महिनामा मात्र दिपलको २५ हजार पाँच सय २१ युटिन इभी विक्री भएको थियो जुन गत वर्ष मेमहिनाको तुलनामा ७८ प्रतिशतले बढी हो भने यो वर्षको अप्रिलको तुलनामा २७ प्रतिशतले बढी हो । हाल […]

सीजी मोटर्स हिरोको आयोजनामा पोखरामा “एक्सट्रयाक”

काठमाडौं । सीजी हिरो मोटोकर्पले पहिलो संस्करणको रुपमा धुलिखेलमा अवस्थित “डर्ट टेम्पल” मा ३ सय भन्दा वढी राईडरहरुको सहभागितामा साथ “एक्सट्रयाक” ईभेन्ट सम्पन्न गरे पश्चात दोश्रो संस्करण पर्यटनको मुटु पोखरामा जेठ ३१ गते शनिवारको दिन आयोजना गर्ने भएको छ । उक्त ईभेन्टमा मोटरसाईकल प्रेमी राईडरहरुले डर्ट ट्रयाक एवं अफ रोड राईडिङ्गको अविष्मरणिय अनुभव गर्न पाउने आयोजक […]

एभरेष्ट कलरलाई आईएसओ ९००१ः२०१५ प्रमाणपत्र

काठमाडौं ।  एभरेष्ट कलरले आईएसओ ९००१ः२०१५ प्रमाणिकरण प्रमाण पत्र प्राप्त गरेको छ । नेपाल सरकार शहरी विकास तथा भवन निर्माण विभागको सुचीमा दर्ता, नेपाल गुणस्तर चिन्ह प्राप्ति उन्मुख रहेको कम्पनीले निकट भविष्य निष्काशन हुने साधारण शेयर ७ लाख ९० हजार कित्ता शेयरको लागि कम्पनीको तर्फबाट प्रबन्ध संचालक सरोज लुइटेल तथा प्रत्याभुतिकर्ताको तर्फबाट लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका […]

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा सबिना मास्के नियुक्त

काठमाडौं । नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा सबिना मास्के नियुक्त भएकी छिन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जेठ २८ गतेको मन्त्रीस्तर निर्णय बमोजिम उनलाई कम्पनीको निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्न जिम्मेवारी दिएको हो । टेलिकमको प्रबन्ध निर्देशक संगीता पहाडी बिलिङ प्रणालीमा अनियमितता र आर्थिक हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी […]

महासंघका अध्यक्ष ढकाल र आइएलओका महासचिव होङ्बोबीच भेटवार्ता रोजगारदाता लक्षित सहयोग विस्तारमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) का महानिर्देशक गिल्बर्ट एफ। होङ्बोसँग भेटवार्ता भएको छ । ११३औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनको अवसरमा जनेभामा भएको भेटवार्तामा श्रम तथा रोजगारका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा महासंघका अध्यक्ष ढकालले महासंघ मर्यादित श्रम र समावेशी आर्थिक वृद्धिका लक्ष्यहरूमा प्रतिबद्ध […]

एनसेलले बढायो ‘लीग अफ क्रिएटर्स’मा सहभागी हुने म्याद असार १ सम्म

काठमाडौं । एनसेलले आयोजना गर्न लागेको ‘लीग अफ क्रिएटर्स’ प्रतियोगितामा सहभागी हुनका लागि भिडियो पोष्ट गर्ने अन्तिम म्याद पाँच दिनले थपिएको छ । अब ईच्छुक सहभागीहरुले आफ्नो भिडियो असार १ गते आइतबारसम्म पोष्ट गर्न सक्छन् । कम्पनीले अपट्रेन्डलीसँगको सहकार्यमा देशभर फैलिएर रहेका भावी प्रतिभाशाली डिजिटल सामग्री निर्माताहरूको पहिचान र सशक्तीकरण गर्ने लक्ष्य सहित यो अभियान संचालन […]

संवैधानिक निकायका नियुक्ति बिरुद्दको फैसला सुनाउने दिन असार १८ लाइ सर्यो

काठमाडौं । संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका लोक सेवा आयोगका प्रमुख आयुक्त लगायत संवैधानिक आयोगका  पदाधाकारी सहित संवैधानिक निकायका ५२ जना पदाधिकारीको नियुक्ति खारेजीको माग राखि दायर गरिएको मुद्दाको आज फैसलाको  निर्णय सुनाउने अर्को मिति असार १८ गते तोकिएको छ  । यसअघि सर्वोच्चको संवैधानिक इजलासले आजको लागि फैसलाको निर्णय सुनाउने दिन तोकेको थियो । […]

नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठको दिलभूषण पाठकविरुद्ध जारी भएको पक्राउ पुर्जीको  भर्त्सना  गर्दै खारेज गर्न माग

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पत्रकार दिलभूषण पाठकविरुद्ध जारी भएको पक्राउ पुर्जीको  भर्त्सना  गर्दै प्रक्राउ पुर्जी खारेज गर्न माग गरेका छन् । उनले आफ्नो फेसबुक पेजमा लेख्दै यस्तो माग गरेक हुन् । पाठकले टफटक विथ दिलभुषण पाठक नामको युट्युब च्यानलमा केहीदिन अघि   प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति […]

अन्तर मन्त्रालय सहजीकरणलाई प्राथमिकतामा दिन अर्थमन्त्री पौडेलको निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अन्तर मन्त्रालय सहजीकरण र समन्वयलाई प्राथमिकता दिन निर्देशन दिएका छन् । अर्थ मन्त्रालय, उच्चस्तरीय व्यवस्थापन समूहको बैठकमा अर्थमन्त्री पौडेलले कानूनको सीमाभित्र रहेर अन्तरमन्त्रालयका कार्यहरुलाई प्राथमिकता दिन कर्मचारीहरुलाई निर्देशन दिएका हुन् । उनले भने-‘अर्थ मन्त्रालयले रोक्छ भन्ने बाटोबाट नहिडौं। प्राथमिकताका आधारमा सहजीकरण गरेर छिटो कार्य सम्पन्न गर्ने वातावरण तयार […]