निजी विद्यालयको शुल्कबारे रोकिएन गुनासो, सहायता कक्षमा घन्टामै पचास फोन
काठमाडौं । “सर, नमस्कार । बढी शुल्क लिने विद्यालयबाट रकम फिर्ता गराउने नेपाल सरकारको निर्देशन उचित छ तर हामीले आग्रह गर्दा निजी विद्यालयले फिर्ता गर्न मानिरहेका छैनन् । केन्द्रबाट नै भनिदिनुपर्यो”, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमातहको शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा स्थापित सहायता कक्षमा हरेक दिन होइन हरेक मिनेटमा यस्ता गुनासा आउने गर्छन् । […]

