काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा पानी पर्ने

काठमाडौं । काठमाडौंमा आज पनि वर्षा हुनेछ । काठमाडौंमा आज दिउँसो, साँझ र राति हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकासहित देशका केही स्थानमा पानी परेसँगै अत्यधिक गर्मीबाट आहत भएकालाई थोरै भए पनि राहत मिलेको छ । मंगलबार साँझदेखि रातिसम्म काठमाडौंसहित देशका केही ठाउँमा पानी परेको थियो । हाल कोशी, […]

आईएमएफले नेपाललाई ५ अर्ब ८४ करोड ऋण दिने

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गत नेपाललाई थप ४२.७ मिलियन डलर (करिब ५ अर्ब ८४ करोड नेपाली रुपैयाँ) निकासा गर्ने भएको छ । आईएमएफको मिसन प्रमुख सरावत जहानको नेतृत्वमा दुई साता लामो नेपाल भ्रमण गरी ईसीएफको छैटौं समीक्षा गरिएको थियो । नेपालले ईसीएफ अन्तर्गतको नयाँ किस्ता रकम प्राप्त गर्नका […]

बैंकिङ प्रणालीबाट ४० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि नेपाल राष्ट्र बैंकले बुधबार ४० अर्ब रुपैयाँ तरलता (ऋण दिन मिल्ने रकम) खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको […]

प्रदेश सरकारको १० महिनाको कुल खर्च एक खर्ब १७ करोड

काठमाडौं । चालू आर्थिक वर्षको १० महिनामा प्रदेश सरकारहरूले रु। एक खर्ब १७ करोडबराबर रकम खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार सो अवधिमा प्रदेश सरकारले स्रोत परिचालन रु। एक खर्ब ६१ अर्ब ७७ करोड गरेका छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा संघीय सरकारले वित्तीय समानीकरण अनुदान प्रदेश सरकारका लागि रु। […]

आईएमई लाइफका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई मेडिटेक इन्टरनेसनल हस्पिटल एन्ड रिसर्च सेन्टर छुट

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब मेडिटेक इन्टरनेसनल हस्पिटल एन्ड रिसर्च सेन्टर, बुटवलमा उपचारसेवा लिदा १०% देखि २५% सम्म छुट प्राप्त हुने भएको छ । उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एप(IME LIFE Mobile app) मा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन भने, अभिकर्ता तथा […]

१३ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढ्दा र चाँदीको मूल्य स्थिर रहेको छ । सुन प्रति तोला १ हजार ३०० रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला १ लाख ९१ हजार ३०० रुपैयाँमा करोबार भइरहेको छ । मंगलबार सुनको मूल्य १ लाख ९० हजार थियो । चाँदीको मूल्य […]

संवैधानिक निकायका पदाधिकारीको नियुक्ति वदरको मुद्दामा आज फैसला आउने: नियुक्ति वदर होला कि कायम

काठमाडौं । संवैधानिक अख्तियार दुरुपयोग अनुसन्धान आयोगका लोक सेवा आयोगका प्रमुख आयुक्त लगायत संवैधानिक आयोगका  पदाधाकारी सहित संवैधानिक निकायका ५२ जना पदाधिकारीको नियुक्ति खारेजीको माग राखि दायर गरिएको मुद्दाको आज फैसला आउने दिन हो । तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् बिघटन गरे पश्चात संवैधानिक परिषद्को सिफारिसमा २०७७ माघ २१ मा ३२ जना र २०७८ […]

आज रिलायन्स फाइनान्सको १५औं वार्षिक साधारणसभा

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडको १५औं वार्षिक साधारणसभा आज बुधबार बस्दैछ । फाइनान्सको साधारण सभा, अनुपम फुडल्यान्ड एन्ड ब्यांक्वेट बत्तिसपुतली, काठमाडौंमा बिहान ११ बजेदेखि शुरु हुनेछ । सभामा लाभांशसम्बन्धी कुनै प्रस्ताव समावेश गरिएको छैन । सभाले विषेश प्रस्तावअन्तर्गत अन्य कुनै बैंक, विकास बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जान उपयुक्त देखिएमा कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक […]

प्रतिनिधिसभाको बैठक बस्ने, राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल हुने

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्ने गरी समय निर्धारण भएको छ । ‘भिजिट भिसा’ प्रकरणमा विपक्षी दलहरुले लगातार बैठक अवरुद्ध गर्दै आएका छन् । यही जेठ १३ गतेदेखि लगातार प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ । पटक-पटक सहमतिका लागि दलहरुबीच छलफल भएपनि कुनै निष्कर्ष निस्कन सकेको […]

आरिफ शेखको अर्धसतकको मद्दतमा नेपाल विजयी, डेब्यूमा नन्दन यादवको उत्कृष्ट प्रदर्शन

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग-२, त्रिकोणात्मक एकदिवसीय शृङ्खलाअन्तर्गत नेपालले नेदरल्याण्ड्सलाई १६ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा नेपालले नेदरल्याण्ड्सलाई लगातार दुई खेलमा हराएको हो । स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा भएको खेलमा नेपालले प्रस्तुत गरेको २३७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स ४९ दशमलव २ ओभरमा अलआउट हुँदै २२० रनमा समेटियो । नेपालको जितमा नन्दन यादव […]