कालीगण्डकी करिडोर भौतिक प्रगति ८४% वित्तीय प्रगति ६ अर्ब ६४ करोड

काठमाडौं । उत्तर-दक्षिण जोड्ने कालीगण्डकी करिडोरको बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत पुगेको छ। कोरला सडक आयोजनाले सुरुवातीदेखि हालसम्म ४३ वटा योजनाका लागि ७ अर्ब ९० करोड ७० लाख रूपैयाँ बजेट ठेक्का सम्झौता गरिकामा ६ अर्ब ६४ करोड १८ लाख रूपैयाँ खर्च भइसकेको जनाएको छ। आयोजना सुरुवातदेखि चालु आर्थिक वर्षको हालसम्म ४३ वटा योजना कार्यान्वयनमा […]

कजारियाद्वारा एचडि पोलिस्ड टायल सार्वजनिक

काठमाडौं । नेपाली बजारमा गुणस्तर र नवप्रवर्तनका लागि विश्वासिलो भारतको नं. १ टायल कम्पनी कजारियाले आफ्नो सबैभन्दा प्रिमियम उत्पादन एच.डि पोलिस्ड टायल (६०x१२० से.मी.) सार्वजनिक गरेको छ। नेपालमा पहिलोपटक केवल कजारियामा मात्र उपलब्ध यो विशेष टायलले सौन्दर्य, मजबुती र अत्याधुनिक प्रविधिलाई एकसाथ जोड्दै देशमा लक्जरी फ्लोरिङको नयाँ पहिचान बनाएको छ। विश्वस्तरीय मापदण्ड अनुसार नवीनतम प्रविधिद्वारा निर्मित, […]

प्रभु बैंकका ग्राहकलाई होटल यार्शामा छुट

काठमाडौं । प्रभु बैंक र होटल यार्शाबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई आकर्षक छुट अफर उपलब्ध गराउने सम्बन्धि सम्झौता गरीएको छ । होटल यार्शा शान्त र सुन्दर जिरी नगरमा अवस्थित एक प्रख्यात होटल हो । यो अफर जिरी नगरको पर्यटन प्रवद्र्घन गर्ने उद्देश्यले ल्याइएको हो । जिरीलाई सगरमाथाको प्रवेशद्वार भनेर पनि चिनिन्छ । यस सहकार्य अन्तर्गत […]

सिटिजन्स बैंकद्वारा विश्व वातावरण दिवसको उपलक्ष्यमा कोशी प्रदेशमा बृक्षारोपण

काठमाडौं । ‘बिट द प्लाष्टिक ’भन्ने मुल नारालाई आत्मसाथ गर्दै बढ्दो जलवायु परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जर्गेना तथा प्रबद्र्धन गर्ने हेतुले सिटिजन्स बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जेठ २५ गते आइतबार कोशी प्रदेशको विराटनगरमा बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । विश्व वातावरण दिवस २०२५ को दिन बृहत बृक्षारोपण कार्यक्रम विश्वकर्मा चोक […]

अमेरिकाबाट करिब ४५ जना नेपाली डिपोर्ट, चार्टर्ड विमानमार्फत फर्काइयो

काठमाडौं । संयुक्त राज्य अमेरिकाबाट करिब ४५ जना नेपाली नागरिकलाई डिपोर्ट गरी आइतबार चार्टर्ड विमानमार्फत नेपाल फर्काइएको छ। अमेरिकी दूतावासलाई उद्धृत गर्दै अध्यागमन विभागले दिएको जानकारीअनुसार अमेरिकी होमल्यान्ड सेक्युरिटी अन्तर्गतको इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आईसीई) को आग्रहमा उनीहरूलाई फिर्ता पठाइएको हो। नेपालको अध्यागमन कार्यालय स्रोतका अनुसार नेपालीहरु सवार अमेरिकी चार्टर्ड विमान आइतबार अपराह्न सवा चार […]

तीन हजारले घट्यो सुन

काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । सुन प्रति तोला ३ हजार रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला १ लाख ९० हजार ७०० रुपैयाँमा करोबार भइरहेको छ । शुक्रबार सुनको मूल्य १ लाख ९३ हजार ७०० थियो । चाँदीको मूल्य ५ रुपैयाँले घटेको […]

कार्टेलिङ र इन्साइडर ट्रेडिङलाई ठाउँ नदिन अर्थमन्त्रीको सेबोनलाई निर्देशन

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पुँजी बजारमा देखिएका अनियमितता, कार्टेलिङ, इन्साइडर ट्रेडिङ जस्ता गतिविधिहरूप्रति सरकार कडा रुपमा प्रस्तुत हुने बताएका छन्। नेपाल धितोपत्र बोर्डको ३३औं वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यस्तो प्रकारका क्रियाकलापप्रति धितोपत्र बोर्डले ‘शून्य सहनशीलता’ नीति अवलम्बन गर्नुपर्ने आवश्यकता रहेको औंल्याए। उनले पुँजी बजारको नियमन, पारदर्शिता र विश्वासको वातावरण […]

विवरण नबुझाउने चितवनका दुई हजार बढी करदाता निलम्बित

काठमाडौं । आन्तरिक राजस्व कार्यालय भरतपुरमा दर्ता भएका मूल्य अभिवृद्धि करदातामध्ये दुई हजार ३७३ करदातालाई निलम्बन गरिएको छ । आन्तरिक राजस्व विभागले विगत छ महिना लगातार मूल्य अभिवृद्धिकर विवरण नबुझाएका ती करदातालाई निलम्बन गरेको हो । कार्यालयका सूचना अधिकारी विमल पौडेलका अनुसार यस कार्यालयमा रहेका दुई हजार ४०० मूल्य अभिवृद्धि करदाताले विवरण बुझाएका थिएनन् । […]

माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजना निर्माण धमाधम

काठमाडौं । धवलागिरि र मालिका गाउँपालिकामा निर्माणाधीन ५३ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाको आउटलेटबाट हेडरेस सुरुङ निर्माण थालिएको छ । आयोजनाको विद्युत्‌गृह रहने मालिका गाउँपालिका–७, भारबाङस्थित आउटलेटतर्फबाट सुरुङ खन्न सुरु गरिएको हो । सुरुङ खन्ने कामको शुभारम्भ गर्दै मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले आयोजनाको निर्माणकार्यमा आवश्यक उपकरण र जनशक्ति परिचालन गरी निर्धारित समयभित्रै […]

गोलभेँडा प्रतिकिलो ८० रुपैयाँ, आलु ४०

काठमाडौं ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४८, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ६५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५०, आलु रातो प्रतिकिलो […]