खानेपानी संस्थान धनगढीले २ करोड ३१ लाख बक्यौता उठाउन बाँकी

कैलाली । लामो समयदेखि धनगढीमा खानेपानी वितरण गर्दै आएको नेपाल खानेपानी संस्थानको विभिन्न व्यक्तिगत र सार्वजनिक संस्थाबाट उठाउन बाँकी बक्यौता रकम रु दुई करोड बढी रहेको छ । कार्यालयका लेखा शाखा प्रमुख पङ्कजकुमार दासका अनुसार विगत लामो समयदेखि आर्थिक वर्ष २०८१र८२ सम्म निजी र सार्वजनिक ग्राहकबाट उठाउन बाँकी रहेको रकम रु दुई करोड ३१ लाख […]

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले पायो आइपीओ बिक्रीको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ। बोर्डले कम्पनीलाई मंसिर २५ गते आईपीओ निष्कासनको अनुमति दिएको हो । कम्पनीले १३ करोड ७९ लाख ३५ हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १३ लाख ७९ लाख ३५० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्नेछ । कम्पनीको सेयर निष्कासन तथा […]

नेताहरु भाषण मात्रै गर्ने भए तर भाषणले रासन दिँदैन: सुशीला कार्की

काठमाडौं । सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीसमक्ष जय मातृभूमि पार्टीको एक प्रतिनिधिमण्डलले भेट गरी आज ज्ञापनपत्र बुझाएको छ । उक्त पार्टीले केवल चुनावको तयारीमा मात्र नलागी सरकारले सुशासनको मूल कार्यादेशमा केन्द्रित हुनुपर्ने धारणा राखेको छ। प्रतिनिधिमण्डलमा पार्टीका वरिष्ठ नेता क्याप्टेन केबी लिम्बू, सहअध्यक्ष रामशरण पाण्डे, महासचिव गोविन्द गिरीलगायत रहेका छन् । पार्टीले निर्वाचनको वातावरण बनाउन जेनजी […]

स्कोडा कायलाकको उपलब्धी : लन्च भएको ८ महिनामै ३० हजार युनिट बिक्री

काठमाडौं । स्कोडा इन्डियाले २०२४ को डिसेम्बरमा सार्वजनिक गरेको आफ्नो नयाँ इन्ट्री–लेभल एसयूभी स्कोडा कायलाक मार्फत् ३०,००० युनिट बिक्रीको आँकडा पार गरेर उल्लेखनीय उपलब्धि हासिल गरेको छ। यो एसयुभीले २०२५ जनवरीदेखि अगस्टसम्म ३०,१९० युनिट होलसेल बिक्री गर्दै ३० हजार थान बिक्रीको आँकडा पार गरेर बलियो ग्राहक स्वीकार्यता हासिल गरेको हो। यो तथ्यांकले भारतीय ग्राहकबीच स्कोडाप्रति […]

पाकिस्तानका पूर्व गुप्तचर प्रमुखलाई १४ वर्षको जेल सजाय

इस्लामाबाद । पकिस्ताको सैन्य अदालतले पाकिस्तानको शक्तिशाली “इन्टर–सर्भिस इन्टेलिजेन्स जासुसी” एजेन्सीका पूर्व प्रमुखलाई राज्यको गोप्यताको उल्लङ्घन र अख्तियारको दुरुपयोग लगायतका अभियोगमा १४ वर्षको जेल सजाय सुनाएको सेनाले बिहीबार जनाएको छ । जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको कार्यकालमा सेवा गरेका फैज हमिदलाई राजनीतिक गतिविधिमा संलग्न रहि व्यक्तिहरूलाई गलत क्षति पुगाएको अभियोगमा दोषी ठहर गरिएको सेनाले […]

भिजिट भिसा प्रकरण : सहसचिव भट्टराईसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसामा विदेश जाने नेपालीहरूसँग अवैध रूपमा पैसा उठाएको आरोपमा असुलीधन्दा चलाएको आरोपमा सहसचिव तिर्थराज भट्टराईसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख एवं सहसचिव भट्टराई सहित ७ व्यक्ति र दुई कम्पनीलाई विपक्षी बनाएर मुद्दा चलाएको हो । विशेष […]

भिजिट भिसा प्रकरणमा सहसचिव भट्टराईसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा सहसचिव तीर्थराज भट्टराईसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले ८० लाख रुपैयाँ बिगो माग गरी विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । भट्टराई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका प्रमुखसमेत हुन् । अख्तियारले भट्टराईलाई प्रमुख प्रतिवादी कायम गरेर शाखा अधिकृत यज्ञ अर्याल, ट्राभल एजेन्सीका बालकृष्ण […]

घोराही सिमेन्टको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा घोराही सिमेन्ट इन्डष्ट्रि लिमिटेडको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको बिहीबारको अन्तिम कारोबार मूल्य ४५६.१० रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात यसको सेयर भाउ ४१४.६४ रुपैयाँ कायम भएको छ । सोही भाउलाई आधार मानेर घोराहीको कारोबार खुल्नेछ ।

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको हो । मन्त्रिपरिषद कार्यालयका अनुसार  यो मन्त्रिपरिषद्को बैठक नियमित  हो । बैठकमा सरकारका कामकारबाहीबारे छलफल हुनुका साथै आवश्यक निर्णय गरिने बताइएको छ ।

सिटी होटलको हकप्रद सेयर सूचीकृत

काठमाडौं । सिटी होटल लिमिटेडको १ करोड ३३ लाख ९२ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । यस कम्पनीले सेयरधनीलाई जारी गरेको ८० प्रतिशत हकप्रद सेयर सूचीकृत गरिएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।