आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक सक्रिय रहेको न्यून चापीय रेखाको प्रभावका कारण देशका विभिन्न भूभागमा बदली, वर्षा तथा हुरी चल्ने पूर्वानुमान गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका अधिकांश हिमाली तथा पहाडी भूभागमा साधारणतया […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको […]

खोटाङमा पर्यावरण संरक्षण अभियान सुरु

खोटाङ। यस क्षेत्रमा रहेका जैविक विविधताको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पर्यावरण संरक्षण अभियान सुरु भएको छ। सोहीअन्तर्गत धुपी, लालीगुराँस, चिमाल, गोब्रेसल्ला, लोक्ता, पत्लिङ्गालगायत विभिन्न प्रजातिका दुई हजार ५०० बिरुवा रोपिएका छन्। साल्पा-सिलिचुङ क्षेत्रको प्रकृतिक सौन्दर्यलाई बचाइराख्न, जैविक विविधताको संरक्षण गर्न तथा पर्यटन प्रवर्द्धन गर्न वृक्षरोपण गरिएको साल्पा–सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्द्धन केन्द्र अन्तरराष्ट्रिय […]

बजेटको उच्च प्राथमिकतामा सुरुङमार्ग

काठमाडौं । मुलुकभित्र दुई वटा सुरुङमार्ग निर्माण सम्पन्न भई सञ्चालनको अन्तिम तयारीमा पुगेको बेला सरकारले थप स्थानमा सुरुङ निर्माण गर्ने योजना अगाडि सारेको छ । नागढुङ्गा–नौबिसे सुरुङमार्ग निर्माण सम्पन्न भइसकेको छ । सो सुरुङमार्ग सञ्चालनका लागि आवश्यक प्राविधिक तयारीको काम भइरहेको छ । सिद्धबाबा सुरुङमार्ग निर्माण सम्पन्न गरी आगामी असोजदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ […]

मुक्तिनाथमा दर्शनार्थी खचाखच

मुस्ताङ। हिन्दू तथा बौद्धधर्मालम्बीहरूको साँझा धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको भीड बढेको छ । लगातार चारदिने बिदाको मौका पारेर यहाँ दर्शनार्थी खचाखच छन् । दर्शनार्थीको बाक्लो उपस्थितले व्यवस्थापनमा समेत हम्मेहम्मे परेको मुक्तिनाथ विकास समितिले जनाएको छ । समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार बिहीबारदेखि शनिबार बिहानसम्म आन्तरिक तथा भारतीय दर्शनार्थीको बाक्लो उपस्थितिले व्यवस्थापनमा दबाब बढेको बताए। उनका […]

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले ढुवानी क्षेत्रलाई व्यवस्थित, मर्यादित र प्रविधिमैत्री बनाउन डिजिटल प्रणाली, भार नियन्त्रण र कर प्रणाली सुधार अपरिहार्य रहेको बताएका छन्। सेती महाकाली ट्रक यातायात व्यवसायी संघको १२ औँ वार्षिक साधारणसभालाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै उनले सडक सुरक्षा, ओभरलोड नियन्त्रण, सामाजिक सुरक्षा तथा व्यवसायिक एकतामा […]

तीन दूतावास र दुई महावाणिज्य दूतावास खारेज

काठमाडौं । आगामी आर्थिक वर्षदेखि सरकारले विदेशस्थित नेपालका तीन दूतावास, दुई महावाणिज्य दूतावास र भारतको दिल्लीस्थित नेपाली दूतावासको शाखा विशाखापटनमा रहेको कार्यालय खारेज गर्ने निर्णय गरेको छ । डेनमार्क, ब्राजिल र दक्षिण अफ्रिकामा रहेका नेपाली दूतावास, चीनको छेङ्दु र अमेरिकाको सानफ्रान्सिस्कोस्थित महावाणिज्य दूतावास खारेज गरिएको हो। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बदलिँदो आर्थिक कूटनीतिलाई मध्यनजर गरी […]

आर्थिक विधेयकमा जलविद्युत् प्रवर्द्धकलाई छुट

काठमाडौं ।सरकारले जलविद्युत् आयोजनाका लागि आर्थिक विधेयक मार्फत केही छुट तथा राहतको प्रबन्ध गरेको छ । जलविद्युत् आयोजनाको क्षमता अभिवृद्धि तथा डिजाइन परिवर्तन गर्ने सैद्धान्तिक सहमतिको आयोजना, सो को ठेकेदार वा आयोजनाको प्रवर्द्धकले उपकरणलगायतका सामग्री आयात गर्दा बैंक जमानत सुविधा दिइनेछ । आयोजनाको उत्पादन, प्रसारण तथा वितरणका लागि आवश्यक पर्ने पाटपूर्जा, औजार तथा सो को […]

ट्राफिक कारबाहीमा छ लाख ४४ हजार राजस्व सङ्कलन

काठमाडौं ।बितेका २४ घण्टामा एक हजार ७७३ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु छ लाख ४४ हजार ५०२ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १००, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका ११८, सङ्केत बत्ती उल्लङ्घनकर्ता १३६ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २३७ जनालाई कारबाही […]

महिलालाई सहभागी गराउने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता छ: उपराष्ट्रपति

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले महिलालाई आफ्ना अधिकारबारे सचेत बनाउँदै नेतृत्व, शिक्षा, उद्यमशीलता र सामाजिक योगदानमा सहभागी गराउने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । ८ औँ राष्ट्रिय महिला अधिकार दिवस, २०८३ को अवसरमा आज नेपाली दिदीबहिनीमा बधाई सहित सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै उनले सो आवश्यकता औँल्याएका हुन् । […]