रसुवागढी भन्सार कार्यालय : ९ महिनामा ६ अर्ब ४२ करोड राजस्व सङ्कलन

रसुवा । उत्तरी नाका रसुवागढीबाट चालु आर्थिक वर्षको नौ महिनामा रु ३१ अर्ब ३० करोड बराबरका सामान भित्रिएको छ । नेपाल–चीन व्यापारको महत्वपूर्ण नाकाका रुपमा रसुवागढी रहेको छ । रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईका अनुसार आयातित सामग्रीको मूल्याङ्कनबाट नौ महिनाको अवधिमा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन भएको हो । […]

चेल्सी एफए कपको फाइनलमा

काठमाडौं । एफए कपको सेमिफाइनलमा एन्जो फर्नान्डेजले पहिलो हाफमा गरेको हेडर गोल निर्णायक बन्दा चेल्सीले वेम्ब्लीमा लिड्स युनाइटेडलाई १-० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ। लियम रोजेनियरलाई बर्खास्त गरिएपछि चेल्सीले खेलेको पहिलो खेलमै जित हात पारेको हो। रोसेनियरलाई पदबाट हटाइएपछि सिजनको अन्त्यसम्मका लागि क्यालम म्याकफार्लेनलाई अन्तरिम प्रशिक्षकको जिम्मेवारी दिइएको छ। अब उनले चेल्सीलाई मे […]

लालीगुराँस महोत्सवमा साहित्यमय बन्यो चोत्लुङ पार्क

तेह्रथुम । यहाँको लालीगुराँस नगरपालिकास्थित चोत्लुङ पार्क शनिबार र आइतबार साहित्यमय बन्यो । वैशाख १० गतेदेखि सुरु भएको लालीगुराँस महोत्सवका अवसरमा आयोजित चोत्लुङ साहित्य गोष्ठीले साहित्यिक माहोल सृजना गरेको हो । गुराँसको राजधानी तीनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रको प्रवेशद्वार वसन्तपुर बजारको चोत्लुङ पार्कमा आयोजित चोत्लुङ साहित्य गोष्ठीमा भारत सिक्किमकी अनुसन्धाता एवं कवि सन्ध्या सिङ्जागो सुब्बाले कविता वाचन […]

वन्यजन्तुमैत्री छैन सिक्टाको पश्चिमी मूलनहर

बाँके । जिल्लामा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाको पश्चिमी मूलनहर वन्यजन्तुमैत्री नहुँदा अकालमै वन्यजन्तु मर्ने गरेका छन् । प्यास मेटाउन पुग्ने वन्यजन्तु नहरमै फसेर मर्ने गरेका हुन् । सिक्टा सिँचाइको पश्चिमी मूलनहरको अधिकांश भाग बाँके राष्ट्रिय निकुञ्ज क्षेत्र, सामुदायिक वन, राष्ट्रिय वन तथा सरकारद्वारा व्यवस्थित गरिएको चक्ला वन क्षेत्रमा पर्ने भएकाले जोखिम बढ्दो छ । गर्मीयाम […]

सुपर ओभरमा कोलकाताको जित

काठमाडौं । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आपिएल) मा आइतबार लखनऊ सुपर जायन्ट्सलाई सुपर ओभरमा पराजित गरेको छ। निर्धारित २० ओभरमा दुवै टोलीले १ सय ५५ रन बनाएपछि खेल बराबरी भएको थियो। तर सुपर ओभरमा कोलकाताले बाजी मार्यो। यो खेलमा रिंकु सिंहले उत्कृष्ट प्रदर्शन गर्दै कोलकाताको जितमा निर्णायक भूमिका खेले। उनले ५१ बलमा अविजित […]

बैशाख २९ गतेदेखि रिलायबल समृद्धि योजना २ निष्काशन गर्दै रिलायबल क्यापिटल

काठमाडौं । रिलायबल क्यापिटल इन्भेष्टेमन्ट एण्ड मर्चेन्टले बैशाख २९ गतेदेखि सामूहिक लगानी कोष रिलायबल समृद्धि योजना २ को इकाई सार्वजनिक निष्काशनमा ल्याउने भएको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो । रिलायबल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो योजना १० वर्षे बन्दमुखी प्रकृतिको […]

स्नो रिभर्सले बैशाख २९ गतेदेखि आईपीओ निष्काशन गर्ने

काठमाडौं ।  स्नो रिभर्स लिमिटेडले बैशाख २९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत अर्थात १८ करोड ७५ लाख रुपैयाँ […]

एभरेष्ट बैंकको नाफा ३ अर्ब ३२ करोड, मुख्य वित्तीय सूचकहरू कस्ता ? 

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको नाफामा गिरावट देखिएको छ । बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८१/०८२ को तेस्रो त्रैमासिक (चैत मसान्त) सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नफामा ३.७१ प्रतिशतले गिरावट आएको हो । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म ३ अर्ब ३२ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत […]

बैशाख २४ गतेदेखि सानिमा इक्विटी फण्ड २ निष्काशन गर्दै सानिमा क्यापिटल

काठमाडौं । सानिमा क्यापिटलले बैशाख २४ गतेदेखि सानिमा इक्विटी फण्ड २ निष्काशन गर्ने भएको छ। सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यो फण्ड एक बन्दमुखि योजना हो । सो योजना अन्तर्गत क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो। सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो […]

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा तातो दिन, अन्य प्रदेशमा बादल लाग्ने

काठमाडौं । पश्चिमी र स्थानीय वायु साथै नेपालको पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा आइतबार बदली भएको छ । कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्ने साथै मधेस प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल […]