कोशी र मधेश प्रदेशमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी र मधेश प्रदेशको एक–दुई स्थानमा […]

बकर इदले आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत पुग्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इद उल अज्हा (बकर इद)ले राष्ट्रिय भावनालाई प्रगाढ बनाउँदै आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् । मुस्लिम समुदायको महान् पर्व बकर इदको पावन अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दै […]

नेपालका चाडपर्वले एकताको सन्देश दिएका छन् : सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका विभिन्न समुदायका चाडपर्व, धर्म, संस्कृति, रीतिरिवाज र परम्पराले पारस्परिक सम्मान, सहिष्णुता र एकताको सन्देश दिएको बताएका छन् । बकर इदको अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले भने, “हाम्रो राष्ट्र बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहु–भेशभूषायुक्त सामाजिक संरचनाले बनेको सुन्दर फूलबारी हो, हाम्रो सामाजिक विविधताभित्र रहेको एकतार सहअस्तित्वको भावना नै हाम्रो […]

हरेक चाडपर्वहरूको ऐतिहासिक र विशिष्ट महत्त्व हुने गर्दछ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर ईद (ईद–उल–अज्हा) को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली एवं इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गरेका छन् । “बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त नेपाल र नेपाली समाजका लागि बकर ईद (उल–अज्हा) लगायतका पर्वहरू कुनै समुदाय […]

हरेक धर्ममा त्यागको ठूलो महत्व हुन्छ : उपराष्ट्रपति

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले विकसित, सुखद् र सम्पन्न व्यवस्था प्रणाली एवं सभ्यताको निर्माणको निम्ति उन्नत दृष्टिकोण तथा देशभक्तिको भाव हुनुपर्ने आवश्यकता उल्लेख गरेका छन् । बकर इदको अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले भनेका छन्, “मानवता मानिसको मूल धर्म हो, यसको संरक्षण आवश्यक छ, धर्मको यो मूल मर्मको उपासना, आत्मसात र अंगिकार सबै मानव […]

समृद्ध समाज निर्माणमा बकर इद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बकर इदको शुभकामना व्यक्त गरेका छन् । आज सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले पवित्र पर्व इद–उल–अज्हाको अवसरमा स्वदेश तथा विदेशमा सबैलाई शुभकामना व्यक्त गरेका हुन् । “बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक हाम्रो देशमा यस पर्वले आपसी सद्भाव, सामाजिक एकता र राष्ट्रिय एकतालाई अझ बलियो बनाओस्, न्यायपूर्ण, सहिष्णु र समृद्ध समाज निर्माणमा […]

नर्थ समीट हाइड्रोले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल

काठमाडौं । नर्थ समिट हाइड्रो लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले प्राथमिक शेयर निष्काशनका लागि संस्थागत परामर्श सेवाका साथै निष्काशन तथा बिक्री प्रबन्ध सेवा प्रदान गर्नको लागि माछापुच्छ्रे क्यापिटलसँग सम्झौता गरेको छ । सम्झौतामा माछापुच्छ्रे क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र निष्काशनकर्ता कम्पनी नर्थ समिट हाइड्रो लिमिटेडको तर्फबाट […]

सानिमा फ्लेक्सी फण्डको इकाई खरिद बिक्री जेठ अन्तिम सातादेखि 

काठमाडौं । सानिमा क्यापिटलले सञ्चालनमा ल्याएको खुलामुखी सामुहिक लगानी कोष योजनाको इकाईहरु जेठ अन्तिम सातादेखि खरिद बिक्रीमा अर्थात् २६ गतेदेखि खरिद बिक्री गर्न सकिने भएको छ । सानिमा क्यापिटलले सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरि सानिमा फ्लेक्सी फण्ड नामको खुलामुखी फण्ड सञ्चालनमा ल्याएको हो । यस फण्डको सार्वजनिक निष्काशन गत फागुन ६ देखि फागुन […]

एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरपालिकाबीच सीप विकास प्रवर्द्धन गर्न सहकार्य

काठमाडौं । एमएडब्लू इन्टरप्राइजेज प्रालि र काठमाडौं महानगरपालिका (केएमसी) बीच एक औपचारिक सम्झौता सम्पन्न भएको छ, जसअनुसार दुवै पक्ष मिलेर काठमाडौँको टुँडिखेलमा जनशक्तीको निर्माण र विकासमा केन्द्रित SEEP मेला आयोजना गर्नेछन्। यो सहकार्यको मुख्य उद्देश्य सीपमूलक व्यवसायिक तालिमको प्रबर्धन गर्दै रोजगारीको अवसर सृजना गर्नु हो। जेठ ७ बाट सुरु भइसकेको SEEP (Skill and Employment Enhancement Program) […]

सिप मेला २०८२ का लागि काठमाडौं महानगरपालिका र एनसेल फाउन्डेसनबीच सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौं । एनसेल फाउन्डेसनले ‘सिप मेला २०८२’ को लागि काठमाडौं महानगरपालिकासँग साझेदारी गरेको छ । सिप विकास अन्तर्गत काठमाडौं महानगरपालिकाले आयोजना गरेको यो सबैभन्दा ठूलो सिप विकास कार्यक्रम हो । यस कार्यक्रम अन्तर्गत, व्यवहारीक र रोजगारीमुखी सीपमा तालिम दिइने लक्ष्य लिइएको छ, जसले सहभागिहरुको रोजगारी सम्भावना वृद्धि गर्दै दिगो जीविकोपार्जनमा सहयोग पुऱ्याउने छ । काठमाडौं महानगरपालिकाद्वारा […]