निर्माण सम्पन्न भएर अलपत्र आधारभूत अस्पताल साउनबाटै सञ्चालनमा ल्याउने तयारी

काठमाडौं । श्रोत अभावका कारण सञ्चालनमा आउन नसकेका आधारभूत अस्पतालहरु आगामी साउन महिनाबाटै सञ्चालनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले तयारी अघि बढाएका छन् । निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेका तथा पूर्ण क्षमतामा चल्न नसकेका यस्ता अस्पतालको संख्या ५७ छ । नयाँ आर्थिक वर्षमा समेत थप यस्ता अस्पताल निर्माणको योजना छ । […]

मधेस सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

जनकपुर । मधेस प्रदेश सरकारले आज प्रदेशसभामा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । प्रदेशसभामा प्रदेशप्रमुख सुमित्रा भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । कृषिलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरिने मधेस नीति आयोग उपाध्यक्ष सोहनप्रसाद साहले जानकारी दिए । नीति तथा कार्यक्रममा विशेषतः शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीलाई प्राथमिकतामा राखिएको उनले बताए […]

गुन्द्रुक प्रतिकिलो रु ३५०, तामा एक सय

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७९, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५६, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४८, आलु रातो प्रतिकिलो […]

प्रभु क्यापिटलको ईकाई खरिदका लागि आजदेखि आवेदन दिन सकिने

काठमाडौं ।  प्रभु क्यापिटल लिमिटेडले खुलामुखी प्रकृतिको म्युचुअल फण्ड योजना ‘प्रभु सिस्टमेटिक इन्भेष्टमेण्ट स्किम’ सार्वजनिक निष्काशनमा ल्याएको छ । उक्त स्किम अन्तर्गतका इकाईमा आजदेखि आवेदन दिन सकिनेछ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा २५ करोड रुपैयाँ बराबरका २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि निष्कासन गरेको हो । कुल ४ करोड इकाईको संरचनामा रहेको […]

मुलुकमा डिलक्स सहितको पाँचतारे होटलको संख्या २१४ पुग्यो

काठमाडौं । मुलुकमा पर्यटन क्षेत्रको विकास भइरहँदा पछिल्लो सयम होटल, लज तथा रिसोर्टको संख्या समेत बढेको छ । संस्कृति, पर्यटन तथा नागरिक उडडयान मन्त्रालयका अनुसार मुलुकमा पछिल्लो समय डिलक्स सहितको पाँचतारे होटलेको संख्या ह्वात्तै बढेको छ । मन्त्रालयका अनुसार हाल मुलुकमा डिलकक्स सहितको पाँचतारे होटल २१४ वटा छ । गत वर्षको तुलनामा भने डिलक्स सहितको […]

११ लाख १९ हजार कित्ता आईपीओ जारी गर्दै हिम स्टार ऊर्जा कम्पनी, जेठ ३० देखि आवेदन

काठमाडौं । हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले जेठ ३० गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मार्फत साधारण शेयर बिक्री शुरु गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूलाई लक्षित गर्दै आईपीओ निष्काशन गर्न लागेको हो । कुल ३७ करोड ३० लाख रुपैयाँको जारी पूँजीमध्ये ३० प्रतिशत हिस्सा अर्थात […]

ट्रम्पद्वारा १२ देशका नागरिकलाई प्रतिबन्ध लगाउने घोषणापत्रमा हस्ताक्षर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार साँझ एक घोषणापत्रमा हस्ताक्षर गर्दै केही देशहरूबाट अमेरिकामा यात्रा प्रतिबन्ध लगाउने निर्णय गरेका छन् । यो प्रतिबन्ध अन्तर्गत १२ देशका नागरिकहरूको अमेरिका प्रवेशमा पूर्णरूपमा रोक लगाइनेछ । जसमा अफगानिस्तान, म्यानमार (बर्मा), चाड, कंगो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, हाइटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन रहेका छन् । यस्तै […]

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्ने गरी निर्धारण भएको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ । […]

टीपीएस सुविधा खारेज गर्दै नेपालीका लागि अमेरिकाको सूचना : दुई महिनाभित्र आफ्नो देश फर्कनू

काठमाडौं ।  अमेरिकाले नेपाली नागरिकलाई दिएको टेम्पररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा खारेज गर्ने भएको छ । सशस्त्र द्वन्द्व र अन्य प्रलय तथा स‌ंकटमा रहेका मुलुकका आप्रवासीलाई अमेरिकाले सन् २०१५ देखि आफ्नो देशमा आश्रय दिइरहेको थियो । सशस्त्र द्वन्द्व तथा अन्य कारणले नेपालमा बस्न नसकेको बताउँदै अमेरिकामा आश्रय लिएका नेपालीको संख्या साढे तीन लाख बढी रहेको […]

अमेरिकी डलरको मूल्य घट्दा पाउन्ड र युरोको मूल्य बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको मूल्य घट्दा बेलायती पाउन्ड र युरोपियन युरोको मूल्य भने बढेको छ । आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५७ पैसा कायम भएको छ ।  हिजो अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ […]