च्याम्पियन्स लिग : टोटेनहम जित, युभेन्टस र डर्टमुन्डको रोमाञ्चक बराबरी

काठमाडौं । च्याम्पियन्स लिगको पहिलो साताको पहिलो दिन मंगलवार आर्सनल, रियल म्याड्रिड र टोटेनहमले विजयी सुरुवात गरेका छन् । युभेन्टस र बोरुसिया डर्टमुन्डबीचको खेल ४–४ को नाटकीय बराबरीमा टुंगियो। इंग्लिस क्लब टोटेनहमले घरेलु मैदानमा भिल्लारियलविरुद्ध १–० को जित निकाल्दा भाग्यमानी गोल निर्णायक बन्यो। खेलको चौथो मिनेटमै निर्णायक गोल भयो। लुकास बर्गवालले रिचार्लिसनलाई क्रस गर्दा गोलकिपर लुइज […]

कामना सेवा विकास बैंकको साधारसभा असोज २४ गते, १५.७९ प्रतिशत लाभांश पारित गर्ने

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको वार्षिक साधारणसभाको मिति घोषणा गरेको छ । बैंकले असोज २४ गतेका लागि साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्ने छ । बैंकको १९ औँ साधारणसभा असोज २४ गते, शुक्रबार, लिसारा रिसेप्शन, भगवती बहाल, नक्साल, […]

एसवाई प्यानलले असोज ७ गतेदेखि आईपीओ निष्काशन गर्दै

काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले असोज ७ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । भदौ २९ गतेदेखि आईपीओ निष्काशनको तयारीमा रहेको यस कम्पनीले विषम परिस्थितिका कारण असोज ७ गतेदेखि निष्काशन गर्न लागेको हो । कम्पनीले जारी […]

१० खेलाडीका बाबजुद रियलको विजयी सुरुवात

काठमाडौं ।  रियल म्याड्रिडले च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ । १० खेलाडीमा सिमित रहेर खेल अन्त्य गरेको रियलले मार्सेलाई २–१ ले हराएको हो । पछि परेको खेलमा प्राप्त २ पेनाल्टीलाई केलियन एम्बाप्पेले गोल गर्दै टोलीलाई जित दिलाए । खेलको तेस्रो मिनेटमै ट्रेन्ट एलेक्जान्डर–अर्नोल्ड ह्यामस्ट्रिङ चोटका कारण बाहिरिँदा रियल समस्यामा परेको थियो । त्यसपछि उनको […]

पर्यटक लोभ्याउँदै भोजपुरको ‘सुन्तले–बाघखोर’

भोजपुर । भोजपुरको सुन्तले–बाघखोर क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ । सदरमुकाम नजिकै पर्ने यो रमणीय स्थान आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो । यहाँ स्थानीय परिकारको स्वाद चाख्दै, सुन्दर हिमशृङ्खला र मनोरम दृश्यको अवलोकन गर्न पाइन्छ । प्राकृतिक सौन्दर्यसँगै सांस्कृतिक विविधताको अनुभव लिन पनि यो ठाउँमा आन्तरिक पर्यटकको चाप बढ्न थालेको छ […]

च्याम्पियन्स लिग : आर्सनल र रोयाल युनियनको विजयी सुरुवात

काठमाडौं । च्याम्पियन्स लिगमा आर्सनल र रोयाल युनियन एसजी विजयी भएका छन् । आर्सनलले आफ्नो पहिलो खेलमा एथलेटिक क्लबलाई २–० ले पराजित गरेको छ । दोस्रो हाफमा गेब्रियल मार्टिनेलीले मैदान छिरेको ३६ सेकेन्डमै गोल गरे गर्दै टोलीलाई अग्रता दिलाए । उनले ७१ औं मिनेटमा लिआन्द्रो ट्रोसार्डको पासमा गोल गरेका हुन् । ८६औं मिनेटमा ट्रोसार्डले गोल […]

कोराला नाका सञ्चालनले व्यवसायी उत्साही

म्याग्दी । मुस्ताङको कोरला नाकाबाट नेपाल र चीनबिचको व्यापारिक गतिविधि सुरु भएपछि गण्डकी र लुम्बिनी प्रदेशमा व्यवसायको नयाँ अवसर सिर्जना भएको व्यवसायीले बताएका छन् । तातोपानी र रसुवा नाका अवरुद्ध भएपछि नेपाली व्यापारीहरूले कोराला नाकाबाट मुस्ताङ, म्याग्दी हुँदै राजधानी काठमाडौँमा चिनियाँ सामग्री आयात, निर्यात गर्न थालेका हुन् । विसं २०८० कात्तिक २७ गतेदेखि उपल्लो मुस्ताङका […]

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला । पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका–१ स्थित गगनेखोलामा गए राति पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको हो । ‎गगनेखोला क्षेत्रमा यसअघि पनि पटकपटक पहिरो गई राजमार्ग अवरुद्ध हुँदै आएको थियो । ‎गगनेखोला कर्णाली राजमार्गको सबैभन्दा बढी जोखिम ठाउँ पनि हो । अविरल वर्षाले खसेको पहिरोले राजमार्ग पूर्ण […]

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५०, […]

आज देशभर सार्वजनिक बिदा

काठमाडौं । सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार मन्त्रिपरिषद्को यही भदौ ३० गतेको निर्णयअनुसार असोज १ गतेलाई सार्वजनिक बिदा घोषणा गरिएको हो । जारी विज्ञप्तिमा भनिएको छ, “यही भदौ २३ र २४ गते जेनजी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा […]