अल इन्डिया गोल्डकप खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका र कञ्चनपुर जिल्ला क्रिकेट सङ्घले अल इन्डिया गोल्डकप क्रिकेट प्रतियोगिता खेल्ने नेपालको ए राष्ट्रिय टोलीको बिदाइ गरेको छ। आज भीमदत्त नगरपालिकाका नगर उपप्रमुख निलम जोशी र जिल्ला क्रिकेट सङ्घ कञ्चनपुरका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले भारतको उत्तराखण्डमा सञ्चालन हुने ४२औँ अल इन्डिया गोल्डकप क्रिकेट प्रतियोगिता खेल्ने नेपालको ए राष्ट्रिय टोलीको बिदाइ गरेका […]

घैलाडुब्बा पर्यटकीय गन्तव्यमा रूपान्तरण हुँदै

झापा । मेचीनगर–५ र ८ स्थित ऐतिहासिक एवं पुरातात्विक महत्व बोकेको घैलाडुब्बा शिव तथा देवी मन्दिर पछिल्लो समय धार्मिक पर्यटकीय क्षेत्रका रूपमा प्रवद्र्धन हुन थालेको छ । महाभारतकालीन पौराणिक कथा र राणाकालीन इतिहाससँग जोडिएको यो मन्दिर पूर्वी क्षेत्रकै सबैभन्दा पुरानो धार्मिकस्थलमध्ये एक मानिन्छ । विसं २०१५ मा स्थानीय कुमारसिंह चौधरी र पानेश्वरी चौधरीले मन्दिर बनाएको […]

घट्यो पर्यटकको दैनिक खर्च

काठमाडौं । नेपाल भ्रमणमा आएका पर्यटकको औसत दैनिक खर्च १९ प्रतिशतले घटेको छ । सरकारद्वारा हालै सार्वजनिक गरिएको आर्थिक सर्वेक्षणले पर्यटक भित्रिए पनि खर्च भने घटेको देखाएको हो । नेपाल पर्यटन व्यवसायी सङ्घका अध्यक्ष कुमारमणि थापाले पर्यटकले खर्च नगर्ने हो भने पर्यटनबाट मुलुक समृद्धिको लक्ष्य हासिल गर्न कठिनाइ हुने बताए । उनका अनुसार नेपाल आउने […]

राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रममा सात लाख बेरोजगार सूचीकृत

काठमाडौं । सरकारद्वारा सञ्चालित ‘राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम’ मा चालु आर्थिक वर्षको फागुनसम्म सात लाख ४५ हजार ४३५ जना बेरोजगार व्यक्ति सूचीकृत भएका छन् । सरकारको चालु आर्थिक सर्वेक्षण अनुसार आव २०८१/८२ मा ७३६ स्थानीय तहका सात लाख ९७ हजार ७२५ बेरोजगार व्यक्ति सूचीकृत भएका उल्लेख छ । तीमध्ये ५५ हजार १५१ जनाले औसत ७१ […]

छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव जेठ १७ देखि काठमाडौँमा

काठमाडौं । आदिवासी जनजाति चलचित्र महासङ्घको आयोजनामा ‘छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव – २०८३’ जेठ १७ गतेदेखि सुरु हुने भएको छ । काठमाडौँस्थित चलचित्र विकास बोर्डमा जेठ १७, १८ र १९ गते आयोजना हुने भएको हो । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आदिवासी जनजाति चलचित्र महासङ्घले नेपालजस्तो बहु–भाषिक, बहु–सांस्कृतिक र बहु–धार्मिक विशेषता बोकेको मुलुकमा […]

सेमिफाइनलमा नेपालको हार

काठमाडौं । हार बेहोरेसँगै नेपाल काभा महिला भलिबल च्याम्पियनसिपको फाइनल दौडबाट बाहिरिएको छ। त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कर्भडहलमा बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा साबिक विजेता इरानसँग नेपाल ३–० को सोझो सेटमा पराजित भएको हो। योसँगै नेपालले शुक्रबार तेस्रो स्थानका लागि भारतसँग खेल्नेछ। समूह चरणमा भारतले नेपाललाई ३–२ को सेटमा पराजित गरेको थियो। भारत भने […]

विदेशमा रहेका नेपालीलाई स्वदेश फर्किन सभामुखकाे आग्रह

धादिङ । सभामुख डोलप्रसाद अर्यालले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्किन आग्रह गरेका छन्। धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१, सल्यानटारस्थित नृसिंहधाममा आयोजित एक महिने पुरुषोत्तम महोत्सव अवलोकनमा पुगेका सभामुख अर्यालले यस्ताे बताएका हुन्। पुरुषोत्तम महोत्सव स्थलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख अर्यालले देशको संविधान र कानुनको पूर्ण पालना गर्न सरकार कटिबद्ध रहेको बताए।

याङ्गो डेलिभरीले उत्कृष्ट कुरियर पार्टनरलाई सम्मान

काठमाडौं । याङ्गो डेलिभरीलेले काठमाडौंमा एक विशेष कार्यक्रम आयोजना गरी उत्कृष्ट प्रदर्शन गर्ने कुरियर पार्टनरहरूलाई सम्मान गरेको छ। कार्यक्रममा उत्कृष्ट काम गर्ने केही पार्टनरलाई स्मार्टफोन र स्मार्टवाच प्रदान गरिएको थियो भने अन्य पार्टनरहरूलाई दैनिक डेलिभरी कार्य सहज बनाउन थर्मोब्याग वितरण गरिएको थियो। यो पहल नेपालमा याङ्गोको डेलिभरी पार्टनर नेटवर्कलाई अझ बलियो बनाउन र काठमाडौंका प्रयोगकर्तालाई राम्रो […]

राष्ट्रपतिलाई अर्थमन्त्रीले गराए बजेटबारे जानकारी

काठमाडौं ।  अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी आर्थिक वर्षको बजेटबारे जानकारी गराएको छ । बिहीबार अपरान्ह राष्ट्रपति कार्यालय शितल निवास पुगेर उनले आर्थिक वर्ष २०८३/८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) बारे राष्ट्रपतिलाई जानकारी गराएका हुन । भेटमा अर्थमन्त्री डा.वाग्लेले संसद्मा पेस गरेको आर्थिक सर्वेक्षण २०८२/८३ र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा […]

मुग्लिन–पोखरा सडक विस्तारमा सुस्त प्रगति, तेस्रोपटक थपिएको म्यादभित्र पनि सम्पन्न नहुने संकेत

कास्की । पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण सुस्त बनेको छ । पाँच वर्षअघि सुरुआत भएको सडक विस्तार तथा स्तरोन्नति पटक–पटक म्याद थप हुँदासमेत अझै पूरा हुन सकेको छैन । तनहुँको जामुनेदेखि पोखराको सेतीपुलसम्मको ३८ दशमलव ७१ किलोमिटर सडकखण्ड पश्चिम खण्डअन्तर्गत पर्दछ । आयोजनाको म्याद गत पुसमा तेस्रोपटक थप गर्दै आगामी असार […]