भोलि बजेट आउने भए सँगै भन्सारमा आएका प्रज्ञापनपत्र आजै जाँचपास गर्न निर्देशन
काठमाडौं ।भन्सार विभागले देशभरका भन्सार कार्यालयहरुलाई सर्कुलर पठाउँदै बिहीबारसम्म दर्ता हुन आएका प्रज्ञापनपत्र आजै जाँचपास गरिसक्न भनेको छ। जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउने र त्यसका करका दरहरु फेरबदल हुन सक्ने भएकाले आजसम्मका सबै प्रज्ञापनपत्र जाँच पास गर्न भनेको हो। विभागले भन्सार कार्यालयहरुका लागि जारी गरेको सर्कुलरमा भनिएको छ, ‘मिति २०८३/०२/१४ सम्म […]

