नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई गृहसचिव रामेश्वर दंगालले दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। बिहीबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा सचिव दंगालले कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। उनलाई गृह सचिव रामेश्वर दंगालले दर्ज्यानी चिह्न लगाइदिए । मन्त्रिपरिषद्को सोमबारको बैठकले वरिष्ठतम एआईजी कार्कीलाई महानिरीक्षकमा बढुवा गरेको हो। ३० वर्षे सेवाअवधिका कारण महानिरीक्षक चन्द्रकुबेर खापुङ अवकाशमा […]

दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान सवा ११ बजे सिंहदरबारस्थित समितिको कार्यकक्षमा बस्नेछ । बैठकमा अध्यागमन विभाग तथा कार्यालयको अवलोकन सम्बन्धमा छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा शान्ति सुरक्षाको अवस्था र आगामी […]

बक्यौता असुलीको प्रक्रिया अब नयाँ चरणमा प्रवेश : कुलमान घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले विद्युत् बक्यौता असुली प्रक्रिया नयाँ चरणमा प्रवेश गरेको बताएका छन्। आज सामाजिक सञ्जालमार्फत् घिसिङले विगतमा राजनीतिक तहबाट हुने हस्तक्षेपका कारण बक्यौता असुली प्रभावित भए पनि अब यो समस्या हटेको बताएका हुन्। पछिल्लो समय उद्योगले बक्यौता रकम तिरे सँगै उनले को निरन्तर चासो, निगरानी र खबरदारी कारण अब […]

३ महिनामा भवन नक्सा सम्बन्धी ७३२ वटा प्रक्रिया सम्पन्न

काठमाडौं। काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलाे तीन महिनामा ७३२ वटा भवन नक्सा सम्बन्धी प्रक्रिया टुङ्ग्याएको छ । यसमा प्लिन्थ लेभलसम्मको इजाजत २३८ वटाको र तला थप इजाजत ७ वटाका लागि प्रदान गरिएको छ । भवन निर्माण सम्पन्न प्रमाण पत्र ३९९ वटा जारी गरिएको छ । ४ वटाको डीपीसी ट्रान्सफर र ८४ वटाको स्वामित्व हस्तान्तरण […]

एकै दिन तोलामा ५ हजार ९ सयले बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य ५ हजार ९ सय बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला २ लाख ५० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको मूल्य प्रतितोला २ लाख ४४ हजार ३ सय थियो । यसदिन चाँदिको मूल्य प्रतितोला १ सय ७० रुपैयाँले बढेको छ […]

कुमारी बैंकले लाभांश नदिने

काठमाडौं । कुमारी बैंकले यस वर्ष पनि लाभांश नदिने भएको छ ।  बैंकको कार्तिक २६ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने र सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउन निर्णय गरेको हो ।

पोखरा–मुग्लिन सडकः पश्चिम खण्डको १८ किलोमिटर कालोपत्र

तनहुँ । पोखरा–मुग्लिन सडकको पश्चिम (पोखरा–जामुने) खण्डमा १८ किमी (दुई लेन) कालोपत्र सम्पन्न भएको छ । ३८ किलोमिटर लामो यो सडक खण्डमा हालसम्म ३७ किलोमिटर एकतर्फी कालोपत्र भइसकेको छ । उक्त खण्डका इन्जिनियर सहनशीला कायस्थका अनुसार हालसम्म उक्त सडकको भौतिक प्रगति ५९.८९ र वित्तीय प्रगति ४७.८० प्रतिशत प्रगति भएको छ । उनले भने “२९.६१ किमीमा […]

साहस उर्जाको विद्युत बिक्रीबाट हुने आम्दानी ९२ करोड ४६ लाख, कमायो ४९ करोड ४८ लाख नाफा

काठमाडौं । साहस उर्जा लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ४९ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको असोजसम्म कम्पनीले ४० करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । विद्युत बिक्रीबाट हुने आम्दानी ८६ करोड ७१ लाखबाट बढेर ९२ करोड ४६ लाख रुपैयाँ पुगेको छ । विद्युत बिक्रीबाट हुने आम्दानी […]

नेपाल राष्ट्र बैङ्कले ५० रुपैयाँ दरका ४२ करोड थान पैसा छाप्ने चिनियाँ कम्पनी छनौट

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरको  ४२ करोड थान नयाँनोट छपाई र आपुर्तिको लागि  चिनियाँ कम्पनी ‘चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन’ बिईजिङ चाइनासँग सम्झौता गरेको छ । नेपाल राष्ट्र बैङ्कले ५० रुपैयाका नोट छपाई र आपुर्तिको लागि २०९८२ साउन ९ मा प्रखाशीत गरेको सुचनाका आधारमा रित पुर्बक आबेदन पेश गरेका कम्पनी […]

नेपाल वायु सेवा निगमको महाप्रबन्धक पदका लागि दरखास्त माग

काठमाडौं । नेपाल वायु सेवा निगमको रिक्त महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको छ ।  महाप्रबन्धक छनौट समितिले जारी गरेको सुचना अनुसार नेपाल वायु सेवा निगमले खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्ति गर्न लागेको हो  । महाप्रबन्धक नियुक्त हुनको लागि  इच्छुक तथा योग्य नेपाली नागरिकले  आजको मितिले  १५ दिनभित्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आवेदन दिनु पर्नेछ ।  महाप्रबनधक नियुक्ति […]