अर्थमन्त्री पौडेल र आईएमएफ मिसन प्रमुखबीच भेटवार्ता

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)की मिसन प्रमुख सरवत जहानबीच शिष्टाचार भेटवार्ता भएको छ । विस्तारित कर्जा सुविधाअन्तर्गत छैटौँ समीक्षाका लागि आईएमएफको टोली नेपाल आएको छ । सोही अवसरमा अर्थमन्त्री पौडेलसँग भेटवार्ता भएको हो । सो अवसरमा अर्थमन्त्री पौडेल र मिसन प्रमुख जहानबीच छैटौँ समीक्षा, संरचनागत सुधार लगायतका विषयमा […]

बैंकिङ प्रणालीबाट ७० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि नेपाल राष्ट्र बैंकले सोमबार ७० अर्ब रुपैयाँ तरलता (ऋण दिन मिल्ने रकम) खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको […]

सन नेपाल लाइफको हकप्रदमा आवेदन दिने म्याद थप

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने म्याद थप गरिएको छ। मागअनुसार पर्याप्त आवेदन नपरेपछि सेयर बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले म्याद थप गरिएको जानकारी दिएको हो । यसअघि कम्पनीको हकप्रद सेयरमा जेठ १९ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो । अब भने सेयरधनीहरूलाई असार ३ गतेसम्म बैंकिङ […]

चार संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सोमबार एकै पटक चार वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ । बैठकमा बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा अर्थ मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल राष्ट्र बैंकसँग छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे नै बस्ने […]

हजारले बढ्यो सुन

काठमाडौं । आज नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । सुन प्रति तोला एक हजार रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रति तोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य १ लाख ८८ हजार ८०० रुपैयाँ थियो । चाँदीको मूल्य […]

राइड सेयरिङ तथा सेल्फ ड्राइभ अनुमति विरुद्ध यातायात व्यवसायीको आन्दोलन, गृहमन्त्रीसँग छलफल जारी

काठमाडौं । सरकारले राइड सेयरिङ सेवा र सेल्फ ड्राइभ सवारी सञ्चालनलाई कानुनी मान्यता दिने निर्णयको विरोधमा देशभरका यातायात व्यवसायी आज एकदिनका लागि सडकबाट ओझेलिएका छन्। ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा व्यवसायीहरुले सार्वजनिक यातायात सेवा पूर्णरूपमा ठप्प पारेका छन्। व्यवसायीको यस आन्दोलनका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा सार्वजनिक यातायात चल्न नसक्दा सर्वसाधारण यात्रुहरु मर्कामा […]

उत्पादनलाई प्रोत्साहन गरेको सन्तुलित बजेट : परिसंघ

काठमाडौं । नेपाल उद्योग परिसंघले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटलाई सन्तुलित बताएको छ । आइतबार विज्ञप्ति जारी गर्दै सरकारले वर्तमान अर्थतन्त्रको चुनौती पहिचान गर्दै गतिशिल अर्थतन्त्र निर्माण गर्न निजी क्षेत्रको लगानी बढाउन सहयोग गर्ने गरी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गरेको बताएको हो । बजेट सन्तुलितसँगै केही क्षेत्रलाई उच्च प्राथमिकता दिएकोमा सरकारले बजेटमार्फत […]

आजदेखि देशभर यातायात बन्द, राइड शेयरिङविरुद्ध व्यवसायीको आन्दोलन

काठमाडौं । सार्वजनिक यातायात क्षेत्रका विभिन्न संघसंस्थाले सोमबारदेखि देशव्यापी अनिश्चितकालीन सवारी सेवा बन्द गरेका छन् । ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति २०८२’ को आह्वानमा गरिएको आन्दोलन अन्तर्गत सार्वजनिक सवारीसाधन ग्यारेजमै थन्क्याइएको छ । संघर्ष समितिका अनुसार गण्डकी प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’सम्बन्धी व्यवस्थाले सार्वजनिक यातायात क्षेत्रलाई विस्थापित गर्ने खतरा बढेको भन्दै आफूहरूले त्यसको विरोधमा […]

अकबरे खुर्सानीको मूल्य किलोकै एक हजार

खोटाङ । अकबरे खुर्सानीको मूल्य यहाँ हालसम्मकै उच्च भएको छ । सदरमुकाम दिक्तेल बजारमा अकबरे खुर्सानी प्रतिकिलो रु एक हजारमा बिक्री भइरहेको छ । दिक्तेलका व्यापारीले गाउँका कृषकबाट प्रतिकिलो रु ७०० देखि ८०० सम्ममा खरिद गरी ग्राहकलाई रु एक हजारमा बिक्री गर्ने गरेका छन् । मूल्य महङ्गो भएपनि स्वादिलो र औषधीय गुण भएकाले उपभोक्ताले अकबरे […]

ट्रेड टावरको आईपीओमा आवेदन दिने म्याद थप

काठमाडौं । ट्रेड टावर लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक शेयर (आईपीओ)मा आवेदन दिने अवधि एक दिन थप गरिएको छ । अब लगानीकर्ताले जेठ २० गते अर्थात् भोलिसम्म आवेदन दिन सक्नेछन् । यसअघि आईपीओमा आवेदन दिने अन्तिम म्याद जेठ १९ गतेसम्म तोकिएको थियो । कम्पनीले जारी पुँजीको ४८.६९६ प्रतिशतका दरले ३९ लाख ७१ हजार ६९३ […]