एमालेले आज ७५३ वटै पालिकाममा जनप्रदर्शनका कार्यक्रम गर्दै

काठमाडौं । नेकपा एमालेको जनपरिचालन कार्यक्रम अन्तरगत आज सबै ७५३ वटै पालिकामा जनप्रर्दशन गर्न लागेको छ  । प्रतिगामी षडयान्त्रका विरुद्ध एमालेले देशैभरी जनपरिचालन गर्ने निर्णय गरे अनुसार वडा,पालिका,जिल्ला र राष्ट्रिय रुपमा जनप्रर्दशनका कार्यक्रमहरु सार्वजनिक गरेको थियो । पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार २२ गते देशका सबै ६ हजार ७ सय ४३ […]

सुनकोशी–मरिण डाइभर्सनको ठेक्का सम्झौता खारेज

काठमाडौं । लामो समयदेखि विवाद र ढिलासुस्तीमा फँसेको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण ठेक्का अन्ततः सरकारले रद्द गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले एम/एस पटेल–रमन जेभी, जनकपुर–९, धनुषासँग गरिएको ठेक्का सम्झौता औपचारिक रूपमा समाप्त गरिएको छ । विभागले सोमबार एक निर्णय गर्दै सम्झौता रद्द गरेको  हो । ठेक्का सम्झौता संविदा […]

आधिकारिकताबिनाका सामान खरिद नगर्न प्रहरीको आग्रह

पर्सा । पर्सामा विभिन्न व्यापारिक प्रतिष्ठानको बिलबिजक नक्कली बनाएर कारोबार गर्ने प्रवृत्ति देखिएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरिबहादुर बस्नेतले केही दिनयता सामाजिक सञ्जालमार्फत विभिन्न प्रतिष्ठित व्यापारिक प्रतिष्ठानहरूको बिलबिजक नक्कली बनाइ त्यस्ता बिलबिजकमार्फत विभिन्न व्यापारिक समूहबाट सामान खरिद गरेर ठगी गर्ने प्रवृत्ति बढेकाले सचेत रहन अनुरोध गरे । “नक्कली बिलबिजक बनाएर यहाँ सिमेन्ट, […]

जीवन विकास लघुवित्तको संस्थापक सेयर लिलाम बिक्रीमा, मूल्य कति ?

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर लिलाम बिक्रीमा राखेको छ । लघुवित्तले ४ जना संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको ४९ हजार ५० कित्ता संस्थापक सेयर लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्रीमा राखेको छ । कम्पनीले यी सेयर प्रतिकित्ता न्यूनतम ५०० रुपैयाँमा बिक्रीमा राखेको छ । सेयर खरीदका लागि बोलपत्र पेश गर्दा कम्तीमा २५० […]

युनिलिभर नेपालको साधारणसभा आज, लाभांश प्रस्ताव पारित गर्ने

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडको बत्तीसौं वार्षिक साधारणसभा आज कात्तिक २५ गते मंगलबार अपरान्ह ४ः३० बजे हेटौंडास्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बस्दैछ । उक्त साधारणसभाले सेयरधनीहरूलाई प्रतिकित्ता १ हजार ८४२ रुपैयाँका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी गत आर्थिक वर्ष (आव) को नाफा–नोक्सान, वासलात, नगद प्रवाह विवरण सहितको सञ्चालक समिति […]

लोप हुँदै गोरुगाढा

सुनसरी । दश वर्ष अगाडि सुनसरीको ग्रामीण क्षेत्रमा प्रत्येकको घरमा पाइने गोरुगाढा (बैलगाडी) पछिल्लो समय लोप हुँदै गएको छ । जिल्ला सदरमुकाम इनरुवासहित देवानगञ्ज, बर्जु, गढी, कोसी, भोक्राहा हरिनगरलगायत क्षेत्रमा प्रायः सबै किसानको घरमा पाइने गोरुगाढा पछिल्लो समय लोप हुँदै गएको इनरुवाका किसान जसलाल यादवले बताए । यातायातका साथै सामान ओसार्ने एउटा महत्त्वपूर्ण साधनका रूपमा […]

बागलुङमा ५३२ जना डेङ्गी सङ्क्रमित फेला

बागलुङ । जिल्लामा पछिल्लो तीव्र गतिमा डेङ्गी सङ्क्रमण बढ्दै गएको छ । जिल्लाभर ५३२ जनालाई डेङ्गी सङ्क्रमण भएको हो । जिल्लाको बरेङ गाउँपालिकाबाहेक सबै पालिकामा सङ्क्रमित देखा परेका प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । जिल्लामा सबैभन्दा बढी बागलुङ नगरपालिका र सबैभन्दा कम तमानखोला गाउँपालिकामा सङ्क्रमित रहेका छन् । बागलुङमा २९५ र तमानखोलामा एक जनामा […]

सगरमाथा आरोहण गर्ने सुरक्षित बाटो खुल्ने

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सुरक्षित बाटो आगामी चैतभित्रमा सञ्चालन हुने भएको छ । न्यूजील्याण्डका सर एडमण्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सन् १९५३ मा प्रयोग गरेको नुप्से हिमालतर्फबाट सगरमाथा आरोहण गर्ने मार्ग करिब ८० प्रतिशत निर्माण सकिएको पर्यटन विभागले जनाएको छ । विभागका निर्देशक हिमाल गौतमका अनुसार यो […]

‘हाइटेक टनेल’ बनाउन दुई करोडभन्दा बढी अनुदान

पर्वत । कृषि उत्पादनलाई आधुनिकीकरण र व्यवसायीकरण गर्दै तरकारी उत्पादनमा गाउँपालिकालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित पर्वतको विहादी गाउँपालिका ‘हाइटेक टनेल’खेती विस्तार अभियानमा जुटेको छ । कृषकलाई व्यावसायिक बनाउनका लागि गाउँपालिकाले ८० प्रतिशत अनुदानमा हाइटेक टनेल (आधुनिक प्रविधिबाट बेमौसमी तरकारीखेती गर्न बनाइएको संरचना) निर्माणका लागि सहकारी संस्था, कृषक समूह तथा व्यावसायिक कृषक फार्मबाट प्रस्ताव आह्वान गरेको छ […]

महागुरु फाल्गुनन्दको १४१औँ जयन्ती मनाइँदै

काठमाडौं । किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१ औँ जन्मजयन्ती मंगलबार (आज) विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किरात, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उनको महत्त्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माणसमेत गरेका थिए । यसलाई सत्य […]