नेपाल बैंकर्स संघको कार्यसमितिमा चार नयाँ सदस्य चयन

काठमाडौं । नेपाल बैंकर्स संघको कार्यसमितिको रिक्त पदमा चार नयाँ सदस्य चयन भएका छन् । संघको बुधबार सम्पन्न भएको बार्षिक साधारणसभाबाट रिक्त पदमा एक जनाको कार्यकाल दोहोरिएको छ । यस बाहेकका बाँकी तीन जना नयाँ सदस्य चयन गरिएको संघले जनाएको छ । संघको सदस्यमा प्राइम बैंकका सीईओ संजीव मानन्धर दोस्रो कार्यकालको लागि दोहोरिएका छन् । यसैगरी नबिल बैंकका सीईओ […]

नेपाल राष्ट्र बैङ्कमा रोजगारीको अबसर

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा ७६ जना कर्मचारी पदपूर्तिको लागि दरखास्त आह्वान गरेको छ ।   नेपाल राष्ट्र बैंक मानव संसाधन व्यवस्थापन विभागले आज सूचना जारी गर्दै रिक्त रहेका विभिन्न पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागिएको जानकारी दिएको हो। बैंकले प्रशासनतर्फ अधिकृत तृतीय तहमा २५ जना कर्मचारी भर्ना गर्न लागेको हो। त्यसैगरि अधिकृत द्वितीय […]

आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

काठमाडौं । आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै परेको छ । यी दुवै दिवस संयुक्त राष्ट्रसङ्घको आह्वान प्रायः सबै यसका सदस्य राष्ट्रमा हरेक वर्ष मनाइन्छ । स्वयंसेवकहरूको योगदानलाई सम्मान गर्ने र स्वयंसेवाको भावना तथा सेवा संस्कृतिलाई स्थानीयदेखि राष्ट्रिय र अन्तरराष्ट्रिय तहसम्म प्रवद्र्धन गर्ने उद्देश्यका साथ यो दिवस सन् १९८५ देखि मनाउन प्रारम्भ […]

प्रधानमन्त्रीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौं । आसन्न निर्वाचनको विषयमा छलफल गर्न आज सर्वपक्षीय बैठक बस्दै छ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सर्वपक्षीय बैठक बस्न लागेको हो । बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा अपराह्न चार बजेका लागि बोलाइएको छ । बैठकमा सरकार, प्रमुख पाँच राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरुको उपस्थित रहने छ । प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर […]

नेपाल फाइनान्सको २ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?  

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको २ लाख भन्दा बढी कित्ता संस्थाप सेयर बिक्रीमा आएको छ । कम्पनीले संस्थाप सेयरधनी विजय बहादुर मानन्धरको नाममा रहेको २ लाख २६ हजार ४०३ कित्ता सेयर लिलाम बिक्रीमा राखिएको हो । विद्यमान सेयरधनीहरुलाई प्राथकिकता दिएर ३५ दिनको सूचना जारी गर्दा पनि संस्थापक सेयरधनीबाट आवेदन नआएपछि आम रुपमा सबैले आवेदन दिन […]

भोजपुरको पौवादुङमामा विद्यालय छाडेका बालबालिकाको खोजी अभियान

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले विद्यालय छाडेका बालबालिकाको खोजीकार्यलाई तीव्र बनाएको छ । विद्यालय छाडेका बालबालिकाको अभिलेख सङ्कलन, घरदैलो छलफल तथा अभिभावकसँग संवादमार्फत गाउँपालिकाले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न क्रियाशीलता बढाएको हो । ‘शिक्षाबाट कुनै पनि बालबालिका वञ्चित नहुन्’ भन्ने लक्ष्यसहित सुरु गरिएको अभियानले स्थानीय समुदायमा सकारात्मक प्रभाव पारेको छ । गाउँपालिकाले शिक्षा क्षेत्रको […]

सौर्य ऊर्जाका परियोजनामा आकर्षण बढ्यो

काठमाडौं । पछिल्ला दिनमा ऊर्जा मिश्रणको अवधारणाअन्तर्गत सौर्य ऊर्जामा लगानी गर्न चाहनेको सङ्ख्यामा बढोत्तरी भएको पाइएको छ । जलविद्युत् आयोजनाबाट वर्षाको समयमा बढी बिजुली उत्पादन हुने र हिउँदको समयमा कम उत्पादन हुने भएकाले सौर्य ऊर्जामा लगानी गर्नेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमातहतको विद्युत् विकास विभागमा हालसम्म दुई हजार १०४ […]

बेनीको तोरीपानीमा सयपत्री ‘होमस्टे’ सञ्चालन

म्याग्दी । यहाँको बेनी नगरपालिका–९ तोरीपानीमा सयपत्री सामुदायिक घरबास(होमस्टे) सञ्चालन भएको छ । पाँचवटा घरमा एक दिनमा २१ जना बास बस्न सक्ने क्षमताको घरबास सञ्चालन भएको हो । जुना खत्री, रश्मी चोखाल, सुजना चोखाल, युव गिरी र जमुना श्रेष्ठको घरमा होमस्टे सुरु भएको समूहका अध्यक्ष सीता खत्रीले जानकारी दिए । ‘गाउँमा आउने पाहुनालाई पारिवारिक वातावरणमा […]

एनपिएलमा आज एउटा मात्रै खेल, लुम्बिनीले जनकपुरको सामना गर्दै 

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् । छ खेलबाट छ अङ्क जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न अति आवश्यक छ । लुम्बिनीले जितेमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बाहिरनेछ ।  जनकपुरले हालसम्म पाँच खेलबाट दुई अङ्क मात्र पाएको […]

आजको मौसम : गण्डकी, कर्णाली र सुदूरपश्चिममा आंशिक बदली 

काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम […]