एशियन लाइफ इन्स्योरेन्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको हकप्रद शेयर सुरक्षित गर्ने आज बुधबार अन्तिम दिन हो । इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने प्रयोजनार्थ जेठ १६ गते शुक्रबार बुकक्लोज गर्दैछ । बुकक्लोज अनुसार आज बुधबारसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन । इन्स्योरेन्सले हाल कायम चुक्त पुँजीको ४२ प्रतिशत हकप्रद शेयर निष्काशन गर्नेछ […]

सगरमाथा जलविद्युत कम्पनीलाई शतप्रतिशत हकप्रद शेयर निष्काशनका लागि स्वीकृति

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले शतप्रतिशत प्रारम्भिक शेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । यसका लागि कम्पनीले आइपीओ निष्कासनका लागि साधारण सभाले अनुमति प्रदान गरेको छ । कम्पनीलाई कम्पनीको चुक्ता पूँजी १ अर्ब १७ करोड ३२ को १ः १ अनुपातमा आइपीओ निष्कासन गर्नका लागि अनुमति पाएको हो । साधारण सभा प्रयोजनाको लागि कम्पनीले पुस […]

बैंकिङ प्रणालीबाट ८० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि नेपाल राष्ट्र बैंकले बुधबार ८० अर्ब रुपैयाँ तरलता (ऋण दिन मिल्ने रकम) खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको […]

हिमालयन लाइफ इन्स्योरेन्सले प्रस्ताव गर्यो ८ प्रतिशत लाभांश

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले ८ प्रतिशत लाभांश घोषणा गरेको छ । सञ्चालक समितिको आज बिहान बसेको बैठकले आव २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत (करसहित) नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव ईश्वर सेडाईले जनाएका छन् । कम्पनीको हाल कायम चुक्ता पूँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ […]

संसदमा आज आर्थिक सर्वेक्षण पेस हुने अनिश्चित, प्रतिपक्षको अवरोध कायमै

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल आज प्रतिनिधि सभामा आर्थिक सर्वेक्षण पेस गर्ने कार्यतालिका तय भए पनि त्यसको सुनिश्चितता अझै हुन सकेको छैन। मंगलबार नै आर्थिक सर्वेक्षण पेस गरिने कार्यतालिका तय भए तापनि प्रतिपक्षी दलको अवरोधका कारण प्रक्रिया स्थगित भएको थियो। आज बिहान ११ बजेका लागि बोलाइएको संसद बैठक तोकिएको समयमा सुरु हुन सकेको छैन। […]

सुन घट्यो चाँदी बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घट्दा चाँदीको मूल्य बढेको छ । आज सुन प्रति तोला एक हजार ६०० रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रति तोला एक लाख ८९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनको मूल्य एक लाख ९० हजार ९००रुपैयाँ थियो । चाँदीको मूल्य […]

तिरुपती उडप्यानल इन्डष्ट्रीमा आगलागी

इटहरी । सुनसरी–मोरङ औद्योगिक करिडोरस्थित तिरुपती उड प्यानल इन्डष्ट्रीमा आज बिहान २ः३० बजेदेखि लागेको आगो निभाउने प्रयास जारी छ । इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार विद्युत् सर्ट भएर आगो सल्किएको अनुमान छ । आगो निभाउन धरान, विराटनगर, इटहरी, दमक, पथरी, दुहवी, इनरुवालगायत स्थानका १६ वटा दमकल प्रयोग गरिएको छ ।

शत प्रतिशत हकप्रद निष्काशन गर्दै बरुण हाइड्रो, शेयरधनी दर्ता पुस्तिका बन्द गरिँदै

काठमाडौं । बरुण हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनका लागि कम्पनीले शेयरधनी दर्ता पुस्तिका जेठ २२ गतेदेखि बन्द गरिने भएको छ । कम्पनीको चुक्ता पुँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ रहेको छ । सो बराबर प्रतिशेयर एक सय रुपैयाँ अंकित दरको ५३ लाख ५८ हजार १५० कित्ता […]

असार १ देखि शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्दै राप्ती हाइड्रो

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल लिमिटेडले असार १ गतेदेखि एक कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयरअन्तर्गत शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिशेयर रु. १०० अंकित दरको ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयरको निष्काशन गर्न लागेको हो । सर्वसाधारण लगानीकर्ताले यस हकप्रद निष्काशनमा लिखित वा विद्युतीय माध्यमबाट आवेदन […]

कालिमाटीमा चिचिण्डो र फर्सीको मूल्य प्रतिकिलो ३० रुपैयाँ, सिताके च्याउ एक हजार

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ६८, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ८३, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ७०, आलु रातो प्रतिकिलो रु ३७, आलु […]