बजेट अन्तिम चरणमा, तर आयोजना बैंकमा कार्यविधि विपरित प्रविष्टि अझै जारी

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माण अन्तिम चरणमा पुगे पनि नयाँ आयोजना राष्ट्रिय आयोजना बैंकमा प्रविष्ट गर्ने काम अझै रोकिएको छैन। राष्ट्रिय योजना आयोगका अनुसार हालसम्म ९ हजारभन्दा बढी आयोजना बैंकमा दर्ता भइसकेका छन्। राष्ट्रिय आयोजना बैंक (कार्य सञ्चालन तथा व्यवस्थापन) मापदण्ड, २०८१ अनुसार आगामी आर्थिक वर्ष २०८२/८३ मा कार्यान्वयन हुने नयाँ आयोजनाको […]

गभर्नर पौडेलको नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा रिट, बुधबार सुनुवाइ

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। मंगलबार अधिवक्तात्रय विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले पौडेलको नियुक्ति प्रक्रिया अवैध भएको जिकिर गर्दै रिट निवेदन दर्ता गराएका हुन्। रिटमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार गभर्नर बन्ने व्यक्तिमा आवश्यक पर्ने विज्ञता नभएको व्यक्ति नियुक्त गरिएको […]

स्ट्यान्डर्ड चार्टर्ड बैंकले छैटौं पटक पायो ‘थ्री ए’ रेटिङ

काठमाडौं । नेपालको एक मात्र अन्तर्राष्ट्रिय बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडलाई क्रेडिट रेटिङ संस्था, आइसीआरए नेपालले छैटौंपटक पनि ‘[ICRANP-IR] AAA’ रेटिङ पुनः पुष्टि गरेको छ। यो रेटिङ वित्तीय दायित्वहरू समयमै पुरा गर्न अत्यन्त उच्च सुरक्षाको सूचक हो, जसमा लगानीकर्ताको जोखिम न्यूनतम मानिन्छ। आइसीआरए नेपालले जारी गरेको विश्लेषणमा बैंकको पूँजी स्थिति, जोखिम व्यवस्थापन क्षमता तथा सम्पत्ति […]

राष्ट्रपतिलाई बजेटबारे ब्रिफिङ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को वजेटका बारेमा ब्रिफिङ गरेका छन् । सरकारले संवैधानिक व्यवस्थाअनुसार यही जेठ १५ गते बिहीबार बजेट ल्याउँदै छ । सोही बजेटका बारेमा मन्त्री पौडेलले मंगलबार राष्ट्रपति भवन शीतल निवास पुगेर ब्रिफिङ गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

थोरैले घट्यो सुन र चाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । आज सुन प्रति तोला २०० रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रति तोला एक लाख ९० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको मूल्य एक लाख ९१ हजार १०० रुपैयाँ थियो । चाँदीको मूल्य १० […]

किसानलाई थप डिजिटल सुविधा प्रधान गर्न ‘सुपर कृषक प्रो’

काठमाडौं । विगत ३ वर्ष देखि २५ हजार भन्दा बढि नेपाली कृषकलाई बिभिन्न डिजिटल सेवा प्रदान गर्दै आइरहेको सुपर कृषक एपले जेष्ठ १२ गते सोमबार देखि एपमा थप अतिरिक्त सेवा “सुपर कृषक प्रो” अन्तर्गत प्रिमियम डिजिटल कृषि सेवाहरु ल्याएको छ । प्रिमियम सेवा अनतर्गत सुपर कृषक एपमा अब उच्च क्वालिटी र ज्ञान मुलक कृषि तालिम, […]

अधिकांश विकास बैंकहरुको बढ्यो खराब कर्जा, नारायाणी डेभलपमेन्ट बैंकको सबैभन्दा बढी खराब कर्जा

काठमाडौं । लामो समय अर्थतन्त्रमा कायम शिथिलताले विकास बैंकहरुको व्यापार खुम्चिएको छ यस्तो अवस्थामा विकास बैंकहरुले कर्जा प्रवाह गर्न सकेका छैनन् भने वितरण गरेको कर्जा समेत उठाउन सकेका छैनन् । अर्थतन्त्रमा कायम शिथिलताले पछिल्लो सयम विकास बैंकहरुको खराब कर्जा समेत करिब ६ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष (आव) को […]

सम्पत्ति सुद्धिकरणको मुद्दामा बमजन कारागार चलान

काठमाडौं । तपस्वीको भेषमा विभिन्न ठाउँमा आश्रम खोल्दै आएका रामबहादुर बमजन कारागार चलान भएका छन् । बलात्कार मुद्दामा सफाइ पाइ छुटेको दुई महिनाको अन्तरालमा बमजन पुन: कारागार चलान भएका हुन् । सोमबार  जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले सम्पत्ति शुद्धिकरणको मुद्दामा उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको हो । उनीविरुद्ध ८ करोड ५९ […]

प्रतिनिधिसभा बैठक बस्दै, आर्थिक सर्वेक्षण पेश हुने

काठमाडौं । मंगलबार प्रतिनिधिसभाको बैठक बस्दैछ ।बैठकमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेश हुनेछ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८१/८२ आर्थिक सर्वेक्षण पेश गर्ने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे बस्दै छ । यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३५ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ४४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५५ रुपैयाँ २७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ […]