मन्त्रिपरिषदबाट भुमि अध्यादेश पारित : व्यवसायीलाई राहत, रोकिएको २ खर्बको घरजग्गा कारोबार गर्ने बाटो खुल्यो

काठमाडौं । रियलस्टेट कम्पनीहरुले हदबन्दी भन्दा बढी रहेको जग्गा पनि बिक्री गर्न पाउने भएका छन् । हाउजिङ तथा कोलाेनी निर्माण गरेका रियलस्टेट कम्पनी तथा व्यवसायीहरूले उक्त क्षेत्रभित्र रहेको हदबन्दी लागु भएको जग्गा पनि बिक्री गर्न पाएका हुन् । मंसिर ८ गते बसेको मन्त्रिपरिषदको बैठकले भूमि-सम्बन्धी अध्यादेश (९औँ संशोधन–२०८२) पारित गर्दै स्वीकृतिका लागि राष्ट्रपति समक्ष पठाउने […]

लुम्बिनीलाई जितका लागि पोखराले दियो १५१ रनको लक्ष्य

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी खेलमा एडम रोसिङटन र जिम्मी निसमको अर्धशतक सहयोगमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्ससामु जितका लागि १ सय ५१ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले टस जितेर फिल्डिङ रोेजपछि ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५० रनको योगफल […]

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई निगमको जहाजमा १० प्रतिशत छुट

काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौंबाट रोजगारीका लागि दमाम, दोहा, दुवई तथा क्वालालाम्पुर गन्तव्यतर्फ जाने नेपाली श्रमिक यात्रुहरूका लागि विशेष छुटसहित नयाँ भाडादर योजना लागू गरेको छ। निगमले शुक्रबार सूचना प्रकाशित गरी श्रमिक यात्रुहरूको सर्वसुलभताका लागि नेपालबाट तोकिएको गन्तव्यमा यात्रा गर्दा प्रत्येक उडानमा दशवटा सिटमा साविकको भाडामा १० प्रतिशत विशेष सहुलियत दिने निर्णय गरेको जनाएको […]

किसानको लागत उठ्नेगरी अण्डाको नयाँ मूल्य लागू

चितवन । चिसो बढ्दै जाँदा अण्डाको खपत त बढेको छ नै, त्यसमाथि भारतीय सीमा क्षेत्रमा कडाइ भएपछि अवैध अण्डा रोकिएको कारण नेपाली अण्डाले राम्रो मूल्य पाउन थालेको छ । आजदेखि लागू हुनेगरी नेपाली अण्डाले किसानको लागत उठ्नेगरी नयाँ मूल्य पाएको सङ्घले जनाएको छ । शुक्रबार बसेको नेपाल लेयर्स कुखुरापालक सङ्घको बैठकले नेपाली अण्डा उत्पादन तथा […]

७ वटा उद्योग र फर्मलाई कारबाही र निर्देशन

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न सात वटा उद्योग र फर्मलाई कारबाही गर्नुका साथै निर्देशन दिएकाे छ । विभागको टोलीले आज ती उद्योग र फर्महरूको अनुगमन निरीक्षण गरी मापदण्ड विपिरत कार्य गरेकाे भन्दै उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशनसहित कारबाही गरेकाे हाे । विभागको टोलीले तारकेश्वर–५ […]

वीरगञ्ज नाकाबाट चार महिनामा ५४ अर्ब १२ करोडको पेट्रोलियम पदार्थ आयात

काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा वीरगञ्ज नाका भएर ५४ अर्ब १२ करोड रुपैयाँ मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयातबाट २२ अर्ब ९० करोड राजस्व सङ्कलन भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको चार महिनाको तुलनामा चालु […]

बेसमेन्ट खन्दा छिमेकीको घर चर्केको उजुरी बढ्यो

काठमाडौं । काठमाडौँ महानगरपालिकामा भवन निर्माणका लागि बेसमेन्ट खन्दा निर्माण पक्षले सुरक्षा उपाय नअपनाएका कारण छिमेकीको घर चर्केको उजुरी सङ्ख्या बढ्न थालेको छ । पछिल्लो समय घर चर्केको मात्रै नभई कोल्टिएको, घरमा बस्न असुरक्षा भएको कारण बताउँदै क्षतिपूर्तिको मागसहित उजुरी दिने छिमेकीको सङ्ख्या बढ्न थालेको कामपा सहरी व्यवस्थापन विभागका प्रमुख इन्जिनियर हरिश्चन्द्र लामिछाने जानकारी दिए […]

चिसो पहाडबाट झरेर तराईमा जडीबुटी व्यावसाय

सुनसरी । सङ्खुवासभामा जन्मेर हिमाली भेगको चिसो हावापानी र भिरालो डाँडाकाँडामा हुर्किएकी आचुङ्मा भोटे विगत १६ वर्षदेखि तराई झरेर जडीबुटी व्यवसाय गर्दै आएकी छन् । इटहरी उपमहानगरपालिका–६ टेङ्ग्रा खोला नजिकै हटियालाइनमा खुला आकाश मुनि विभिन्न प्रकारका जडीबुटी बिक्री गर्दै उनले राम्रो आम्दानी गर्दै आएकी छन् । भोटेका अनुसार जडीबुटी व्यवसाय उनीहरूको पुर्खौली पेसा नै हो […]

एनपीएलमा आज पनि दुई खेल हुँदै, जनकपुर र सुदूरपश्चिम तथा लुम्बिनी र पोखरा भिड्दै 

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पनि दुई खेल हुँदैछन् ।  त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला हुने खेलमा आज लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स तथा साविक विजेता जनकपुर बोल्ट्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिड्दैछन् । आजको पहिलो खेलमा ११ः४५ बजे लुम्बिनी र पोखरा भिड्दा अपराह्न ४ः०० बजे साविक विजेता जनकपुर र उपविजेता सुदूरपश्चिम […]

साताकै सुनको मूल्य ८ हजार ९०० रुपैयाँले बढ्यो 

काठमाडौं । यो साता सुनको मूल्य करिब ९ हजार रुपैयाँले बढेको छ । यो साता नेपाली जबारमा सुनको मूल्य ८ हजार ९०० रुपैयाँले बढेको हो । गत मंसिर ५ गते शुक्रबार २ लाख ४१ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य त्यसको १ सातापछि मंसिर १२ गते शुक्रबारसम्म आइपुग्दा प्रतितोला २ लाख ५० हजार […]